समाचार

कुस्मिसेरा–भरिथान सडकका कारण धानखेतमा क्षति, किसान चिन्तित

बागलुङ, असोज १० । जैमिनी नगरपालिका–१ कुस्मिसेराको पोखरी क्षेत्रमा कुस्मिसेरा–भरिथान जोड्ने नयाँ सडक निर्माणपछि वर्षायाममा हिलो, माटो र पानी खेतबारीमा पस्दा स्थानीय किसान समस्यामा परेका छन्। स्थानीयका अनुसार सडकमा पर्याप्त नाली तथा पानी निकासको व्यवस्था नहुँदा वर्षाको पानीसँगै हिलो र माटो बगेर धानखेतीमा पुगेको छ। लगातारको वर्षापछि करिब तीन हल क्षेत्रफलको धानखेत पुरिएको स्थानीयवासीले बताएका छन्। सडक निर्माणका क्रममा निस्किएको माटो तथा ढुंगा व्यवस्थित रूपमा व्यवस्थापन नगरिएकाले समस्या झन् बढेको स्थानीयको गुनासो छ। उनीहरूले सडकसँगै नाली निर्माण, पानी निकासको उचित… पुरा पढौ

अश्लील तथा अभद्र व्यवहार गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ

बागलुङ, असोज १० – बागलुङ प्रहरीले अश्लील तथा अभद्र व्यवहार गरेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–३ स्थित लेखानी मेडिकल हलमा औषधि किन्ने बहानामा पुगेका दुई भारतीय नागरिकले विभिन्न किसिमका अश्लील तथा अभद्र व्यवहार प्रस्तुत गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत, उत्तर प्रदेश, अमरोहा जिल्ला, रोझो गाउँ, रहियापुर पोष्ट मखदुमपुर बस्ने २१ वर्षीय राजिव र भारत, उत्तर प्रदेश, मिरापुर, मिरगञ्ज, रामपुर बस्ने २५ वर्षीय सोनु रहेका छन्। उनीहरूलाई… पुरा पढौ

अविरल वर्षाले जैमिनी–५ मा घर जोखिममा, परिवार छिमेकीको आश्रयमा

बागलुङ, असोज ९ — अविरल वर्षाका कारण बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे खनियापाटामा एक परिवारको घर उच्च जोखिममा परेको छ। घर अगाडिको जमिन भासिएर पहिरो खसेपछि परिवार सुरक्षित स्थानमा सरेको हो। लगातारको वर्षासँगै घरको आँगन तथा आसपासको जमिनमा चिरा पर्नुका साथै भासिन थालेपछि घरमा बस्न जोखिम बढेको स्थानीयले बताएका छन्। पहिरोले घरको जगसमेत कमजोर बनाउने अवस्था देखिएपछि परिवार हाल छिमेकीको घरमा आश्रय लिएर बसेको जनाइएको छ। स्थानीयका अनुसार केही दिनयता निरन्तर वर्षा भइरहेकाले क्षेत्रका विभिन्न स्थानमा जमिन चिसिएर जोखिम बढेको छ।… पुरा पढौ

विश्व रेबिज दिवसको अवसरमा जैमिनीमा कुकुरलाई निःशुल्क रेबिज खोप

बागलुङ — विश्व रेबिज दिवस २०२६ को अवसरमा जैमिनी नगरपालिका पशु सेवा शाखाले कुकुरहरूलाई रेबिज रोगविरुद्ध निःशुल्क खोप सेवा सञ्चालन गर्ने भएको छ। रेबिज रोगको जोखिम न्यूनीकरण तथा घरपालुवा र सामुदायिक कुकुरलाई सुरक्षित राख्ने उद्देश्यले खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो। नगरपालिकाले कुकुर पालक तथा सम्बन्धित सबैलाई आफ्ना कुकुरलाई अनिवार्य रूपमा खोप कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ। रेबिज एक घातक रोग भएकाले समयमै खोप लगाउनु नै यसको रोकथामको प्रभावकारी उपाय मानिन्छ। नगरपालिकाको पशु सेवा शाखाले सञ्चालन गर्ने उक्त निःशुल्क… पुरा पढौ

कुस्मिसेरामा लगातार वर्षा, जनजीवन प्रभावित

बागलुङ, असोज ९ — बागलुङको जैमिनी नगरपालिका–१ कुस्मिसेरामा लगातार वर्षा भएपछि स्थानीय जनजीवन प्रभावित बनेको छ। निरन्तर वर्षाका कारण सडक तथा पैदलमार्गमा आवतजावत गर्न कठिनाइ भएको छ भने दैनिक कामकाजसमेत प्रभावित भएको स्थानीयवासीले बताएका छन्। वर्षा जारी रहेकाले स्थानीय बासिन्दालाई थप सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी ग्रामीण सडक र भिरालो क्षेत्रमा पहिरो जाने तथा सडक अवरुद्ध हुने जोखिम बढेकाले आवश्यक सावधानी अपनाउन नगरवासीलाई अनुरोध गरिएको छ। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन तथा जोखिमयुक्त स्थानबाट टाढा रहन सुझाव दिइएको छ। वर्षाका… पुरा पढौ

