समाचार

बागलुङ नगर खानेपानीमा नयाँ नेतृत्वको लागि मतदान

बागलुङ / बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बागलुङको नयाँ नेतृत्वको लागि शनिबारबिद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङको प्राङ्गण भित्र धमाधम मतदान भइरहेको छ । खानेपानी समितिमा नेतृत्व हात पार्न खानेपानी समितिका पुर्व अध्यक्ष केवी राना मगर र वर्तमान संयाेजक जयराम भारी चुनावी मैदान प्रतिस्पर्धा गरिरहेका छन् ।यस्तै वर्तमान नेतृत्वको लागि भुपेन्द्र खड्का एक्लै चुनावी मैदान उत्रिएका छन् । बिहान ८ बजेदेखि खानेपानीका सदस्यहरू लाइनमा बसेरमतदान गरिरहेकाे निर्वाचन अधिकारी चित्रांङ्गत बरालले बताए । ४ हजार भन्दा बढी खानेपानी उपभोक्ता रहेको समितिमा१५२८… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

सुजन आचार्य काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । उहाँले सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति पौडेल बिहान सिंहदरबार पश्चिम गेट पुगेर माल्यार्पण एवं पुष्पगुच्छा अर्पण गर्नुभएको थियोे । आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारले सार्वजनिक बिदा दिएको छ । यसैगरी राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०२ आ‌ैं… पुरा पढौ

बागलुङ नगरपालिका भित्र भुसीया कुकुरको आतंक६ महिनाकाे बिचमा  ३ सय जना भन्दा बढि कुकुर टाेकाइमा परे

बागलुङ जिल्ला सदरमुकाममा छाडा कुकुरको समस्याका विषयमा नागरिकबाट निरन्तर आउन थालेपछि बागलुङ  नगरपालिकाले कुकुर होस्टेलको अवधारण ल्याएकाे ६ महिना बितिसक्दा समेत काम प्रक्रिया अगाडि बढ्न नसक्दा ६ महिनाको बिचमा छाडा कुकुरको टाेकाइ बाट३ सय भन्दा बढी नागरिक घाइते भइसकेका छन् ।नगरपालिकाले कुकुर राख्ने ठाउँ खाेज्नमै ब्यस्त हुदा आम नागरिक छाडा भतुवा कुकुरको शिकार बनिरहेका छन् । बागलुङका स्थानीय तहले पृथक नीति तथा कार्यक्रम ल्याएकाे प्रचारप्रसार गरेपनि त्यो कुरा कागजमा सिमितहुन पुगेका छन् ।बागलुङ नगरपालिकाले छाडा कुकुर नियन्त्रण गर्न कुकुर होस्टेल… पुरा पढौ

प्रचुर सम्भावनाको क्षेत्रमध्ये खेलकुद पनि एक होः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सम्भावनाका धेरै क्षेत्रहरू भएको र त्यसमा पनि खेलकुद प्रचर सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ। शुक्रबार काठमाडौंमा आयोजित नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित ‘‘चौंथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो। सम्बोधनका क्रममा प्रधानमन्त्रीले भर्खरै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिप, बंगलादेशमा सम्पन्न पाँचौं दक्षिण एसियाली कराते च्याम्पियनसिप, १९औँ संस्करणको एसियन खेलकुद प्रतियोगिता (एसियाड) लगायत विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीहरूले राम्रो नतिजा… पुरा पढौ

नायिका आना शर्माले नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’मा फाइनल भएकी छन् । निर्माणपक्ष र आनाबीच फिल्मका लागि कागजी संझौता भएको हो ।

आनाले ‘एक्टर’साइन गरेसँगै प्रदीप र आना को जोडी पहिलो पटक दर्शक माझ आउने पक्का भएको हो । यी दुइको जोडीलाई लिएर दर्शकमा पनि उत्साह थपिने निश्चित छ । राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल छन् । यो फिल्मको छायांकन केही महिनामा नै सुरु हुनेछ । फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ… पुरा पढौ

