सामुदायिक बिद्यालयमा बिद्यार्थी भर्ना गराउन घर दैलाे अभियान

-


     हिडन खबर    
     चैत्र १७ गते २०८० मा प्रकाशित


बागलुङ ।सामुदायिक बिद्यालयमा गुणस्तरीय पढाइ हुदैन भन्ने कुरालाई चिर्दै केही बर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बागलुङ नगरपालिकाकाे एक बिद्यालयले शैक्षिकसत्र २०८१ काे नयाँ भर्नाको लागि नयाँ उत्साह साथ
अगाडि बढेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ५ मा रहेको श्री कृष्ण आधारभुत बिधालयले सेवा क्षेत्रभित्रका सम्पुर्ण घर घरमा पुगेर घर दैलो कार्यक्रम संचालन कार्यक्रम शुरूवात गरेको छ ।

बिधालयमा कार्यरत शिक्षक कर्मचारी, बिधालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त पहलमा विद्यार्थी तथा सरोकारवालाको घर घरमा पुगेर
आफ्नो छाेराछाेरी बिद्यालयमा भर्ना गर्न आग्रह गरेको छ ।

बिधालय बाहिर रहेका र निजी बिद्यालयमा गएका बिद्यार्थीहरुलाइ बिद्यालयमा भर्ना गराइआधुनीक शैक्षिक सामाग्रीको प्रयोग गरि अङ्ग्रेजी माध्यमबाट शिक्षा टोल टोलमा टिउसन कक्षासंचालन गरि गुणस्तरीय शिक्षा प्रदान गरिने बिधालय ब्यबस्थापन समितिका अध्यक्ष खडानन्द सापकोटाले बताउनुभयो ।

शैक्षिक सत्र २०८१ देखि कार्यतालिका बनाएर साप्ताहिक घरदैलो कार्यक्रम गरि अभिभावकहरुको राय सल्लाह लिने र सोही अनुरुप शिक्षण सिकाइ संचालन गरिने साथै भौतिक र शैक्षिक दुबै क्षेत्रमा बागलुङ नगरपालिकाको नमुना बिद्यालय बनाउन आफू प्रतिबद्धताका साथ लागेको बिद्यालयका प्रधानाध्यापक दायरामा सापकोटाले बताउनुभयो ।

घरदैलो कार्यक्रमले बिद्यार्थी र अभिभावकको मन जित्नुका साथै बिद्यालय र समुदायको सम्बन्ध सुमधुर राख्न सहयोग पुग्ने शिक्षक अभिभावक संघका अध्यक्ष होमनाथ सापकोटाले बताउनुभयो ।

बाल बिकास देखि कक्षा ८ सम्म पढाइ हुने यस बिद्यालयमा
शिक्षक शिक्षिका कर्मचारी गरि १२ कार्यरत छन् जसमध्ये मध्य १० जना सरकारी नियुक्ति पाएका छन् भने २ जना आन्तरिक स्राेत बाट तलब खाने गरि ब्यवस्थापन गरिएको छ ।बिद्यालयमा हाल ८० जना बिद्यार्थीले अध्यापन गर्दै आएका छन् ।

बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई हरेक दिन दिवा खाजा बिद्यालयमा बनाएर खुवाउने गरिएको छ ।बाहिर जंकफुट पुर्ण रूपमा निषेध गरिएको छ ।

बागलुङ नगरपालिकाले २०८१ साल पुसमसान्त भित्र बागलुङ नगरपालिकालाई बालमैत्री नगरपालिका घाेषणा गर्ने कार्यक्रम बनाउदै गर्दा यस बिद्यालयमा भने अहिलेसम्म खानेपानीको ब्यवस्थापन हुन नसकेको बिद्यालयले जनाएको छ ।

बागलुङ नगरपालिका भित्र रहेका स्थानीय ब्यक्तिहरू काम राेजगारीकाे लागि राजधानी लगायत तेस्रो मुलुकमा जाने बसाइँसराइ गर्ने क्रम बढेपछि बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थी पनि क्रमश घट्दै गइरहेको देखिन्छ भएका बालबालिका समेत गुणस्तरीय शिक्षाको नाममा निजी बिद्यालयमा जान थालेपछि सामुदायिक बिद्यालयहरू थप संकटमा पर्दै जान थालेको देखिन्छ ।अहिले सामुदायिक बिद्यालयमा बिद्यार्थी र अभिभावककाे आकर्षण बढाउन
निजी बिद्यालय सरह गुणस्तरीय शिक्षा दिने नयाँ खालको योजना ल्याउनुलाई सबैले सकारात्मक रूपमा लिएका छन् ।