काठमाडौं, साउन २७ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राजधानी काठमाडौंमा आयोजित सातौँ नेपाल युवा अधिकार महाभेला ५० भन्दा बढी संघसंस्थाको सहकार्यमा सम्पन्न भएको छ। महाभेलाले नेपालको वर्तमान युवा अवस्था, अवसर र चुनौतीलाई सम्बोधन गर्दै राज्यसमक्ष कार्यान्वयनका लागि १२ बुँदे मागपत्र प्रस्तुत गरेको छ। युथ एड्भोकेसी नेपालको संयोजकत्व तथा राष्ट्रिय युवा परिषद्, नेपाल महिला एकता समाज, भिएसओ नेपाल, एक्सन एड नेपाल, गैरसरकारी संस्था महासंघ नेपाल, शिक्षाका लागि राष्ट्रिय अभियान, वाईएनपीडी, ओरेकलगायत ४० भन्दा बढी संघसंस्थाको सहकार्यमा महाभेला आयोजना गरिएको हो। साउन २५…
पुरा पढौ