दुर्गा प्रसाईंको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

-


     हिडन खबर    
     चैत्र १२ गते २०८० मा प्रकाशित


काठमाडौ / झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीशहरू कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले सोमबार प्रक्रिया पुगेको भए बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएका हुन्।

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार आदेशको प्रति भने आइसकेको छैन। ‘दुर्गा प्रसाईंको मागबमोजिम रिट जारी भएको हो,’ उनले भने।

प्रसाईंले बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धनबारे चिकित्सा शिक्षा आयोगविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। प्रसाईंले २०७७ असार र असोजमा सर्वोच्चमा रिट दिएका थिए ।

नेपालमा केही मेडिकल माफियाको कारण नेपालमा सहजरूपमा मेडिकल शिक्षा संचालन गर्न नदिएपछि नेपाली बिद्यार्थीहरू मेडिकल शिक्षा पढ्न बंगलादेश लगायत तेस्रो मुलुकमा जान बाध्य भएका थिए ।चिकित्सा शिक्षा आयाेग पनि त्यहीँ मेडिकल माफियाको कारण आफ्नो अधिकार प्रयोग नगरिकन अकर्मण्यता प्रदर्शन गरेको भन्दै देशभरका स्वास्थ शिक्षण संस्थाले आन्दोलन गर्दै आइरहेका थिए ।

सर्वोच्च अदालतले आदेश पछि चिकित्सा शिक्षा आयोगले अहिलेसम्म ऐन नियम कानुन सबैको धज्जी उडाइरहेकाे स्पष्ट हुन्छ ।