बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम 

-


     राजेशचन्द्र राजभण्डारी    
     चैत्र २१ गते २०७९ मा प्रकाशित


स्वदेशी दाताका सहयोगबाट सञ्चालित आश्रममा शर्तसहितको विदेशी सहयोग निषेध गरिएको मानवसेवा आश्रमले साताैं बर्षमा प्रवेश गरेको अवसरमा एक बर्षकाे आर्थिक प्रतिवेदन प्रस्तुत गरेर हिसाबकिताब सार्वजनिक गरेको छ ।
‘बेसहाराका लागि सहारा’ बन्दै आएको मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङ आश्रम विसं २०७३सालमा  पाँच सहयोगापेक्षीको सहारा बनी सञ्चालनमा आएको आश्रम ‘मानवीयताको कुनै सीमा हुदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन र भातृत्वको आधारमा काम गरिरहेको छ । 
सात बर्षकाे डाैरानमा आश्रमले धेरैलाई सेवा दिएको यहा आएपछि मानसिक र शारीरिक रूपमा समेत परिवर्तन आइ पारिवारिक पुनर्मिलन समेत गराउने काम गर्दै आएको आश्रमका अभिभावक लक्ष्मी बाँस्कोटाले बताए ।

सीप विकास केन्द्रमा उत्पादन गरिएका कपडा आश्रममा बसाेबास गर्दै आएका ब्यक्तिहरूलाइ नापजाँच गरेर सिलाइ प्रयोग गर्न लगाएको सामाजिक विकास कार्यालयका प्रमुख डम्बर जिसीले बताए ।अहिले आश्रम संग सहकार्य गरेर काम गरिरहेकाे बताउदै यसको विकासकाे लागि सबैको सहयोग र समर्थन जरुरी रहेको जिसीले बताए ।

आश्रममा रहेका ब्यकिहरूलाइ आ‌ैषधी उपचार गरेर सहयोग गर्दै आएको आगामी दिनमा पनि त्यो निरन्तर रूपमा सेवा गर्ने धाैलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किरण तिवारीले बताए ।

बागलुङ नगरपालिकाले गर्ने सहयोग लाई निरन्तरता दिने मात्र नभइ सहयोग अझै बढाएर लैजाने प्रतिबद्धता बागलुङ नगरपालिकाका उप प्रमुख राजु खड्काले बताए ।

संस्था ल्याउने भन्दा पनि संस्थालाई निरन्तरता दिने ठूलो कुरा रहेछ ५ जनाले शुरूवात गरेको संस्थामा अहिले हजारौं ब्यक्तिहरू जाेडिएकाे मानवसेवा आश्रमका अभिभावक निर्मल बहादुर श्रेष्ठले बताए ।

आश्रममा आयोजीत कार्यक्रममा मानवसेवा आश्रमका संचालिका बिपना तामाङले आर्थिक बर्ष २०७८/०७९ मा आश्रमलाई विभिन्न ब्यक्ति बाट ३५ लाख ५८ हजार ४४५ रूपैयाँ र अन्य सहयाेगदाता बाट ६३ हजार ५४७ रूपैयाँ गरि ३६ लाख २१ हजार ९९२ रूपैयाँ सहयोग प्राप्त भएकाे विवरण प्रस्तुत गरेका थिए ।आश्रमको विभिन्न शिर्षकमा एक बर्षमा ३५ लाख ९१ हजार ७७४ रूपैयाँ खर्च भएको जनाएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ किनारा टाेलमा स्थापित आश्रममा अहिले साना बालकदेखि ८६ वर्षका नागरिकसहित ५१ सडक मानव, अपाङ्ग र असहायको बसोबास बनेको छ ।

मुख्यतः बेसहारा एवं असहाय भई भोकभोकै सडक पेटीमा बसोबास गर्ने र भीख माग्नेलाई सहारा दिने उद्देश्यले आश्रममा राखिएको छ । भीख माग्ने पेशा बनाई कुलत सङ्गत भई सडकमा बसोबास गर्नेलाई पनि आश्रय दिने र अभिभावक भएकालाई परिवारको जिम्मा लगाउने गरिएको छ ।

सो कार्यमा स्थानीय निकायको सूचना एवं सहयोगबाट सडक मानवलाई आश्रममा बसोबासका लागि ल्याउने गरिएको छ ।  आश्रमको भवनबाट गरीब, असहाय र सडक मानवको सेवा दिइएको छ ।