
बडिगाड गाउँपालिका-५ दाँग फेँदीका आगलागी पिडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।
बागलुङको बडिगाड क्षेत्रमा जन्मिएर रोजगारी तथा अध्ययनको सिलसिलामा जापानमा रहेका युवाहरूको एकतामा गठित थानपति जापान सम्पर्क समितिले आगलागी पिडित देविराम घिमिरेको परिवारलाई राहत रकम हस्तान्तरण गरेको हो ।
बडिगाड गाउँपालिका वडा नम्बर-५ का वडा अध्यक्ष विष्णु प्रसाद आचार्यको उपस्थितिमा पिडितकै घरमा पुगेर नगद २० हजार हस्तान्तरण गरेको समितिका सह-कोषाध्यक्ष झविन्द्र घिमिरेले बताउनुभयो ।
राहत रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष आचार्यले प्रदेशमा दुख गरेर कमाएको रकम गाँस काटेर पिडित परिवारलाई सहयोग गर्नु मानवीय सहयोगको उत्तम नमुना रहेको बताउनुभयो ।

मंसिर २० गते बुधबार राति अन्दाजी १२:३० बजेको समयमा आगलागी हुँदा घिमिरेको नगद २० हजार, एक थान मोबाइल सहित अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायत घरमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका थिए ।
घटना कसले घटायो भन्नेबारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









