काठमाडौं, साउन २८ – म्याग्देली कलाकारहरूलाई एउटै सिर्जनामा जोड्दै तयार पारिएको तीज गीत ‘नजरैको तिर सानु’ सार्वजनिक गरिएको छ। अञ्जली जीसीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले म्याग्देली कलाकारहरूको सामूहिक सहकार्य, एकता र सांगीतिक भावनालाई उजागर गरेको छ। गीतमा देवेन्द्र घिमिरे, शान्ता बरदवा, करण कँडेल, खिमा पुन मगर, विजय छिनाल, निशा भण्डारी, धुर्बा जीसी, दुर्गा रोक्का, शंकर पोखरेल र एकराज चापागाईंलगायत कलाकारहरूको स्वर रहेको छ। गीतमा दीपक अधिकारीको शब्द, शिव हमालको संगीत तथा महेन्द्र भण्डारीको संगीत संयोजन रहेको छ। भिडियोको निर्देशन…
पुरा पढौ