नेपाली कांग्रेस क्षेत्र नम्वर १ बागलुङ र जनसम्पर्क समिति कान्साई जापान विच अन्तरक्रिया

-


     हिडन खबर    
     मंसिर २६ गते २०८० मा प्रकाशित


नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्र नम्वर १ बागलुङले प्रवासमा रहेका नेता तथा कार्यकर्ताको अवस्थाबारे अन्र्तक्रिया गरेको छ । क्षेत्रिय समितिको आयोजनामा मंगलबार नेपाली कांग्रेस जनसम्पर्क समिति (ओसाका) कान्साई जापानका सभापति इन्द्र सुवेदी सँग अन्तरक्रिया तथा छलफल भएको हो । सो अवसरमा बोल्दै वरिष्ठ अधिवक्त पद्यमनाथ शर्मा पौडेलले नेपालमा प्रजातन्त्र जोगाउने पार्टी नेपाली कांग्रेस भएको भन्दै कांग्रेसमा प्रजातान्त्रीक शक्ति वढाउनुपर्ने बताउनु भयो । नेपाली कांग्रेस जनसम्पर्क समिति (ओसाका) कान्साई जापानका सभापति इन्द्र सुवेदीले नेपाली कांग्रेस जनसम्पर्क समन्वय विभागसँग समन्यव गरि पार्टीको काम गरिरहेको बताउनु भयो । सो अवसरमा सुवेदीले नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्र नम्वर १ बागलुङले स्थापना गर्ने अक्षय कोषको लागि नगद २५ हजार सहयोग हस्त्रान्त्रण गर्नु भएको थियो । नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्र नम्वर १ का सभापति चण्डी प्रसाद शर्मा पौडेलले बेलैमा सबै जना सजग हुन नसके यति ठूलो त्याग र संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्ने हुदा देश तथा विदेशमा रहेका नागरिक सचेत बन्नुपर्ने बताउनु भयो । क्षेत्रिय सभापति पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमा सहसचिव गणेश लम्सालको धन्यवाद मन्तव्य र सचिव जयराम भारीको संचालनमा सम्पन्न भएको थियो ।
यसै विच नेपाली कांग्रेस बागलुङले निर्माण गर्न लागेको वीपि स्मृति भवनको लागि नेपाली कांग्रेस जनसम्पर्क समिति (ओसाका) कान्साई जापानले आर्थिक सहयोग गरेको । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले निर्माण थालेको वीपि स्मृति भवनको लागि नेपाली कांग्रेस जनसम्पर्क समिति (ओसाका) कान्साई जापानको तर्फबाट १ लाख ५१ हजार सहयोग गरेको जनसम्पर्क समितिका सभापति इन्द्र सुवेदीले बताउनु भयो ।