बागलुङ, असोज १३ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले नेपाली कांग्रेसमा नयाँ पुस्तालाई राजनीतिमा अर्थपूर्ण रूपमा जोड्ने वातावरण निर्माण भएको बताएकी छन्। नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ बागलुङको क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै खड्काले युवा पुस्ताले खोजेका अवसर, रोजगारी, शिक्षा, प्रविधि, उद्यमशीलता र नेतृत्व विकासका विषयलाई राजनीतिक बहसको केन्द्रमा राख्नुपर्ने बताइन्। उनले महिलाको सहभागिता संख्यामा मात्र सीमित नभई निर्णय प्रक्रियामा प्रभावकारी, सम्मानजनक र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। अधिवेशनमा आउने विचार…
पुरा पढौ