बाँदरकाे आतंक राेक्न किसानलाई भाेटे कुकुर

-


     हिडन खबर    
     चैत्र १० गते २०८० मा प्रकाशित


अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँ पालिकामा बाँदरले
किसानले लगाएको अन्नबाली नष्ट गरेकाे भन्दै
बाँदरको आतंक राेक्न किसानलाई भाेटे कुकुर बाड्न शुरू गरिएको छ ।

किसानले दुख गरेर खेतबारीमा लगाएको अन्नबाली, फलफूल तरकारी बाँदरले नोक्सानी गरेर हैरानी पारेपछि त्यसको रोकथामका लागि कुकुर बाँड्न थालिएको पाणिनि गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।

यसअघि बाँदर धपाउनका लागि यस क्षेत्रका किसानका हातमा प्लास्टिक–पाइपबाट बनाइएका बन्दुक दिएपनि
त्यो प्रभावकारी भएको नदेखिएकाे ।खेतबारीमा काँडेतार लगाएर पनि बाँदरबाट बाली जोगाउने उपाय अपनाइएको थियो । तर, केही गरे पनि बाँदर नियन्त्रण नभएपछि यहाँका किसानलाई पछिल्लो समय कुकुर बाँड्न सुरु गरिएको उनले बताए ।

धादिङबाट ३, कास्कीको माछापुच्छ्रे गाउँबाट ४ र लेखनाथबाट २ वटा भोटे कुकुर ल्याएर किसानलाई वितरण गरिएको छ । ४० देखि ६० दिनका ९ वटा कुकुर ल्याएर बाँडेको वडाध्यक्ष पौडेलले बताए । ‘कुकुरलाई रेबिज भ्याक्सिन लगाएर घरमा पालिनेछ,’ उनले भने, ‘कुकुरलाई घर र बारीका छेउमा चौकीदारी राख्ने हो । बाँदर आए भुक्छ र लखेटेर बाँदरकाे आतंक नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।