शालग्राम संग्रहालय परिसरमा स्वामी श्रीपरांकुशाचार्य मण्डप निर्माण हुँदै

-


     हिडन खबर    
     चैत्र १८ गते २०८० मा प्रकाशित


बागलुङ/ बागलुङ नगरपालिका वडा नम्वर – ४ कुडुले फेदी स्थित श्रीरंगवैकटेश मुक्तिनारायण मन्दिर शालग्राम संग्रहालय परिसरमा स्वामी श्रीपरांकुशाचार्य मण्डप निर्माण कार्य भइरहेको छ ।

सनातन बैदिक धर्म प्रचारप्रसारमा महत्वपुर्ण योगदान पुर्याउनुभएका अनन्तश्री विभूषित शठकोप यतिराज रामानुजीयर १ हजार ८ स्वामी परांकुशाचार्यको सम्मान स्वरुप श्री पराङकुशाचार्य मण्डप निर्माण गर्न लागेको श्री रंङ्ग वैकटेस मन्दिर तिरुपती बालाधीधाम मुक्तिनाथ वेद विद्याश्रम व्यवस्थपन समितिले जनाएको छ ।

गण्डकी प्रदेस सरकार तथा समाजसेवी आनन्दराज भण्डारीको आर्थिक सहयोगमा मण्डप निर्माण कार्यको थालनी गरिएको शालग्राम संग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।

करिव ५५ लाखको लागतमा मण्डप निर्माण गर्न लागिएको हो । २०१६ सालमा भारतको सिक्किम बाट स्वामी श्री धराचार्यको साथमा धर्म प्रचार प्रसारका लागि नेपाल आउनुभएका स्वामी पराँकुशाचार्यले नेपालका बिभिन्न क्षेत्र नवलपरासी, रिडी, सुर्खेत, गुल्मी, पर्वतको सहस्रधारा, म्याग्दीको रत्नेचौर लगायतका दर्जनौ स्थानमा मन्दिर तथा आश्रम निर्माण गरी सनातन बैदिक धर्मको रक्षार्थ महत्वपुर्ण योगदान गर्नुभएकोले उहाँको सम्मान स्वरुप संग्रहालय परिसरमा श्रीपरांकुशाचार्य मण्डप निर्माण गर्न लागिएको स्वामी प्रपन्नाचार्यले बताउनुभयो ।

२०३४ सालमा सन्यास लिनुभएका स्वामी परांकुशाचार्यले सयौ गुरुहरुको उत्पादन र हजारौ चेलाहरुलाई शिक्षा–दिक्षा दिनुभएको छ । उहाँका ६ दर्जन बढि नेपाली र हिन्दी भाषामा लेखिएका धार्मिक तथा साहित्यी कृति र कविता संग्रह प्रकाशित भएकाछन् । ९६ वर्षिय स्वामी परांकुशाचार्यले हाल नवलपरासी स्थित गैडाकोट लक्ष्मीनारायण मन्दिरमारही धार्मिक गतिविधीमा सक्रिय रहनुभएको छ । स्वामी परांकुशाचार्यको सम्मानमा बन्न लागेको मण्डप अन्तिम चरणमा पुगेको र बैसाख १ गते देखी हुने ब्रम्होत्सवका अवसरमा उद्घाटन गरिने स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।

धार्मिक तथा सांस्कृतिक पर्यटकीय केन्द्रकाे रूपमा स्थापित हुदै गइरहेको बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुले फेदीमा श्रीरंगवैंकटेश मुक्तिनारायण भगवानकाे ३७ आ‌ैं ब्रम्हाेत्सव श्री शालग्राम महाेत्सव २०८१ बैशाख १ गतेदेखि ५ गतेसम्म भब्य रूपमा मनाउने तयारी भइरहेको छ ।

कार्यक्रमकाे पहिलो दिन बैशाख १ गते कालीका भगवती मन्दिर देखि कुँडेले फेदीसम्म डाैड प्रतियोगिता ,शालग्राम संग्राहलय परिसरमा निर्माण भएको नयाँ मण्डपकाे उद्घाटन
हरेक दिन रथ यात्रा ,रामनवमीका दिन रथ यात्रा,श्रीधराचार्य को सालिक अनावरण ,हरेक दिन बाल्मिकी रामायण प्रवचन ,बिभिन्न भजन टाेलीबाट दैनिक लाेक भजन प्रस्तुतिका कार्यक्रम मन्दिरको मुल प्रवेद्वारकाे उद्घाटन
राखिएको स्वामी ऋषि प्रपान्नाचार्यले बताउनुभयो ।