बागलुङ एमाले नेतृत्वको लागि ४ जनाकाे दाबी कायमै

-


     हिडन खबर    
     चैत्र १८ गते २०८० मा प्रकाशित


बागलुङ/ नेकपा एमाले बागलुङको आगामी १० आ‌ैं जिल्ला  अधिवेशनको लागि नेताहरुको दौडदुप शुरु भएको छ ।एमाले अध्यक्ष केपी शर्मा आ‌ेलीले चैत २९ गते उद्घाटन हुने भएको कारणले पनि यसपटक अधिवेशन अझै राेचक हुने देखिन्छ ।त्यहीँ भएरपनि एमाले नेतृत्वका लागि अहिलेसम्म मुख्य ४ जनाको चर्चा रहेको छ । वर्तमानका अध्यक्ष हिरा बहादुर केसी, पूर्व अध्यक्ष जनक पौडेल र सचिव विष्णु प्रसाद भुषाल र हरिनारायण गाैतमले नेतृत्वका लागि दावेदारी प्रस्तुत गर्नु भएको छ ।

एमाले जिल्ला अध्यक्ष केसी वर्तमान कार्यकाल छोटो भएकाले आफुले शुरु गरेका काम सम्पन्न गर्नका लागि नेतृत्व दोहो¥याउने पक्षमा रहेको बताउनुभयो ।

नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष जनकराज पौडेलले
आफुलाइ पुन यसपटक जिल्लाको नेतृत्व गर्न दबाब दिएको कारणले पुन नेतृत्वको दाबेदारीमा आएकाे पाैडेलले बताउनुभयो ।

अहिलेका पार्टी सचिव विष्णु भुषाल सांगठनको नियमित प्रकृयामै आफू अध्यक्ष हुनु पर्ने भन्दै अध्यक्षको दावेदारी गर्नु भएको छ ।

एमाले अध्यक्षकाे लागि हरिनारायण गाैतमले एमाले अध्यक्षकाे लागि आफ्नो सशक्त दावी कायम रहेको हुदा यसपटक नेतृत्व गरेर एमालेलाई बलियो शक्तिशाली पार्टी बनाउने योजना रहेको बताउनुभयो ।

नेतृत्व दोहो¥याउनका लागि नेकपा एमालेका अध्यक्ष हिरा बहादुर केसी लबिङमा लाग्नुभएको मात्रै छैन एमालेको सचिवालय बैठकको निर्णय सार्वजनिक कार्यक्रममा पत्रकारहरु समक्ष आफ्नो कार्यकाल पुरा नभएको बताउदै पुन दोहोरिन सक्ने संकेत दिनुभएको थियो ।