काठमाडौंबाट गोरखातर्फ गइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका ५ जनाको परिचय खुलेको छ । दुर्घटनापछि एक जना अझैसम्म बेपत्ता छन् । प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको छ । अठार वर्षीय दिवस रोकाय बेपत्ता छन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौंबाट तीन वटा गाडीमा फर्किदै गर्दा दुर्घटना भएको…
पुरा पढौ