प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा

-


     हिडन खबर    
     भाद्र २४ गते २०८२ मा प्रकाशित


काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति समक्ष राजीनामा पेश गरेका छन्। नेपालको संविधानको धारा ७७ (२) (क) अनुसार, प्रतिनिधिसभामा बहुमतको समर्थन नपाएको कारण देखाउँदै उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन्।

राजीनामापत्रमा उल्लेख गरिएअनुसार, मुलुकमा उत्पन्न असामान्य राजनीतिक परिस्थितिका कारण संविधानअनुसार पद त्याग गर्नुपर्ने अवस्था आएको जनाइएको छ। प्रधानमन्त्री ओलीले आफ्नो हस्ताक्षरसहित राजीनामा पत्र राष्ट्रपति कार्यालयमा बुझाएका हुन्।

यो घटनाले मुलुकको राजनीतिक भविष्यप्रति नयाँ बहस र सम्भावनाहरूको ढोका खोल्ने देखिन्छ।