नेकपा एमालेका अध्यक्ष केपी आ‌ेली बागलुङ आउने

-


     हिडन खबर    
     चैत्र १२ गते २०८० मा प्रकाशित


बागलुङ / नेपाल कम्युनिस्ट पार्टी एमाले बागलुङको दशाैं अधिवेशनकाे उद्घाटन गर्न चैत २९ गते नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा आ‌ेली प्रमुख अतिथि बनेर बागलुङ आउनुहुने भएको छ ।

एमाले बागलुङ जिल्ला अधिवेशन भब्य र सभ्य रूपमा
सम्पन्न गर्नका लागि एमाले केन्द्रीय अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री आ‌ेलीलाइ प्रमुख अतिथिकाे निमन्त्रणामा गरेकाे  एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीले बताउनुभयो ।

नेकपा एमाले बागलुङका नेतृत्व टाेली काठमाडौ पुगेर निमन्त्रणा गरेपछि अध्यक्ष आ‌ेलीले सहजरूपमा स्वीकार गरि अधिवेशनमा आउनुहुने भएपछि चैत २९ गते हुन जिल्ला अधिवेशनकाे तयारीमा जुटेको अध्यक्ष केसीले बताउनुभयो ।

यहीँ चैत २९ गते हुन लागेको अधिवेशन आउन दुई साता  बाकी हुदै गर्दा एमालेको अध्यक्ष हुन वर्तमान अध्यक्ष हीराबहादुर केसी आफ्नो तरिकाले लागि राखेका छन् ।यस्तै एमालेमा अध्यक्ष हुन जनक राज पाैडेल एमाले वर्तमान सचिव बिष्णु भुसाल हरिनारायण गाैतमले यसपटक अध्यक्ष हुन पालाे आफ्नो भएको हुदा सशक्त दाबी रहेको हिडन खबर लाइ बताउनुभयो । अहिलेसम्म ४ जनाले अध्यक्षमा दाबी गरेपनि अरू महत्त्वपूर्ण पदमा अहिलेसम्म कसैले पनि
उमेदवार बन्ने इच्छा जाहेर गरेको भने छैनन् ।अब केही दिनमा काे काे उमेदवार बन्ने भन्ने बारे एकिन हुने छ ।

एमाले अध्यक्ष आ‌ेली अधिवेशनकाे उद्घाटनमा आउने भएपछि यसपालिकाे चुनावी अधिवेशन झनै पेचिलाे हुने देखिन्छ ।

नेकपा विभाजन पश्चात् २०७८ साल पुस २३ गतेदेखि २६ गतेसम्म बागलुङ सदरमुकाममा सम्पन्न भएको नवाैं अधिवेशन बाट हिरा केसी अध्यक्षमा निर्वाचित भएका थिए ।