कास्कीमा गैरसरकारी संस्थाहरूको वार्षिक समीक्षा सुरु

पोखरा, असोज ९ — जिल्ला समन्वय समिति कास्कीमा जिल्लाभर क्रियाशील गैरसरकारी संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने समीक्षा कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले गर्नुभयो। उहाँले गैरसरकारी संस्थाहरूलाई स्पष्ट योजना, पारदर्शिता र उत्तरदायित्वका साथ प्रभावकारी रूपमा काम गर्न आग्रह गर्नुभयो। पौडेलले मानव विकास तथा दिगो विकास लक्ष्य प्राप्तिमा गैरसरकारी संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कानुनबमोजिम कर्मचारीका सेवा–सुविधा सुनिश्चित गर्न र दातृ निकायबाट प्राप्त अनुदानको सदुपयोग गर्न सुझाव दिनुभयो। कार्यक्रममा गैरसरकारी संस्था… पुरा पढौ

अफ काठमाडौं मनास्लु गणेश हिमालले मनायो चार्टर डे

काठमाडौं, असोज ८ “जहाँ आवश्यकता, त्यहाँ लायन्स” भन्ने मूल नारासहित लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालले आफ्नो सातौँ चार्टर डे (स्थापना दिवस) फरक शैलीमा मनाएको छ। क्लबले स्थापना दिवस तथा लायन किरण थापाको जन्मदिनको अवसर पारेर काठमाडौंस्थित साहारा इन्टरनेसनल नेपाल बालआश्रममा आश्रित बालबालिकासँग साँझको भोजन कार्यक्रम आयोजना गर्दै मानवीय सेवामार्फत दिवस मनाएको हो। कार्यक्रममा आश्रममा रहेका बालबालिकालाई भोजन गराउनुका साथै उनीहरूसँग आत्मीय भेटघाट तथा फेलोसिपसमेत गरिएको क्लबका सचिव लायन पुष्पाञ्जली वाग्लेले जानकारी दिए। उनका अनुसार कार्यक्रम क्लबका संस्थापक अध्यक्ष,… पुरा पढौ

अमर ज्योति गाउँफर्क माविमा लायन्स क्लब अफ पोखरा समृद्धिद्वारा निर्माण गरिएको खानेपानी आयोजना हस्तान्तरण

कास्की, असोज ८ लायन्स क्लब अफ पोखरा समृद्धिले कास्कीको पोखरा महानगरपालिका–२६, जल्धारेस्थित श्री अमर ज्योति गाउँफर्क माध्यमिक विद्यालयमा निर्माण गरेको खानेपानी आयोजना विद्यालयलाई हस्तान्तरण गरेको छ। ‘हामी सेवा गर्छौं’ भन्ने मूल नारासहित सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लबले सञ्चालन गरेको ड्रिंकिङ वाटर प्रोजेक्ट–२०२६ अन्तर्गत निर्माण गरिएको खानेपानी आयोजना बिहीबार एक समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो। आयोजना हस्तान्तरण कार्यक्रम लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका पूर्व अन्तर्राष्ट्रिय निर्देशक (PID) लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता तथा डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीको… पुरा पढौ

बर्थिङ सेन्टरका कर्मचारीलाई मातृ तथा नवशिशु स्वास्थ्यसम्बन्धी क्षमता अभिवृद्धि

बागलुङ, असोज ८ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। असोज ७ र ८ गते सञ्चालन गरिएको कार्यक्रममा बागलुङ जिल्लाका छ स्थानीय तहमा कार्यरत नर्सिङ कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मातृ तथा नवशिशु स्वास्थ्यको वर्तमान अवस्था तथा चुनौती, एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC), Indirect Maternal Health Screening, Birth Preparedness and Readiness Placard, ANC–PNC Continuum of Care, प्रसूति पश्चात् अत्यधिक रक्तस्राव (PPH), Non-Pneumatic Anti-Shock Garment (NASG), Labour Care Guide, PRTP तथा PAFP/PPFP… पुरा पढौ

बागलुङमा देउवा पक्षधर कांग्रेसको सम्पर्क कार्यालय स्थापना

बागलुङ, असोज ८ — नेपाली कांग्रेसको गगन थापा पक्षीय १५औँ महाधिवेशनको तयारी तीव्र बन्दै गइरहेका बेला देउवा पक्षधर नेताहरूले बागलुङमा सम्पर्क कार्यालय स्थापना गरेका छन्। सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता मणिभद्र शर्मा कँडेलले पार्टीभित्र देखिएको असमझदारीका कारण आफूहरू संगठन सुदृढीकरण र महाधिवेशन केन्द्रित गतिविधिमा सक्रिय भएको बताउनुभयो। उहाँले पार्टीका आदर्श र सिद्धान्तलाई मजबुत बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। देउवा पक्षधर कांग्रेस बागलुङका संयोजक सागर छन्त्यालले १५औँ महाधिवेशनलाई लक्षित गर्दै वडा र पालिका तहसम्म अधिवेशनका गतिविधि सञ्चालन गरिने… पुरा पढौ