सिवाईसी साकोसको १६ औं स्थापना दिवसको अवसरमा आइतबार सरसफाई र वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। दिवसको अवसरमा बाग्लुङ नगरपालिका-९, सालबोटस्थित आशापूर्णेश्वर शिवालय मन्दिर र शिवपुरी फड्के डाँडामा सरसफाई र वृक्षारोपण गरिएको हो। मन्दिर परिसरमा सरसफाई गर्दै तीन दर्जन नयाँ बिरुवा रोपिएका छन्। संस्थाले पुराना बिरुवाहरूको गोडमेल गर्नुका साथै पिपल, धुपी, कल्की जातका ४ दर्जन नयाँ बिरुवा रोपेको छ। संस्थाले "सदस्यको खुशीको आधार, प्रविधीयुक्त सुरक्षित कारोबार" भन्ने वार्षिक नाराका साथ चैत्र १३ देखि आगामी २६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी स्थापना…
पुरा पढौ