काठमाडौं श्रावण १६
सामुदायिक बिद्यालयमा पढाइ राम्रो पढाइ नहुने भन्दै निजी बिद्यालय तर्फ बिद्यार्थी र अभिभावक आकर्षित भइरहेको समयमा देशको राजधानीमा बि.स. २०१८ सालमा स्थापना भएको रत्न राज्य माध्यमिक विद्यालयको शैक्षिक स्तर अन्य विद्यालयभन्दा अब्बल बन्दै गइरहेको छ ।
देशभरका प्राय ७७ वटै जिल्लाका विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा शैक्षिक गुणस्तर राम्रो रहनुका साथै भौतिक पुर्वाधार पनि सक्षम बनाउदै गइरहेको छ । मध्यबानेश्वरमा अवस्थित यो विद्यालयमा अङ्ग्रेजी र नेपाली दुबै माध्यमबाट पढाइ संचालन हुनुका साथै बिगतमा भन्दा पढाइको स्तर धेरै सुधार हुँदै गएपछि बिद्यार्थी आकर्षित बन्दै गइरहेको देखिन्छ ।
बिद्यालय एकजनाले मात्र राम्रो बनाउन सकिदैन यसको लागि राम्रो टीम जरुरी रहेकोमा अहिले यश बिद्यालयमा शिक्षकहरूको राम्रो टिम भएको कारणले बिद्यालय राम्रो नतिजा ल्याउन सफल भइरहेको बिद्यालयका प्रधानाध्यापक रामषिश यादवले बताए ।
बिगत ६ दशक यताकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको देखिन्छ । यौटै कक्षामा खचाखच बिद्यार्थी करिब ८० देखि ९० जनाको हाराहारीमा रहेको बिधालयले जानकारी दिएको छ । शिक्षक शिक्षिकाहरु पढाउन जादा हेड्फोन स्पिकर सहित कक्षाकोठामा उपस्थित हुने गरेको पाइएको छ यसरी नपढाए बिद्यार्थी सामु आवाज पुग्न नसक्ने भएकाले यो प्रबिधि अपनाइएकाे छ ।
यसबर्षको SEE परिक्षामा २५१ जना बिद्यार्थी सहभागी हुदा २०८ जना बिद्यार्थीले भने उत्कृष्ट नतिजा ल्याउएर पास भएका छ्न भने दुई जना बिद्यार्थी जिपिए ४.० ल्याएका छन भने १२ जना बिद्यार्थीले ३.९ जिपिए ल्याएका छ्न । सामुदायिक बिधालयले पनि नेपालकै उत्कृष्ट जिपिए ल्याएर बिधालयको गरिमालाई मात्र नभइ समग्र सामुदायिक बिधालयको गरिमा उच्च बनाएको छ ।
कम्तिमा ३.२ जिपिए ल्याएका बिद्यार्थीलाई मात्र इन्ट्रान्स परिक्षामा प्रवेश गराइ पास गरेर मात्र बिज्ञान बिषय पढन पाइने व्यवस्था लागू गरिएको छ ।
निजी विद्यालयमा बिज्ञान अध्ययन गर्न लाग्ने ठुलो खर्च ब्यहोर्न नसक्ने विद्यार्थी र अभिभावकलाई लक्षित गरेर बिज्ञान बिषय प्लस टु मा सञ्चालन गरिएकाले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि निजी विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई ल्याएर कक्षा सञ्चालन गर्ने गरिएको छ ।
यसरी ल्याइएका शिक्षकहरुलाई दिइने मासिक पारिश्रमिकका लागि बिज्ञान बिषय अध्ययनरत विद्यार्थीहरुबाट बार्षिक रूपमा अत्यन्तै न्यून रकम बार्षिक ३०००० लिने गरिएको विद्यालयले जनाएको छ। यो विद्यालयमा करिब दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत रहेका छन् भने कर्मचारी र शिक्षक गरि जम्मा १०३ जना कार्यरत रहेका छन् । बिहानी सत्रमा कक्षा ११ र १२ को पढाइका लागि १८ जना शिक्षक र दिउसोको पढाइका लागि ८० शिक्षक रहका छन् ।
गतवर्ष एसईई परिक्षामा ३०४ जना बिद्यार्थी उतिर्ण हुन सफल यो विद्यालयमा कक्षा ११ र १२ को नतिजा पनि राम्रो हुने गरेको प्रधानाध्यापक यादवले बताए । खेलकुद, गीत संगित, हाजिरी जवाफ, वाचनकला आदि छेत्रमा पनि यो विद्यालय उत्कृष्ट विद्यालय मध्येको एक हो ।