समाचार

गुठी संस्थानकाे ६०आ‌‌ै बार्षिकाेत्सव कालीका गुठी देशमै उत्कृष्ट

काठमाडौ  ,गुठी ऐन समयमै नआएको कारण अस्तब्यस्त बन्दै गएको गुठी संस्थानले ठूलो समस्याका बिच संस्थानकाे ६० आ‌ैं बार्षिकाेत्सव एक कार्यक्रम बिच काठमाडौं त्रिपुरेश्वरमा सम्पन्न भएको छ ।अहिले जताततै गुठीको गुठी संस्थानकाे ६०आ‌ैं बार्षिकाेत्सव समारोहमा भूमि व्यवस्था, तथा सहकारी मन्त्री रन्जिता श्रेष्ठले उद्घाटन गर्दै गुठी संस्थानमा धेरै खालका समस्या यथावत रहेको कुरा आफुलाइ जानकारी भएको यहाँ गर्न पर्ने काममा सरकारलाई जिम्मेवार बन्ने ,गुठी संस्थानले आगामी दिनमाआफुलाइ ताेकिएकाे जिम्मेवार निभाउनु पर्ने बताए । संस्थालाई चाहिने ऐन नियम समयमा नआउदा संस्थान संचालनमा समस्या रहेको… पुरा पढौ

रणबहादुर चन्द र तारा बराल बिच बिहे गर्ने सहमति

नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने लिखित सहमति भएको छ । उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ । यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् ।  लिखितम कागज गरिदिनेको नाम लोकबहादुर चन्दका नाती खडक बहादुर चन्दका छोरा काठमाडौँ जिल्ला वडा नम्बर ५ टंगाल बस्ने वर्ष ५९ को रणबहादुर चन्द आगे ऋषिराम बरालकी नातिनी, बुद्धिप्रसाद बरालकी छोरी चितवन जिल्ला भरतपुर महानगरपालिका वडा… पुरा पढौ

सर्वोच्च अदालतको आदेश पछि रिगलले गरे आत्मसमर्पण

सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल (रिगल) ले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। बिहीबार रिगल जिल्ला प्रहरी कार्यलय बाँके पुगेर प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो । इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ भनेको छ । साथै उनलाई तत्काल थुनामा पठाउन उत्प्रेषणको आदेश समेत दिएको थियोे ।… पुरा पढौ

सिवाइसी सहकारीको निर्वाचन कार्यतालिका सार्वजनिक

बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । बागलुङमा केन्द्रिय कार्यालय रही बागलुङ, पर्वत र म्याग्दीका विभिन्न ठाँउमा २५ वटा सेवा केन्द्र रहेको सहकारीले १४ औ साधारण सभा अन्तरगत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।बुधवार बागलुङमा आयोजित संचालक, समिति, विभिन्न सेवा केन्द्र व्यवस्थापन तथा संचालन उपसमितिका संयोजक तथा शिक्षा समितिको सयुक्त बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कार्यक्रममा निर्वाचन समितिका संयोजक भूमिश्वर गौतमले कार्तिक १६ गतेबाट मंसिर १६ गते सम्मको निर्वाचनको कार्यतालिकाबारे जानकारी गराउनु… पुरा पढौ

कालीगण्डकी कोरीडोर सडक कालोपत्रे नहुदा वलेवा बिमानस्थल संचालन भएन

बागलुङ,राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरीडोर नेपालीको भाग्यरेखाका रुपमा रहेको भनियपनि समयमा काम नहुदा बागलुङका जनतामा निरासा पैदा गरेको छ । भारत र चीनसँग जोडेर त्रिदेशीय सम्पर्कको रुपमा स्थापित हुने गरि काम अगाडि बढेपनि  करिडोर बनेपछि लामो समय देखि बन्द रहेको बलेवा विमानस्थल संचालन हुने आसमा रहेका बागलुङवासीको आसा वर्षौ देखि ज्युकातिउ छ ।  करिडोरको काम अगाढी बढेपछि वलेवा बिमानस्थल कालोपत्रे भएको पनि दुई बर्ष पूरा भइसकेको छ तर मालढुंगादेखि बलेवा बिमानस्थलसम्मको सडक कालोपत्रे नहुदा हवाई सेवा संचालन हुन सकेको छैन… पुरा पढौ

