
काठमाडौं । नागढुंगा नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदो सहितको पहिरो खस्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ ।
शुक्रबार दिउँसो लेदो सहितको पहिरो खसे पछि नौबीसे तर्फको सुरूङ मार्गको प्रवेशद्वार नजिकै पहिरो खसेपछि सडक दुई तर्फी नै यातायात अवरुद्ध भएको हो ।
पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
३ दिनसम्म अविरल वर्षा हुने भनी उच्च सतकर्ता अपनाउन
सरकारले सुचना जारी गरेको छ ठूलो मात्रामा वर्षा हुन सक्ने भन्दै सरकारले रात्री बस संचालन गर्न नदिने भएकाे छ ।
अहिले पनि काठमाडौं देखि देशभर अबिरल वर्षा भइरहेको छ भने ठूलो मात्रामा परेको पानीको कारणले खाेलानालामा पानीको बहाक बढेर गइरहेको छ









