पोखरामा बस दुर्घटना, तस्वीर सामाजिक संजालमा भाइरल

-


     हिडन खबर    
     चैत्र १७ गते २०८० मा प्रकाशित


काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिका -२७  अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

लेखनाथकाे आरुपाटाबाट पोखरा आउँदै गरेको ग १ ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।

पाेखरामा अचम्म संग भएको बस दुर्घटनाकाे बसको तस्बिर भने यतिबेला सामाजिक संजालमा भाइरल हुन पुगेको छ ।