समाचार

बजार अनुगमनको प्रभाव छैन बागलुङमा

बागलुङ सदरमुकाममा जतिपटक बजार अनुगमन गरे पनि त्यसको खासै सकारात्मक प्रभाव भने देखिएको छैन ।चाड पर्वकाे बेलामा आम उपभोक्ताले दुई चार पैसा सस्तोमा सामान खरिद गर्न पाउनुपर्नेमा उल्टै महंगो मुल्य तिर्न बाध्य छन् ।चाडवाड नजिकिएसँगै थोक तथा खुद्रा व्यवसायीले मुल्य वृद्धि गरेको जनगुनासो बढेपछि बागलुङ नगरपालिकाले ध्यानाकर्षण गराएको छ । बागलुङ नगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक राजु खड्काको अध्यक्षतामा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरि आम उपभोक्तालाई मर्का पर्ने गरि मुल्यवृद्धि नगर्न गरेको खण्डमा कडा कार्वाही गर्ने चेतावनी… पुरा पढौ

पुस्तकालयमा पुस्तक पढ्ने वातावरण सृजना गर्नुपर्ने

बागलुङ । दशैँ लगाएत चाडपर्वमा आफन्तसँग भेटघाट, घुमघामको साथै पुस्तक पढ्नु लाभदायक भएको वक्ताहरुले बताएका छन् । विद्यामन्दिर पुस्तकालयले आयोजना गरेको विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठ पर्वको सुखद उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् ।विदामा धेरै पुस्तक अध्ययन गर्ने भएकोले नयाँ र पुरानो उपयोगी पुस्तक छनौट गरेर यात्रामा लैजानको लागि पुस्तकालय उपयुक्त माध्यम भएको वक्ताहरुले जोड दिए । दशैँ, तिहार, नेपाल सम्वत् जस्तो लामो विदामा पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्नुपर्ने र पठन संस्कृतिको… पुरा पढौ

ट्राफिक कार्वाहीमा कडाइ गरेपछि सवारी दुर्घटनामा कमि

बागलुङ ,कार्तिक २ जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले नेपालीहरूकाे महान चाड बिजया दशमी तथा दीपावलीकाे उपलक्ष्यमाआयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तर्किया कार्यक्रममा ट्राफिक प्रहरीले गरेको गतिविधि बारे जानकारी गराएका थिए । जिल्ला ट्राफिक प्रहरी प्रमुख मीन बहादुर खड्काले आर्थिक बर्ष २०८०/२०८१ साल श्रावण भाद्र र असाेज महिनामा भएको ट्राफिक कार्वाही राजस्व संकलन बारे पत्रकारहरूलाइ जानकारी गराएका थिए ।ट्राफिक सक्रियता पछि श्रावण महिनामा ट्रक र टिपर १२४ वटा कार्वाहीमा बस ११५ वटा कार जिप ५१० वटा ट्याक्टर १४५ वटा माेटरसाइकल ५२८… पुरा पढौ

नागरिकको काममा ढिलासुस्ती नहुने ?

बागलुङ । बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले प्रशासनमा आउने नागरिकको जस्तो सुकै काम एकै दिनमा सक्ने गरी सेवा प्रवाह गर्ने बताउनु भएको छ । बागलुङका क्रियाशिल पत्रकारसँग भएको शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा रिजालले यस्तो बताउनु भएको हो । जिल्लामा मुख्य चुनौतिका रुपमा रहेको लागुऔषध नियन्त्रणको लागि प्रशासनले काम गर्ने बताउदै आत्महत्या लगाएका जघन्य अपराध नियन्त्रण बागलुङमा विकास निर्माणमा हुने ढिलासुस्तीलाई आफुले राज्यले तोकेको कानून अनुसार काम गर्न आवश्यक निर्देशन दिने बताउनु भयो । जिल्लामा सहकारी पीडितको… पुरा पढौ

बागलुङमा समाजवादी मोर्चा घोषणा

बागलुङमा चार राजनीतिक दल मिलेर मंगलबार समाजवादी मोर्चा नेपाल बागलुङको घोषणा गरेका छन्। समाजवादी मोर्चा केन्द्रदेखि प्रदेश हुँदै जिल्लामा समेत गठन गर्ने नीति अनुसार बागलुङमा गठन गरिएको हो । बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन गरी समाजवादी मोर्चा नेपाल जिल्ला समिति बागलुङ गठन भएको घोषणा गरेका छन् ।नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताले मोर्चा घोषणा गरेको जानकारी गराइएको हो । चार दलका जिल्ला नेतृत्वको सोमबार सम्पन्न बैठकले गरेको निर्णय र समाजवादी मोर्चाको… पुरा पढौ

इमेज सहकारीका बचतकर्ताले आन्दोलन चर्काउदै, बागलुङ बजारमा सिठी जुलुस र धर्ना प्रदर्शन

