समाचार

बागमती एरियाका लायन्स क्लबहरूको संयुक्त पदस्थापन सम्पन्न

काठमाडौं, असोज १० । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती एरियाभित्रका विभिन्न लायन्स क्लबहरूको पदस्थापन कार्यक्रम धमाधम सञ्चालन भइरहेका छन्। “Leading with Purpose” भन्ने नारासहित स्काई रेष्टुरेन्ट एन्ड बैंक्वेट, सामाखुसीमा शुक्रबार लायन वर्ष २०२६/२७ को Induction and Joint Installation Ceremony सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा District Governor (Installation Chief Officer) रमेश अधिकारीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनकी धर्मपत्नी पूजा अधिकारी, द्वितीय उप–जिल्ला गभर्नर (2nd VDG) हसन गोपाली, पूर्व जिल्ला गभर्नर (PDG) राजेन्द्रकुमार बाटाजु, क्याबिनेट सेक्रेटरी गणेश जीसी,… पुरा पढौ

प्रहरी चौकी धम्जा बिहुँमा नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन निरीक्षण सम्पन्न

बागलुङ, असोज १० । नेपाल प्रहरीको सेवा प्रभावकारिता अभिवृद्धि, संगठनात्मक सुधार तथा असल अभ्यासको मूल्याङ्कन गर्ने उद्देश्यले सञ्चालन गरिएको “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८३” अन्तर्गत बागलुङको प्रहरी चौकी धम्जा बिहुँमा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ। केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शिद्धी विक्रम शाह, प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्य तथा अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको टोलीले प्रहरी चौकी धम्जा बिहुँको स्थलगत निरीक्षण तथा अवलोकन गरेको हो। निरीक्षणका क्रममा टोलीले कार्यालयको प्रस्तुतीकरण, विभिन्न शाखाको कार्यसम्पादन, अभिलेख व्यवस्थापन,… पुरा पढौ

बागमती एरियाका लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

काठमाडौं, असोज १० लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती एरियाका विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन तथा सदस्यता ग्रहण (इन्डक्सन) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। क्लस्टर चिफ लायन नारायणबहादुर भण्डारी तथा रिजन चेयरपर्सन मनीषा दाहाल चापागाईं र पूजा चौधरीको नेतृत्वमा रहेका क्लबहरूको इन्डक्सन तथा संयुक्त पदस्थापन समारोह आयोजना गरिएको हो। कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। समारोहका प्रमुख अतिथि एवं इन्स्टलेसन अफिसर, डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारीसहित सम्पूर्ण आयोजक… पुरा पढौ

जैमिनी–१ पोखरीमा पहिरोको जोखिम, शिक्षक पूर्ण पौडेलको घर संकटमा

बागलुङ । जैमिनी नगरपालिका–१, कुस्मिसेरा अन्तर्गत पोखरी गाउँमा लगातारको वर्षापछि गएको पहिरोले स्थानीय शिक्षक पूर्ण पौडेलको घर जोखिममा परेको छ। स्थानीयका अनुसार घरको तल्लो भागबाट जमिन भासिँदै पहिरो जान थालेपछि घर उच्च जोखिममा परेको हो। निरन्तर वर्षाका कारण जमिन कमजोर बन्दै जाँदा घरको जग आसपासको क्षेत्र प्रभावित भएको बताइएको छ। पहिरोका कारण घर तथा वरपरको जमिनमा क्षति पुग्न थालेपछि परिवार त्रासमा रहेको छ। थप वर्षा भएमा जोखिम अझ बढ्न सक्ने भएकाले तत्काल सतर्कता अपनाउन आवश्यक देखिएको स्थानीयवासीले बताएका छन्। वर्षाका… पुरा पढौ

कुस्मिसेरा–भरिथान सडकका कारण धानखेतमा क्षति, किसान चिन्तित

बागलुङ, असोज १० । जैमिनी नगरपालिका–१ कुस्मिसेराको पोखरी क्षेत्रमा कुस्मिसेरा–भरिथान जोड्ने नयाँ सडक निर्माणपछि वर्षायाममा हिलो, माटो र पानी खेतबारीमा पस्दा स्थानीय किसान समस्यामा परेका छन्। स्थानीयका अनुसार सडकमा पर्याप्त नाली तथा पानी निकासको व्यवस्था नहुँदा वर्षाको पानीसँगै हिलो र माटो बगेर धानखेतीमा पुगेको छ। लगातारको वर्षापछि करिब तीन हल क्षेत्रफलको धानखेत पुरिएको स्थानीयवासीले बताएका छन्। सडक निर्माणका क्रममा निस्किएको माटो तथा ढुंगा व्यवस्थित रूपमा व्यवस्थापन नगरिएकाले समस्या झन् बढेको स्थानीयको गुनासो छ। उनीहरूले सडकसँगै नाली निर्माण, पानी निकासको उचित… पुरा पढौ

