बागलुङ । जैमिनी नगरपालिकाले स्थानीय सरकारको कामकारबाहीलाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने उद्देश्यले आयोजना गरेको पालिकास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम जैमिनी नगरपालिका–२, दमेकमा सम्पन्न भएको छ। स्थानीय नागरिक र स्थानीय सरकारबीच प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नगरपालिकाले हालसम्म सञ्चालन गरेका विकास निर्माणका योजना, सेवा प्रवाह, बजेट कार्यान्वयन तथा विभिन्न गतिविधिबारे जानकारी गराइएको थियो। साथै नागरिकका गुनासा, जिज्ञासा र सुझाव संकलन गर्ने उद्देश्यसमेत राखिएको थियो। सार्वजनिक सुनुवाइलाई स्थानीय सरकारको कामकारबाहीको समीक्षा गर्ने र नागरिकका आवाज सम्बन्धित निकायसम्म पुर्याउने महत्वपूर्ण…
पुरा पढौ