बागलुङ । बागलुङमा चरणबद्ध आन्दोलन थालेका इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरुले मंगलबार बागलुङ बजारमा विशाल सिठी जुलुस तथा धर्ना प्रदर्शन गरेका छन् । इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित अन्य संचालकहरुलाई छिटो भन्दा छिटो पक्राउ गर्न दवाव दिदै बचतकर्ताहरुले बागलुङमा प्रदर्शन गरेका हुन् । नेपालीहरूको महान चाड विजया दशमी नजिकै आइसकेको भएपनि आफूहरुसँग चाडपर्व मनाउने पैसा समेत नभएको भन्दै अध्यक्ष नेपालीलाई पक्राउ गरी तत्काल बचतकर्ताको बचत रकम फिर्ता गर्ने वातावरण मिलाउन इमेज बचत पीडित संघर्ष… पुरा पढौ

बागलुङमा सवारीसाधन चेकजाँचमा कडाइ

बागलुङ दिनहुँ जसो हुने सवारी दुर्घटनाबाट सवारी चालकको मृत्यु तथा शरीर अंगभंग हुने गरेको घटनालाई न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले ट्राफिक जनचेतना अन्तर्गत सवारीसाधन चेकिङ लाई निरन्तरता दिइरहेको छ । नेपालीहरूकाे महान चाड दशै तिहार पर्वमा सवारीसाधनकाे चाप बढ्नुका साथै दुर्घटना समेत बढ्ने कुरालाई मध्य नजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले बागलुङ प्रवेश गर्ने मुख्य नाका मालढुंगा चेकपोस्ट बाट बाहिरिने भित्रीने सवारीसाधन लाई कडाइका साथ चेकजाँच गरिरहेकाे ट्राफिक प्रहरीले जनाएको छ । दशैकाे बेलामा यात्रा गर्ने यात्रुहरूले बढी… पुरा पढौ

पुजा समिति द्वारा पशुपतिमा नवरात्री महोत्सव

राजेशचन्द्र राजभण्डारीकाठमाडौ नेपाली हिन्दुहरूकाे महान चाड बिजया दशमी शुभारम्भ भए संगै गत बर्ष झै यो बर्ष पनि असोज  २८ गते देखि कात्तिक ७ गते सम्म श्री मा भवानी दुर्गा पुजा समिति द्वारा नवरात्री महोत्सव सुरु गरेको छ ।   हिन्दुहरुको महान चाड बडादशैको अवसर पारेर श्री मा भवानी दुर्गा पुजा समितीद्वारा काठमाडौ पशुपतिनाथ मन्दिर प्राङगणको हम्समण्डपमा नवरात्र अर्थात नव दुर्गा भवानिको पुजाको कलस यात्रा गरि महोत्सव को सुभाराम्भ गरिएको छ  । १६ बर्ष देखि धर्म संस्कृतिकाे संरक्षण गर्ने हेतुले पशुपति नाथ… पुरा पढौ

नव दुर्गा लागे संगै कालीका भगवती मन्दिरमा भक्तजनकाे घुँइचाे

राजेशचन्द्र राजभण्डारीबागलुङ,नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिर बागलुङमा नव दुर्गा लागे संगै हजारौं श्रद्वालु भक्तजनकाे घुइँचो लागेको छ । रमणीय मनमाेहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरिपरि चहलपहल बढेकाे छ । नेपाली हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाका केन्द्र नेपाल कै प्रमुख शक्तिपिठ कालिका भगवती मन्दिरमा नब दुर्गाकाे पहिलो दिन श्रद्धालु भक्तजनहरूकाे बिहानदेखि मन्दिरमा पुजाअर्चना गर्नेहरूकाे भिड लागेको छ । बागलुङ नगरपालिका वडा नम्बर १ मा अवस्थित कालिका मन्दिरमा बिजया दशमी प्रारम्भ भएको दिन बिहानदेखि नै… पुरा पढौ

धौलागिरी समाजको साधारणसभा सम्पन्न

काठमाडौ ,धौलागिरी समाज नेपालको साधारणसभा तथा सम्मान कार्यक्रम र श्रीकृष्णगण्डकी संस्कृति र शालग्रामी संस्कृति बिषयक प्रस्तुति सहितको कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रमको पहिलो शत्रमा साधारण सभा र दोश्रो शत्रमा संक्षिप्त शुभकामना मन्तब्य सहित सांस्कृतिक कार्यक्रमका साथ समापन गरिएको थियो । कार्यक्रममा प्रमुख अथिति पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठ विशिष्ट अथिति यस संस्थाका संस्थापक अध्यक्ष मुकुन्द शर्मा पौडेल रहनु भएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य संस्थाका संस्थापक महासचिब एवम कालीगण्डकी बचाउँ महा अभियानका संयोजक श्री गोबिन्द शर्मा पौडेलले मनतब्य संस्थाका… पुरा पढौ