ढोरपाटन आएको ‘बुलेट राइडर’को समूहलाई घोडावाधेमा स्वागत

नेपालको आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ काठमाडौंदेखि बागलुङको ढोरपाटन सिकार आरक्षसम्मको राइड गरि सोमबार फर्किएको छ । बालाजु बुलेट सर्भिस सेन्टरको आयोजनामा ४५ वटा बुलेट बाइकहरू समावेश गरी ४५ जनाको समूहले ६ दिने राइड सञ्चालन गरिएको हो । ६ दिने राइडमा निस्केको टोलीलाई सोमवार बागलुङको काठेखोला गाँउपालिका वडा नम्वर ५ घोडावाधेमा स्वागत गरिएको थियो । पर्यटकीय क्षेत्र घोडावाधेमा काठेखोला गाँउपालिका वडा नम्वर ५,६ बागलुङ उद्योग वाणिज्य संघ, धौलागिरि पर्यठन प्रवद्र्धन समिति स्थानिय सामुदायिक वन, विशधुरी सामुदायिक होमस्टेन लगाएतका सामाजिक… पुरा पढौ

न्वागी मेला-२०८० को तयारी सुरु

पश्चिमाञ्चल क्षेत्रकै ठूलो स्थानीय पर्वको रुपमा परिचित न्वागी मेलाको तयारी सुरु भएको छ । बाग्लुङ जिल्लाको वडिगाड गाउँपालिका र गुल्मी जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा पर्ने पौंदी क्षेत्रको महत्त्वपूर्ण पर्वको रुपमा इतिहास बोकेको न्वागी मेला सञ्चालनका लागि तयारी सुरु गरिएको हो । न्वागी मेला तथा संस्कृति संरक्षण समितिको आयोजनामा हरेक वर्ष गरिँदै आएको मेलाको यस वर्षको आयोजना तथा व्यवस्थापनका लागि मंगलबार आयोजित एक भेलाले गुणानिधी घिमिरेको अध्यक्षतामा २२ सदस्य मेला मुल आयोजक समितिको पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा प्रदिप खरेल… पुरा पढौ

दुर्गा प्रसाईंलाई पक्राउ गर्न ओलीले गुहारे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १३ कार्तिक । आफूविरुद्ध अनर्गल प्रचार गरेको भन्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी एवम् अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । ओलीले प्रसाईंको अराजकताले सिमा नाघेको भन्दै तत्काल एक्शन लिन आफूलाई भनेको कुरा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका शीर्ष नेताहरुलाई ब्रिफिङ गरेका छन् । हिजो आइतबार बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले नेताहरुसँग ओली र आफूबीच गत शुक्रबार सिंहदरबारमा भएको भेटवार्ताको ब्रिफिङ गर्ने क्रममा यस्तो… पुरा पढौ

बिगतका बर्ष झै यो बर्ष पनि भगवाधोजको प्रतीक मानिने महाबिरी झण्डा महोत्सव मनाउदै “

सर्लाही ,प्रत्येक बिगतका बर्षहरुमा पनि बडा दसै को अन्तिम दिन अर्थात पुर्णिामाको दिन श्री महाबिरी झण्डा महोत्सव सुरु भएको छ। दुई दिनको यो महोत्सवमा विभिन्न क्षेत्रका विभिन्न पार्टी का नेता तथा कार्यकर्ताहरूका साथै देशको विभिन्न भु-भाग बाट मानिसहरु घुम्न आउने गर्दछ्न । यो महोत्सव बलरा नगरपालिका वडा न १० सर्लाही स्थित सुदामा ब्यारेजमा हुने गरेको छ ।स्थानिय क्षेत्रका बुद्धिजीवी बर्ग नेता सम्पूर्ण नगरबासीको आयोजनामा हुने यो कार्यक्रम हिन्दु धर्मावलम्बीका लागि महत्त्वपूर्ण रहेको स्थानिय हिन्दु अभियन्ता उमेश सिंहले बताए । पुरा पढौ

शालग्राम संग्रहालय अगाडि प्रवेशद्वार निर्माण हुने

बागलुङ ,१२ बर्ष देखि अमेरिकामा बसेर ब्यवसाय गर्दै आएका बागलुङ नगरपालिका ४ निवासी शिव आचार्य बिक्रमले बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुलेमा अवस्थित श्री श्रीधर आचार्य शालग्राम संग्राहलय अगाडिको मुख्य प्रवेशद्वार निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् । आफ्नो गाउँ ठाउँको लागि केही न केही गर्नुपर्छ भन्ने भावनाका साथ ५ बर्षपछि नेपाल आएका समाजसेवीयुवा ब्यक्तित्व शिव आचार्यले शालग्राम संग्राहलय बागलुङमा शनिबार उपस्थित भएर संग्रहालय प्रांगणमा अगाडिको मुख्य प्रवेशद्वार आफ्नो खर्चमा बनाउन सहयोग गर्ने बताए । संसारको एकमात्र पवित्र नदि कालीगण्डकी नदिमा… पुरा पढौ