समाचार

चन्द्रागिरिमा बन्यो बन महालक्ष्मी जेष्ठ नागरिक पार्क

राजेशचन्द्र राजभण्डारीकाठमाडौ राजधानीमा जनघनत्व बढे संगै भएको सार्वजनिक जग्गा एकपछि अर्को अतिक्रमण गरि सार्वजनिक जग्गा सकिदै गइरहेको समयमा चन्द्रागिरि नगरपालिकाले भने सार्वजनिक जग्गा संरक्षण गरि त्यसको सदुपयोग गरि सुविधासम्पन्न पार्क निर्माण गरेपछि यश क्षेत्रकाे मुहार समेत फेरिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा बन महालक्ष्मी जेष्ठ नागरिक पार्क निर्माण भएपछि पार्क यतिबेला सबैको राेजाइमा परेको छ ।आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने उदेश्यले रमणीय पार्क निर्माण भएपछि यहाँ चहलपहल शुरू भएको छ । पार्क बनेपछि यश क्षेत्रका बासिन्दालाई… पुरा पढौ

विद्यामन्दिर माविका ७ विद्यार्थीलाई सुजन वैद्य स्मृति शैक्षिक कोषबाट सहयोग

विद्यामन्दिर माध्यमिक विद्यालयमा स्थापना गरिएको सुजन वैद्य स्मृति शैक्षिक कोषले विद्यालयमा अध्ययन गर्ने ७ जना विद्यार्थीलाई सहयोग गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ११ मा भर्ना भएका ५ जनालाई विद्यार्थीलाई भर्ना शुल्क,विद्यालय पोषाक र सिलाई खर्च गरी जनही ६ हजार र कक्षा ११ मा विज्ञान र १२ मा विज्ञान संकायमा अध्ययनरत १- १ जना विद्यार्थीलाई शैक्षिक सहयोग गरिएको हो । कोषबाट नयाँ कक्षा ११ मा शिक्षा संकायमा भर्ना भएको अप्सरा बोहोरा, निरुता गोतामे, तुफान परियार, यस्टर विक र व्यवस्थापन… पुरा पढौ

रुद्रेपिपल मावि: २ वर्ष देखि विद्यालय व्यवस्थापन समिति बिहिन, शैक्षिक गतिविधि प्रभावित

विद्यालय एवं प्रभावकारी शैक्षिक गतिविधि सञ्चालनका लागि हरेको विद्यालयमा व्यवस्थापन समिति हुनु जरुरी हुन्छ । तर बागलुङ जिल्लाको एक बिद्यालयमा भने २ वर्ष देखि व्यवस्थापन समिति बिहिन हुँदा समेत गठन गर्नतर्फ चासो नदिएको पाइएको छ । विद्यालय व्यवस्थापन समितिको पदाअवधि सकिएको २ वर्ष बितिसक्दा समेत बागलुङको एक विद्यालयमा व्यवस्थापन समिति गठन हुन सकेको छैन । बागलुङ जिल्लाको सदरमुकाममा रहेको रुद्रेपिपल माध्यमिक विद्यालयमा विगत २ वर्षदेखि विद्यालय व्यवस्थापन समिति बिहिन हुन पुगेको हो । गरिब तथा विपन्न समुदायका सहित करिब ६… पुरा पढौ

फोनिज बागलुङद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २३ औँ स्थापना दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फोनिज बागलुङको आयोजना स्थापना दिवसको अवसरमा 'पत्रकार र पत्रकारिता' विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमका सभापति एवं फोनिज बागलुङका अध्यक्ष प्रकाश छन्त्यालको अवधारणा पत्र प्रस्तुत गरिएको थियो । पत्रकार र पत्रकारिता कस्तो हुनुपर्छ ?, फोनिज के हो ? नेपालमा पछिल्लो पत्रकारिता कस्तो छ र कस्तो हुनुपर्छ भन्ने विषयमा सहभागीले मन्तव्य राखेका थिए । कार्यक्रम फोनिज बागलुङका अध्यक्ष प्रकाश छन्त्यालको अध्यक्षता,… पुरा पढौ

विद्यार्थीलाई आधारभूत पत्रकारिता तालिम सञ्चालन हुने

बागलुङमा माध्यमिक तहमा अध्ययनरत बिद्यार्थीहरुका लागि आधारभूत पत्रकारिता, समाचार लेखन, उद्घोषण तथा नेतृत्व विकास सम्बन्धि २ दिने तालिम सञ्चालन हुने भएको छ। बागलुङ बजारमा अवस्थित कालीगण्डकी आवासीय माध्यमिक विद्यालयकाे आयोजनामा भदौ ३ र ४ गते बिद्यालयको सभाहलमा उक्त तालिम सञ्चालन हुने भएको हो । विद्यालयको कक्षा ६ देखि १० सम्म अध्ययनरत बिद्यार्थीहरुको क्षमता विकास र पत्रकारिताको ज्ञान वृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको विद्यालयका शिक्षक एवं तालिमका संयोजक जिवननाथ शर्माले बताउनुभयो ।"बिद्यार्थीहरुमा किताबी ज्ञानको अलावा उनीहरूको अन्तरनिहित क्षमता विकास गर्दै… पुरा पढौ

