समाचार

जैमिनी नगर कांग्रेसको सभापतिमा आचार्य सर्वसम्मत

बागलुङ, असोज ७ — नेपाली कांग्रेस जैमिनी नगर कार्यसमितिको सभापतिमा काशीराम आचार्य सर्वसम्मत चयन भएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार कुश्मीसेरामा सम्पन्न दोस्रो नगर अधिवेशनबाट आचार्य सभापति पदमा सर्वसम्मत चयन भएको नेपाली कांग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए। अधिवेशनले उपसभापतिमा गोविन्द शाही र जमुना कँडेल सापकोटा, सचिवमा ओमकार पौडेल तथा सहसचिवमा रनबहादुर क्षेत्रीलाई चयन गरेको छ। नवनिर्वाचित पदाधिकारीहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै स्थानीय तहमा कांग्रेसको गतिविधिलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पुरा पढौ

फ्लाई दुबईको नियमित उडान आजदेखि पोखरा, पर्यटन क्षेत्र उत्साहित

काठमाडौं, असोज ७ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित व्यावसायिक उडान सुरु गरेको छ। यससँगै विमानस्थल सञ्चालनमा आएको करिब चार वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडानको अपेक्षाले मूर्त रूप लिन थालेको छ। अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन अर्थात् २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको आगमनलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै पर्यटन व्यवसायी, होटल व्यवसायी तथा उद्योगीहरू उत्साहित बनेका छन्। विमानस्थलका महाप्रबन्धक… पुरा पढौ

जिल्लाभरका होटल तथा लजमा प्रहरीको स्विप चेकिङ, सुरक्षा मापदण्ड पालना गर्न आग्रह

बागलुङ, असोज ६ । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाको शान्ति सुरक्षा थप सुदृढ बनाउने तथा अपराध नियन्त्रण गर्ने उद्देश्यले जिल्लाभरका होटल, लज तथा खाजा घरहरूमा एकैसाथ विशेष ‘स्विप चेकिङ’ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहतका सबै प्रहरी इकाइहरूले आ–आफ्नो कार्यक्षेत्रभित्र रहेका होटल, लज र खाजा घरहरूमा अनुगमन तथा जाँच अभियान सञ्चालन गरेका हुन्। प्रहरीका अनुसार चेकिङका क्रममा होटल तथा लजहरूमा हुन सक्ने लागुऔषधको अवैध प्रयोग तथा कारोबार, जुवातास तथा अन्य गैरकानुनी गतिविधिबारे निगरानी गर्दै… पुरा पढौ

बजार अनुगमनको शैलीप्रति निजी क्षेत्र असन्तुष्ट

पोखरा, असोज ६ बजार अनुगमनका क्रममा व्यवसायीमाथि अभद्र व्यवहार गरिएको, जरिवानाको रसिद थमाएर वर्षौंको मेहनतले बनाएको व्यवसायिक छवि र ब्रान्डलाई क्षति पुर्‍याइएको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाएको छ। यस विषयमा पोखरा उद्योग वाणिज्य संघले प्रशासनिक निकायसँग संवाद र दबाब दुवै बढाएको जनाएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षण गराएको संघले मंगलबार प्रजिअ गुरुङको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख एसपी वसन्तबहादुर सिंह,… पुरा पढौ

हँसिया प्रहारबाट बागलुङ बजारमा एक जना गम्भीर

बागलुङ, असोज ६ बागलुङ बजारमा हँसिया प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–३ देउरालीचोकमा सिन्धुपाल्चोक घर भई बागलुङ बजारमा बस्दै आएका टिकाराम राईले हँसिया प्रहार गर्दा सिन्धुपाल्चोककै सोमबहादुर श्रेष्ठ गम्भीर घाइते भएका हुन्। घाइते श्रेष्ठको धौलागिरि अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। घटनामा संलग्न राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि अनुसन्धान अगाडि बढाउन अदालतबाट म्याद थप गर्ने प्रक्रिया… पुरा पढौ

