समाचार

मौलिक पहिचान र पोखरेली संस्कृतिको झल्को दिने ‘पोखरेली कान्छी’ चाँडै सार्वजनिक हुँदै

नेपाली लोक तथा सांगीतिक क्षेत्रमा नयाँ स्वाद बोकेको गीत ‘पोखरेली कान्छी’ चाँडै सार्वजनिक हुने भएको छ।गायक मौसम गुरुङ र गायिका मेलिना राईको सुमधुर स्वरमा सजिएको यस गीतले पोखरेली संस्कृति, प्रेम र मौलिकताको सुन्दर चित्रण गर्ने अपेक्षा गरिएको छ। गीतमा रमेश बीजीको शब्द तथा मौसम गुरुङकै संगीत रहेको छ। एचबीएन किस्मतले संगीत संयोजन गरेका छन् भने रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङको कार्य राज खड्काले गरेका हुन्। गीतको म्युजिक भिडियोमा चहाना राना मगर र चोङ गुरुङको आकर्षक अभिनय रहनेछ। भिडियोको निर्देशन तथा कोरियोग्राफी… पुरा पढौ

निरा थापा मगरको ‘आकाशैको झिलमिल तारा’ सार्वजनिक

नेपाली मौलिक कौराह संस्कृतिमा आधारित गीत ‘आकाशैको झिलमिल तारा’ भिडियोसहित सार्वजनिक भएको छ। अग्रज गायक मनसुदन थापा र अर्का कलाकारको स्वरमा सजिएको उक्त गीत युनाइटेडकिङ्डम (यूके) मै रेकर्डिङ तथा छायांकन गरिएको हो। गीतले मगर समुदायको मौलिक संस्कृति, परम्परा र जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ। मौलिक कौराह भाकामा तयार पारिएको यस गीतमा सांस्कृतिक पहिचान र समुदायको जीवन्त पक्षलाई कलात्मक रूपमा उतारिएको छ। गीत सार्वजनिक गर्दै कलाकारहरूले दर्शक, श्रोता तथा शुभचिन्तकहरूबाट माया, साथ, सल्लाह र सुझावको अपेक्षा गरेका छन्। साथै गीत… पुरा पढौ

शिरीष देवकोटाको ‘फेवा तालैमा’ सार्वजनिक हुँदै, प्रेम र प्रकृतिको सुन्दर संगम

काठमाडौं । नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा नयाँ स्वाद बोकेको गीत ‘फेवा तालैमा’ सार्वजनिक हुने तयारीमा रहेको छ। गायक शिरीष देवकोटा र मेलिना राईको सुमधुर स्वरमा सजिएको यस गीतले पोखराको प्रसिद्ध फेवातालको सौन्दर्यसँगै प्रेमभावलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ। बिन्दाबासिनी म्युजिकको प्रस्तुति रहेको गीतमा शिरीष देवकोटाकै शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन हेम किस्मतले गरेका छन्। गीतको भिडियो निर्देशन राजीव समरले गरेका हुन्। भिडियोमा कलाकार प्रभात पल ठकुरी र शिल्पा पोखरेलको आकर्षक अभिनय देख्न सकिनेछ।फेवातालको रमणीय परिवेशमा… पुरा पढौ

‘शितल त जुनकै हो…’ गीत सार्वजनिक, दर्शकमाझ सकारात्मक चर्चा

बागलुङ /नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा नयाँ कोसेलीका रूपमा ‘शितल त जुनकै हो…’ बोलको गीत सार्वजनिक भएको छ। पुष्कल भट्टराईको प्रस्तुति रहेको उक्त गीत हालै युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमा जगत गौडेल र सुशिला गौतमको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द तथा संगीत पनि जगत गौडेलकै रहेका छन् भने संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ खड्का बजुरालीले गरेका हुन्। गीतको म्युजिक भिडियोमा शक्ति कुमार गोदार र सरस्वती खत्रीको आकर्षक अभिनय रहेको छ। भिडियोको कथा, कोरियोग्राफी… पुरा पढौ

GAT सम्मेलनबाट फर्किएको लायन्स ३२५ के नेपालको टोलीलाई भव्य स्वागत

काठमाडौं । श्रीलङ्काको राजधानी कोलम्बोमा आयोजित अन्तर्राष्ट्रिय ग्लोबल एक्सन टिम (GAT) सम्मेलनमा सहभागी भई स्वदेश फर्किएको लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको प्रतिनिधिमण्डललाई भव्य स्वागत गरिएको छ। जुन १८ देखि २० तारिखसम्म सञ्चालन भएको उक्त सम्मेलनमा सहभागी भएर फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष कार्यक्रमका बीच स्वागत गरिएको हो। प्रतिनिधिमण्डलको नेतृत्व लायन वर्ष २०२६/२७ का डिष्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीले गरेका थिए। टोलीमा पाष्ट इन्टरनेसनल डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटीसहित अन्य पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो। सम्मेलनमा डिष्ट्रिक्ट ३२५ के नेपालका… पुरा पढौ

