समाचार

नगर प्रमुख बसन्त श्रेष्ठ र उप प्रमुख राजु खड्काले गरे पदभार ग्रहण

बागलुङ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र नगर उप प्रमुख राजु खड्काले एक कार्यक्रमका बिच आफ्नो पदभार ग्रहण गरेका छन् । बैशाख ३० गते भएको स्थानीय निर्वाचन बाट सर्वाधिक मत ल्याएर निर्वाचित भएका नगर प्रमुख श्रेष्ठले बागलुङ नगरपालिकामा पुगेर शुक्रबार बिहान ९.३० बजे नगर प्रमुखको कार्यकक्षमा पुगेर नगर प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । यस्तै बागलुङ नगरपालिकाकाे नगर उप प्रमुख पदमा सर्वाधिक मत ल्याएर निर्वाचित भएका राजु खड्काले पनि आफ्नो कार्यकक्षमा पुगेर नगर उप प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।… पुरा पढौ

बडिगाड गाउँपालिका प्रमुखमा थापा र उपप्रमुखमा वन विजयी

बागलुङको बडिगाड गाउँपालिका अध्यक्षमा कांग्रेसकी गण्डकी अधिकारी थापा विजयी भएकी छिन् । थापाले ७ हजार ३ सय ८६ मत ल्याएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजन पाइजाले ५ हजार ८ सय १४ मत ल्याएका छन् । थापा १ हजार ५ सय ७२ मत अन्तरमा विजयी भएकी हुन् । विजयी थापा जिल्लामै प्रमुख पदमा पुग्ने पहिलो र एक मात्रै महिला हुन् र थापा नेपाली कांग्रेस बागलुङको जिल्ला सचिवको जिम्मेवारीमा पनि छन् । गत स्थानीय निर्वाचनमा एमालेका मेहरसिंह पाइजासँग पराजित भएकी… पुरा पढौ

पर्वतको जलजला – ८ मा काँग्रेसका जिसीको प्यालन विजयी

पर्वतको जलजला गाउँपालिका ८ नाग्लिवाङमा गठवन्धनबाट उम्मेदवार बनेका हरि विकास जिसीको प्यानल विजयी भएको हो । पहिलो स्थानिय तहका निर्वाचनमा वडा अध्यक्ष विजयी भएका जिसी दोस्रो कार्याकालको लागि पुनः वडा अध्यक्षमा विजयी भएका छन् । मंगलबार सम्पन्न मतगणनाबाट जिसी एमालेका अनिता रेग्मीसँग ३ सय १४ मतको अन्तरले जिसी विजयी भएका हुन् । जिसीले ८ सय ७३ मत प्राप्त गर्दा रेग्मीले ५ सय ५९ मत प्राप्त गरेकी छन् । वडा सदस्यमा सम्झना रेग्मी,सुनिता परियार, खिमबहादुर खत्री र सोम बहादुर जिसी विजयी… पुरा पढौ

पर्वतको जलजला ७ मा माओवादी केन्द्रका आचार्य नेतृत्वको गठवन्धन प्यालन विजयी

पर्वतको जलजला गाउँपालिका ७ धाईरिङमा गठवन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका टुङगनाथ आचार्यको प्यानल विजयी भएको छ । आचार्य दोस्रो कार्याकालको लागि एमालेका भिम प्रसाद आचार्यसँग १ सय ६३ मत अन्तरमा पुनः वडा अध्यक्षमा विजयी भएका हुन । विजयी आचार्यले ९ सय ८२ मत ल्याउदा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका आचार्यले ८ सय १९मत प्राप्त गरेका थिए । वडा सदस्यमा गठवन्धनबाट उम्मेदवार बनेका नेपाली काग्रेसका लक्ष्मी कुमारी आचार्य, आरती सुनार,पोम बहादुर खत्री र माओवादी केन्द्रका नन्दबहादुर दर्जी विजयी भएका छन्… पुरा पढौ

स्थानीय निर्वाचनकाे नतिजा पछि क्रिया प्रतिक्रिया

बागलुङ ।बैशाख ३० गते भएको स्थानीय तहको नतिजा धमाधम सार्वजनिक हुदै गएपछि राजनीतिदलका नेता तथा कार्यकर्ता सर्वसाधारणले सामाजिक संजाल फेसबुक फेसबुकमा क्रिया प्रतिक्रिया ब्यक्त गरेका छन् । चुनावी नतिजा लाई हेरेर राजनीति बिश्लेशन देखि राजनीति पार्टीका नेताहरूले पदबाट राजीनामा दिनुपर्ने जस्तो आक्राेश अभिब्यक्ति दिएका छन् । बागलुङ जिल्लाकाे १० वटा स्थानीय तहमा ५ दलीय गठबन्धन र एमाले राप्रपा गठबन्धन बिच भएको चुनावी तालमेल बाट जिल्लामा राजनीति दलले गरेको राजनीति जाेड घटाउ भन्दा फरक नतिजा नदेखिएपछि नयाँ तरङ्ग छाएको छ ।… पुरा पढौ