मंगलामा सरुवा भएका अधिकृत कार्की पत्र लिएर फर्किए

संघीयता लागू भएको ५ बर्ष बितिसक्दा समेत अझैसम्म यसको काम कर्तव्य र अधिकार बारे आफ्नो ब्याख्या हुने गर्दा एकपछि अर्को बेथिति देखिन थालेको छ । म्याग्दीको मंगला गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगरी फर्किएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौरस्थित कार्यालयमा पुगेका थिए ।आवश्यक समन्वय र विवादपछि पालिकाले कार्कीलाई हाजिर नगराएपछि बागलुङ फर्किएका हुन् । संघीयता पछि स्थानीय तहलाई शक्तिशाली बनाउने निति… पुरा पढौ

वडाअध्यक्षको अवैध सम्बन्धको पर्दाफास

बागलुङको जैमिनी नगरपालिका वडा न.९ का वडा अध्यक्ष सन्दिप थापा ‘ईन्द्र’ले अवैध सम्बन्धबाट एक युवतिलाई गर्भवति बनाएको तथ्य खुलेको छ । जिल्लाको ताराखोला गाउँपालिकाकी एक २५ बर्षीय युवतिलाई ४३ बर्षीय थापाले गर्भवति बनाई बागलुङ बजारको एक घरमा राखेको बुझिएको हो । घरमा एक श्रीमति ३ छोरी र १ छोरा रहेका थापाले अबैध सम्बन्धबाट युवतिलाई गर्भवति बनाएपछि उनलाई बाहिर हिँडडुल गर्न समेत नदिने गरेको पारिवारिक श्रोतले बतायो । नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष जितेका थापाले आफु अविवाहित रहेको भनि ढाँटेर ति… पुरा पढौ

बैंकर्स बिच मैत्रीपूर्ण फूटसल

बागलुङ ।अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा बैंकर्स बागलुङले बैंकर्स बीच मैत्रीपूर्ण फुटसल प्रतीयोगीता आयोजना गरेकोे छ। कार्यक्रममा फूटवल संघ वागलुङ का अध्यक्ष जय राजभण्डारीले अहिलेको बैंकर्स हरु जुझारु युवा शक्ति भएकोले सबै क्षेत्रमा अब्बल सावित हुँदै खेल क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेको बताए । कार्यक्रममा बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले बैंक कर्मचारीको दैनिकी केवल बैंक भित्र को काममा मात्रै सिमित नभई अन्य क्षेत्रमा पनि सक्रिय रहँदै आफनो स्वास्थ्य को लागि पनि यस्ताे कार्यक्रमको आयोजना गरीएको वताए ।कार्यक्रमको लक्ष्य एबम उदेश्यको बारेमा… पुरा पढौ

लायन्स क्लबकाे पदसस्थापन

बागलुङ ,श्रावण १४ समाजमा रहेका आफूभन्दा कम अवसर प्राप्त व्यक्तिहरूलाई सक्दाे भाैतिक तथा आर्थिक सहयोग गर्ने उदेश्यले हामी सेवा गर्छाैं भन्ने मुल उदेश्यका साथ स्थापना भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल ३२५ के नेपाल अन्तर्गतका १० वटा लायन्स क्लबकाे लायन बर्ष २०२२/२३ काे संयुक्त पदस्थापन कार्यक्रम बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ के नेपालका डिस्ट्रिक गभर्नर लायन राजेन्द्र कुमार बाटाजूले लायन्स क्लब अफ धाैलागिरि बागलुङ ,लायन्स क्लब बागलुङ ,लायन्स क्लब अफ बागलुङ सिटी ,लगायतका… पुरा पढौ

मानव सेवा आश्रमकाे सुविधासम्पन्न भवन निर्माण हुदै

राजेशचन्द्र राजभण्डारी बागलुङ जिल्ला लाई सडक मानवरहित जिल्ला बनाउने अभियान अन्तर्ग ५ बर्ष अघि स्थापना भएको मानव सेवा आश्रमले छाेटाे अवधिमा सबै तह र तप्काकाे सहयोगमा सुविधासम्पन्न भवन निर्माण अभियान अगाडि सारेको छ ।काेही ब्यक्ति सडकमा भाैतारिएर सहारा बिहिन भएर बस्न नपराेस भन्ने उदेश्यले भवन निर्माण अगाडि बढेको छ । बागलुङ जिल्लालाई ‘सडक मानवरहित’ बनाउने अभियानमा सक्रिय मानव सेवा आश्रमको अब आफ्नै भवन बन्ने भएको छ । आश्रम खुलेको पाँच वर्षपछि बागलुङ नगरपालिका–४ निर्णय घाटमा ५ राेपनी जग्गामा भवन निर्माण… पुरा पढौ