अश्लील तथा अभद्र व्यवहार गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ

बागलुङ, असोज १० – बागलुङ प्रहरीले अश्लील तथा अभद्र व्यवहार गरेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–३ स्थित लेखानी मेडिकल हलमा औषधि किन्ने बहानामा पुगेका दुई भारतीय नागरिकले विभिन्न किसिमका अश्लील तथा अभद्र व्यवहार प्रस्तुत गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत, उत्तर प्रदेश, अमरोहा जिल्ला, रोझो गाउँ, रहियापुर पोष्ट मखदुमपुर बस्ने २१ वर्षीय राजिव र भारत, उत्तर प्रदेश, मिरापुर, मिरगञ्ज, रामपुर बस्ने २५ वर्षीय सोनु रहेका छन्। उनीहरूलाई… पुरा पढौ

अविरल वर्षाले जैमिनी–५ मा घर जोखिममा, परिवार छिमेकीको आश्रयमा

बागलुङ, असोज ९ — अविरल वर्षाका कारण बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे खनियापाटामा एक परिवारको घर उच्च जोखिममा परेको छ। घर अगाडिको जमिन भासिएर पहिरो खसेपछि परिवार सुरक्षित स्थानमा सरेको हो। लगातारको वर्षासँगै घरको आँगन तथा आसपासको जमिनमा चिरा पर्नुका साथै भासिन थालेपछि घरमा बस्न जोखिम बढेको स्थानीयले बताएका छन्। पहिरोले घरको जगसमेत कमजोर बनाउने अवस्था देखिएपछि परिवार हाल छिमेकीको घरमा आश्रय लिएर बसेको जनाइएको छ। स्थानीयका अनुसार केही दिनयता निरन्तर वर्षा भइरहेकाले क्षेत्रका विभिन्न स्थानमा जमिन चिसिएर जोखिम बढेको छ।… पुरा पढौ

विश्व रेबिज दिवसको अवसरमा जैमिनीमा कुकुरलाई निःशुल्क रेबिज खोप

बागलुङ — विश्व रेबिज दिवस २०२६ को अवसरमा जैमिनी नगरपालिका पशु सेवा शाखाले कुकुरहरूलाई रेबिज रोगविरुद्ध निःशुल्क खोप सेवा सञ्चालन गर्ने भएको छ। रेबिज रोगको जोखिम न्यूनीकरण तथा घरपालुवा र सामुदायिक कुकुरलाई सुरक्षित राख्ने उद्देश्यले खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो। नगरपालिकाले कुकुर पालक तथा सम्बन्धित सबैलाई आफ्ना कुकुरलाई अनिवार्य रूपमा खोप कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ। रेबिज एक घातक रोग भएकाले समयमै खोप लगाउनु नै यसको रोकथामको प्रभावकारी उपाय मानिन्छ। नगरपालिकाको पशु सेवा शाखाले सञ्चालन गर्ने उक्त निःशुल्क… पुरा पढौ

कुस्मिसेरामा लगातार वर्षा, जनजीवन प्रभावित

बागलुङ, असोज ९ — बागलुङको जैमिनी नगरपालिका–१ कुस्मिसेरामा लगातार वर्षा भएपछि स्थानीय जनजीवन प्रभावित बनेको छ। निरन्तर वर्षाका कारण सडक तथा पैदलमार्गमा आवतजावत गर्न कठिनाइ भएको छ भने दैनिक कामकाजसमेत प्रभावित भएको स्थानीयवासीले बताएका छन्। वर्षा जारी रहेकाले स्थानीय बासिन्दालाई थप सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी ग्रामीण सडक र भिरालो क्षेत्रमा पहिरो जाने तथा सडक अवरुद्ध हुने जोखिम बढेकाले आवश्यक सावधानी अपनाउन नगरवासीलाई अनुरोध गरिएको छ। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन तथा जोखिमयुक्त स्थानबाट टाढा रहन सुझाव दिइएको छ। वर्षाका… पुरा पढौ

कास्कीमा गैरसरकारी संस्थाहरूको वार्षिक समीक्षा सुरु

पोखरा, असोज ९ — जिल्ला समन्वय समिति कास्कीमा जिल्लाभर क्रियाशील गैरसरकारी संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने समीक्षा कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले गर्नुभयो। उहाँले गैरसरकारी संस्थाहरूलाई स्पष्ट योजना, पारदर्शिता र उत्तरदायित्वका साथ प्रभावकारी रूपमा काम गर्न आग्रह गर्नुभयो। पौडेलले मानव विकास तथा दिगो विकास लक्ष्य प्राप्तिमा गैरसरकारी संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कानुनबमोजिम कर्मचारीका सेवा–सुविधा सुनिश्चित गर्न र दातृ निकायबाट प्राप्त अनुदानको सदुपयोग गर्न सुझाव दिनुभयो। कार्यक्रममा गैरसरकारी संस्था… पुरा पढौ