चन्द्रागिरि कांग्रेसको नगर नेतृत्वमा इन्जिनियर सुवेदीको नाम चर्चामा

काठमाडौं, असोज ६ — नेपाली कांग्रेसको आन्तरिक अधिवेशनको प्रक्रिया अगाडि बढेसँगै चन्द्रागिरि नगर कांग्रेसको आगामी नेतृत्वबारे चर्चा र चासो बढ्न थालेको छ। यसै क्रममा इन्जिनियर रमेश सुवेदीको नाम नगर नेतृत्वका सम्भावित आकांक्षीका रूपमा चर्चामा आएको छ। क्षेत्रीय प्रतिनिधि तथा कांग्रेसका शुभेच्छुकहरूको एक समूहले आगामी नेतृत्वमा अनुभव, नवीन सोच, संस्थागत क्षमता र परिणाममुखी कार्यशैली आवश्यक रहेको बताउँदै सुवेदीको नाम अघि सारेको जनाएको छ। स्थानीय विकास, जलस्रोत तथा खानेपानी, फोहोरमैला व्यवस्थापन र उद्यमशीलता विकासका क्षेत्रमा अनुभव हासिल गरेका सुवेदीको पेशागत पृष्ठभूमिका कारण… पुरा पढौ

रसुवाका ३३ बाढीपीडित परिवारलाई लायन्सको सहयोग

रसुवा, असोज ५ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले भदौ १० गते आएको भीषण बाढी–पहिरोबाट प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने अभियानलाई निरन्तरता दिएको छ। ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने सेवामूलक भावनालाई आत्मसात गर्दै डिस्ट्रिक्टले नुवाकोटको विदुर नगरपालिका–५ मा आश्रय लिइरहेका भोटेकोशी बाढीपीडित ३३ परिवारलाई किचन र्याक तथा सिरानी वितरण गरेको जनाएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालकी लायन रोजिता बस्तीका अनुसार राहत वितरण कार्यक्रममा विभिन्न व्यक्ति तथा समूहको उल्लेखनीय सहयोग रहेको थियो। शान्ता पौडेलको टोली ,छविलाल… पुरा पढौ

भलिबल संघ बागलुङको अध्यक्षमा गोरखबहादुर भण्डारी निर्वाचित

बागलुङ, असोज ५ — जिल्ला भलिबल संघ बागलुङको पाँचौँ अधिवेशनले गोरखबहादुर भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। बागलुङ बजारमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अर्जुन खड्का र होम थापा, महासचिवमा मनबहादुर पुन तथा कोषाध्यक्षमा दिलीप थापा चयन भएका छन्।त्यस्तै, सदस्यहरूमा योगेश भण्डारी, माया रोका, यमदीप पुन, सुरक्षा जिसी, यमकुमारी नेपाली र गोविन्दबहादुर थापा चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिको कार्यकाल चार वर्षको रहनेछ। अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।अधिवेशन उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष… पुरा पढौ

लायन्स क्लबका संयुक्त पदस्थापन समारोह, नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण

काठमाडौं, असोज ४ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन तथा सदस्य अभिषेक (Induction & Joint Installation Ceremony) कार्यक्रम आइतबार काठमाडौंमा सम्पन्न भएको छ। डिस्ट्रिक्ट ३२५ के अन्तर्गत रिजन तथा जोनका पदाधिकारीहरूको समन्वयमा हुन लागेको कार्यक्रममा विभिन्न लायन्स क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई औपचारिक रूपमा पदस्थापन गरिनुका साथै नयाँ सदस्यहरूको अभिषेक गरिएकाे आयोजकले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका गभर्नर लायन रमेश अधिकारी बिशिस्ट अतिथिहरू फस्ट भाइस गभर्नर बिष्णुहरि फुयाल ,सेकेन्ड भाइस… पुरा पढौ

१० औँ राष्ट्रिय टुरिस्ट गाइड सम्मेलन–२०८३ सम्पन्न

काठमाडौं, असोज ४ — “दिगो पर्यटनका लागि पथप्रदर्शकको दक्षता” भन्ने मूल नारासहित राजधानीमा १०औँ राष्ट्रिय टुरिस्ट गाइड सम्मेलन–२०८३ सम्पन्न भएको छ। पर्यटन क्षेत्रसँग आबद्ध अग्रज, सहकर्मी तथा साथीहरूसँग एकै ठाउँमा भेटघाट, अनुभव साटासाट तथा विचार आदान–प्रदान गर्ने उद्देश्यले आयोजित सम्मेलनले पर्यटन क्षेत्रका सरोकारवालाहरूलाई एकै मञ्चमा ल्याएको थियो। बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका मन्त्री राजेन्द्र प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पर्यटनसँग सम्बद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी, पर्यटनकर्मी तथा टुरगानका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। सम्मेलनले टुरिस्ट… पुरा पढौ