पुस्तक स्टेसनरीकाे स्थापना दिवसमा शैक्षिक सामाग्री प्रदान

बागलुङ / गुणस्तरीय सेवा आजको आवश्यकता भन्ने नारा साथ स्थापित नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको स्थापना दिवसको अवसरमा बागलुङमा शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ बागलुङको आयोजना ,मालिका सेवा समाजको सहकार्य र नेपाल रेडक्रस साेसाइटी मालिका उपशाखाकाे समन्वयमा महासंघको १७ आ‌ैं स्थापना दिवसको अवसरमा बागलुङ नगरपालिका ५ मालिका आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थी लाइ श‌ैक्षिक सामाग्री एक कार्यक्रम बिच प्रदान गरियो । कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका पुर्व अध्यक्ष नवराज पाैडेल ,मालीका… पुरा पढौ

दुध बेचेर फर्सेका स्थानियले कमाए ६२ लाख

संगम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लि. जलजला ८ फर्से पर्वतको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारण सभामा बोल्दै जलजला गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत फणिन्द्र प्रसाद आचार्यलेगुजारामुखी नभई व्यावसायिक बन्न किसान लाई आग्रह गर्दै अब दुग्ध उत्पादन मात्र हैन् प्रशोधनको काम गर्न आवश्यक रहेको बताउनु भयो । उत्पादन सँग जोडिएका सहकारीको संरक्षण र विकासमा स्थानिय सरकारको भूमिका र बजारीकरणमा सरकारको ठोस नीतिको आवश्यकतामा रहेको बताउनु भयो । कार्यक्रममा बागलुङ दुग्ध सहकारी संघका अध्यक्ष दिपक गौतम, भेटनरी… पुरा पढौ

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनु हुन्न : प्रधानमन्त्री

काठमाडौँ, २६ पुस : प्रधानमन्त्री पुष्प कमल दाहाल‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ सँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान(न्याम्स)का पदाधिकारीको छलफलमा उहाँले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवामा गुणस्तरीय र सुलभ हुनुपर्ने बताउनुभयो । वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भन्नुभयो, “बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका… पुरा पढौ

तेस्रो जैमिनी महाेत्सवकाे तयारी

सुजन आचार्य बागलुङ जिल्लाकाे दक्षिण क्षेत्र जैमिनि घाटमा लाग्ने परम्परागत मेलालाइ अझै बढी प्रचारप्रसार गर्ने उदेश्यका साथ पुस २९ गतेबाट माघ ५ गते सम्म जैमिनि महाेत्सव हुन लागेकाे छ।बागलुङ जैमिनि नगरपालिकाकाे केन्द्र कुस्मिसेरा बजारमामा जैमिनि महाेत्सवकाे तयारी तीब्र रुपमा अगाडी बढिरहेको छ। साहारा कलबकाे आयाेजनामा जैमिनि नगरपालिकाकाे मुख्य सहयाेगमा साहारा राहत काेष स्थापनाकाे लागि बागलुङ दाेक्षिण भेग कुस्मिसेरा बजारमा तेस्रो जैमिनि महाेत्सब सुरु हुन लागेको हो । मेला २०७० साल देखि संसार क्लबकाे अगुवाइ माघेसंक्राती तथा जैमिनी महोत्सव हुँदै आइरहेको… पुरा पढौ

बागलुङ नगर खानेपानीमा नेतृत्व हात पार्न केवी राना र जयराम भारीकाे छुट्टाछुट्टै पत्रकार सम्मेलन

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाेपुस २८ गते हुने निर्वाचनको लागि २ जना अध्यक्ष पदकाउमेदवारले प्यानल बनाएर चुनावी प्रचारप्रसारमा हिडेका समुहले बागलुङ सदरमुकाममा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरि आफ्नाे समुहलाइ मत मागेका छन् । अध्यक्ष पदको लागि उमेदवारी दर्ता गरेका ४ जना मध्यएमालेका केवी राना मगर र नेपाली कांग्रेसका क्षेत्रीय सचिव जयराम भारीले छुट्टाछुट्टै ठूलो तामझामका साथ पत्रकार सम्मेलन गरि आफ्नो समुह सक्षम रहेको दावी गर्दै भावी योजना अगाडि सारि आम उपभोक्ता लाइ शुद्व खानेपानी खुवाउन प्रतिबद्ध रहेको जनाएका छन… पुरा पढौ