अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै बागलुङ नगरपालिकाका तत्कालीन उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष सहित ५ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका निवर्तमान उप-प्रमुख सुरेन्द्र खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भिम बहादुर कुँवर, वडा नम्बर-२ का तत्कालीन वडा अध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हिमालय जिवि उपाध्याय र राजस्व शाखाका सदस्य सचिव काशिराम शर्माले नेपाल सरकारलाई रु.१७ लाख भन्दा बढी हानिनोक्सानी पुर्याई भ्रष्टाचारजन्य कार्य गरेको…
पुरा पढौ