महिला उद्यमी विकास समितिकाे अध्यक्षमा पिंगला जिसी

बागलुङ, असार ७— बागलुङ उद्योग वाणिज्य संघअन्तर्गत महिला उद्यमी विकास समितिको २२औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनले पिंगला जिसीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ। यसअघि समितिको नेतृत्व अर्चना कुमारी पालिखेले गरेकी थिइन्। नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा जुनु श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा विष्णु कुमारी शर्मा, महासचिवमा रम्भा देवी शाक्य, सचिवमा शोभा शर्मा, कोषाध्यक्षमा सरिता पौडेल, सह–सचिवमा मेनुका शाक्य तथा सह–कोषाध्यक्षमा यमुना रेग्मी निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा मीला राजभण्डारी, लक्ष्मी घर्ती श्रेष्ठ, सुनयना राजभण्डारी,… पुरा पढौ

जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कीर्तिबल्लभ त्रिपाठी

पोखरा । कीर्तिबल्लभ त्रिपाठीको नेतृत्वमा जनज्योति भूपू विद्यार्थी मञ्चको नयाँ कार्यसमिति चयन भएको छ। पोखरा–२८, कालिकास्थित जनज्योति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको प्रथम साधारणसभा तथा प्रथम अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा श्यामप्रसाद तिमिल्सेना, सचिवमा गुरुप्रसाद त्रिपाठी र कोषाध्यक्षमा श्रीकान्त अधिकारी चयन भएका छन्। सदस्यहरूमा चन्द्रा शर्मा, नारायणप्रसाद त्रिपाठी, लीलामोहन कुँइकेल, प्रविण नेपाली, किरणराज तिमिल्सेना, सागर अधिकारी र रचना भुजेल रहेका छन्। नवनिर्वाचित अध्यक्ष कीर्तिबल्लभ त्रिपाठीले संस्थाको उद्देश्यअनुसार सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले… पुरा पढौ

बागलुङमा वृहत् र्‍यालीसहित १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

बागलुङ, असार ७ — १२औँ अन्तर्राष्ट्रिय योग दिवस बागलुङमा विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। पतञ्जलि योग समिति बागलुङ, महिला पतञ्जलि योग समिति बागलुङ तथा युवा नेपाल समिति बागलुङको संयुक्त आयोजनामा वृहत् र्‍यालीसहित योग दिवस मनाइएको हो। कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा रहेका थिए। सहभागीहरूले नगर क्षेत्रबाट सचेतनामूलक र्‍याली प्रदर्शन गर्दै ऐश्वर्य पार्क पुगेका थिए। पार्कमा आयोजित कार्यक्रममा योग प्रशिक्षकहरूको नेतृत्वमा सामूहिक योगाभ्यास गरिएको थियो। कार्यक्रममा विभिन्न उमेर समूहका नागरिक, योग साधक, सामाजिक अभियन्ता… पुरा पढौ

लोकदोहोरी क्षेत्रमा चम्किएकी नारायणी खत्री अवार्डको उत्कृष्ट पाँच मनोनयनमा

नेपाली लोकदोहोरी संगीत क्षेत्रमा सक्रिय मोडल नारायणी खत्री १३औँ म्युजिक खबर म्युजिक अवार्ड–२०८२ अन्तर्गत ‘उत्कृष्ट म्युजिक भिडियो मोडल (महिला) – लोकदोहोरी’ विधाको उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल भएकी छन्। म्युजिक खबरद्वारा आयोजना गरिँदै आएको यो प्रतिष्ठित अवार्ड नेपाली गीत–संगीत क्षेत्रको महत्वपूर्ण सम्मानका रूपमा परिचित छ। उत्कृष्ट पाँचको मनोनयन सूची सार्वजनिक भएसँगै खत्रीले आफूलाई यस स्थानसम्म पुर्‍याउन सहयोग गर्ने दर्शक, शुभेच्छुक, स्रष्टा तथा सम्पूर्ण संगीतप्रेमीप्रति आभार व्यक्त गरेकी छन्। उनले अवार्ड जित्नका लागि आफूलाई भोटमार्फत सहयोग गर्न सबैमा आग्रह गर्दै नेपाली… पुरा पढौ

बागलुङ समाज कल्याण केन्द्र महिला समूहकाे अध्यक्षमा मन्दिरा श्रेष्ठ चयन

काठमाडौं, असार ६ बागलुङ समाज कल्याण केन्द्र महिला समूह काठमाडौंको ११औँ भेला तथा अधिवेशन समूहकी संयोजक श्रीमती सोनी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ। कान्तिपथस्थित येलो पगोडा होटलमा आयोजित कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्रका अध्यक्ष डा. स्वयम् प्रकाश श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। अधिवेशनले श्रीमती मन्दिरा श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको निवर्तमान अध्यक्षमा सोनी श्रेष्ठ, उपाध्यक्षमा मञ्जु राजभण्डारी, सचिवमा संगम भारी र कोषाध्यक्षमा सहनशिला शाक्य चयन भएका छन्। सदस्यहरूमा कल्पना राजभण्डारी, निर्मला बडगामी,… पुरा पढौ