बागलुङ नगरपालिका – १० मा समाजवादी नेतृत्वको प्यानल विजयी

बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डेमा नेकपा एकिकृत समाजवादीका तिल बहादुर थापा मगरको प्यानल विजयी भएको छ । गठबन्धनबाट उम्मेदवार मगरले ८ सय ९६ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका विजय थापाले ८ सय २७ मत मत प्राप्त गरेका छन् । यसै गरी महिला सदस्यमा गठबन्धनबाट पविन्द्र कुमारी मल्ल ८ सय ८०, दलित महिला सदस्यमा डीलमाया किसान ८ सय ८१, खुल्ला वडा सदस्यमा मनबहादुर थापा ,८ सय ६६ र हर्कबहादुर थापा ८… पुरा पढौ

बागलुङ नगर – ४ को वडा अध्यक्षमा माओवादीका क्षेत्री निर्वाचित

बागलुङ नगरपालिका वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका कुमार विक्रम क्षेत्रीको बहुमत सदस्य सहितको प्यानल विजयी भएको छ । गठबन्धनबाट क्षेत्रीले १ हजार ३३ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका कल्याण केसीले ५ सय ९४ मत प्राप्त गरेका छन् । यसै गरी महिला सदस्यमा गठबन्धनबाट ज्योति केसी विष्ट ९ सय ३१, दलित महिला सदस्यमा रुविना विक ८ सय ७८, खुल्ला वडा सदस्यमा अर्जुन सापकोटा ८ सय ८४ र एमालेका गोविन्द पुन… पुरा पढौ

बागलुङको ढोरपाटन नगर प्रमुखमा एमालेका नेपाली र उपप्रमुखमा काँग्रेसका कायत विजयी

बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देव कुमार नेपाली विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) का चन्द्रलाल अर्याललाई ६ सय मतले पराजित गर्दै नेपाली दोस्रो कार्याकालको लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् । नेपालीले ५ हजार ७३५ मत प्राप्त गर्दा अर्यालले ५ हजार १३५मत प्राप्त गर्नुभएको छ । नगरपालिकाको उपमेयरमा पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका धनबहादुर कायत विजयी भएका छन् । कायतले ५ हजार ६५० मत प्राप्त गरेको छन् । उपमेयरमा राष्ट्रिय जनमोर्चा (विद्रोही समहु)का ताराकुमारी पुनले ४… पुरा पढौ

बरेङ गाउँपालिकाको अध्यक्षमा राजमोका शर्मा र उपाध्यक्षमा काँग्रेसका पुन विजयी

बागलुङको बरेङ गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद शर्मा विजयी भएका छन् ।सत्तारुढ पाँच दलिय गठबन्धनका साझा उम्मेदवार शर्मा ३ हजार ६०१ मत प्राप्त गरि विजयी भएका हुन् । अध्यक्षमा नेकपा एमालेका प्रदिप थापाले २ हजार २३२ मत प्राप्त गरेका छन् । नवनिर्वाचित शर्मा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका दिलिप कुमार पुन विजयी भएका छन् । पुनले ३ हजार ६८२ मत प्राप्त गर्दा नेकपा एमालेका दुर्गा कार्की थापा क्षेत्रीले १ हजार ९५५ मत प्राप्त गरेकी छिन् ।गाउँपालिकाको… पुरा पढौ

निसीखोला गाउँपालिकाको अध्यक्ष – उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धले निर्वाचन जितेको छ । गाउँपालिका अध्यक्ष पदमा गठवन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सूर्य बहादुर घर्ती र उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका प्रेम बहादुर घर्ती विजयी भएका हुन् । अध्यक्षमा कांग्रेसका घर्तीले ५ हजार ५ सय ११मत प्राप्त गरि विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका भुमिराज घर्तीले २ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् ।उपाध्यक्षमा गठबन्धनबाटका उम्मेदवार प्रेम घर्तीले ५ हजार मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी… पुरा पढौ