समाचार

कुश्मिसेरामा २८ किशोरीलाई HPV खोप प्रदान

बागलुङ, असोज १४ — पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरामा लक्षित किशोरीहरूलाई एचपीभी (HPV) खोप प्रदान गरिएको छ। कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रको समन्वय तथा स्वास्थ्यकर्मीहरूको सहभागितामा वडा क्षेत्रभित्र रहेका तीन माध्यमिक विद्यालयका किशोरीहरूलाई खोप प्रदान गरिएको हो। स्वास्थ्य केन्द्रका अनुसार असोज १२, १३ र १४ गते सञ्चालन गरिएको खोप अभियानमार्फत तीनवटै विद्यालयका २८ जना किशोरीले एचपीभी खोप प्राप्त गरेका छन्। पाठेघरको मुखको क्यान्सरको प्रमुख कारणमध्ये एक मानिने ह्युमन प्यापिलोमा भाइरस (HPV) संक्रमणबाट बचाउन यो खोप प्रभावकारी मानिन्छ।… पुरा पढौ

मातृ नेपाल बालगृहमा भोकमरी निवारण तथा चार्टर डे कार्यक्रम सम्पन्न

काठमाडौं, असोज १४लायन्स क्लब अफ काठमाडौं न्यू श्री मच्छापोखरीले आफ्नो चौथो चार्टर डे विशेष कार्यक्रमका रूपमा भोकमरी निवारण (हंगर रिलिफ) कार्यक्रम सम्पन्न गरेको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत रहेको क्लबले बुधबार तारकेश्वर–३ स्थित मातृ नेपाल बालगृहमा कार्यक्रम आयोजना गर्दै बालगृहमा आश्रित बालबालिकालाई खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेको हो। “Leading With Purpose” भन्ने नारासहित आयोजित कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा समाजसेवीहरूको सहभागिता रहेको थियो। कार्यक्रममार्फत बालगृहका बालबालिकालाई भोजन व्यवस्थासहित आवश्यक सहयोग प्रदान गरिएको क्लबले जनाएको छ। क्लबले… पुरा पढौ

कालीगण्डकीले कटान गरेको नयाँपुलको सडक पुनः सञ्चालनमा

बागलुङ, असोज १४ । लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र तीव्र बहावका कारण कटानमा परेको नयाँपुल क्षेत्रको सडक मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ। नदीको बहाव बढेर सडकको केही भाग कटान भएपछि यातायात सञ्चालन प्रभावित बनेको थियो। सडकमा क्षति पुगेपछि स्थानीयवासी, यात्रु तथा दैनिक आवतजावत गर्ने सवारीसाधनलाई समस्या भएको थियो। सडक अवरुद्ध र जोखिमपूर्ण बनेपछि सम्बन्धित निकाय तथा स्थानीयवासीको पहलमा मर्मत तथा पुनःनिर्माणको काम गरिएको हो। मर्मत सम्पन्न भएसँगै अहिले सवारीसाधन सञ्चालनका लागि सडक खुला गरिएको जनाइएको छ। निरन्तर… पुरा पढौ

बागलुङ–१ बाट युवा महिला कोटामा सृष्टी आचार्यको उम्मेदवारी पुस्तान्तरण, युवा सहभागिता र संगठन सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता

बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बागलुङ क्षेत्र नं। १ बाट सृष्टी आचार्यले युवा महिला महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गराएकी छन्। ३५ वर्षमुनिको युवा महिला कोटाबाट उम्मेदवारी दिएकी आचार्यले पार्टीमा युवा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्व विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन्। कांग्रेसले यसपटकको महाधिवेशनमा युवा तथा महिलाको सहभागिता बढाउँदै नेतृत्व विकासलाई प्राथमिकता दिने उद्देश्यले विभिन्न तहमा प्रतिनिधित्वको व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार आचार्यले बागलुङ क्षेत्र नं। १ बाट युवा महिला कोटामा उम्मेदवारी दिएकी हुन्। पार्टी संगठनमा युवा महिलाको… पुरा पढौ

कांग्रेसमा नयाँ पुस्तालाई अर्थपूर्ण रूपमा जोड्ने वातावरण बनेको छ : चम्पादेवी खड्का

बागलुङ, असोज १३ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले नेपाली कांग्रेसमा नयाँ पुस्तालाई राजनीतिमा अर्थपूर्ण रूपमा जोड्ने वातावरण निर्माण भएको बताएकी छन्। नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ बागलुङको क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै खड्काले युवा पुस्ताले खोजेका अवसर, रोजगारी, शिक्षा, प्रविधि, उद्यमशीलता र नेतृत्व विकासका विषयलाई राजनीतिक बहसको केन्द्रमा राख्नुपर्ने बताइन्। उनले महिलाको सहभागिता संख्यामा मात्र सीमित नभई निर्णय प्रक्रियामा प्रभावकारी, सम्मानजनक र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। अधिवेशनमा आउने विचार… पुरा पढौ

विश्व रेबिज दिवसमा विद्यार्थीद्वारा कुकुर र बिरालोलाई रेबिजविरुद्ध खोप

बागलुङ, असोज १३‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने अवधारणालाई आत्मसात गर्दै विद्यालयस्तरमै व्यवहारिक ज्ञान र सीप प्रदान गर्ने अभियानअन्तर्गत बागलुङमा विद्यार्थीहरूले रेबिज नियन्त्रणसम्बन्धी व्यवहारिक कार्यक्रममा सहभागिता जनाएका छन्। विश्व रेबिज दिवसको अवसरमा बागलुङस्थित धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागिता, विद्यालयका प्राविधिक टोली तथा डा. रचित देवकोटाको नेतृत्वमा विद्यालय आसपास रहेका कुकुर र बिरालोलाई समातेर रेबिजविरुद्ध खोप लगाउने कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रमका लागि जिल्ला पशु सेवा कार्यालय बागलुङले आवश्यक खोप तथा प्राविधिक सामग्री उपलब्ध गराएको थियो।… पुरा पढौ

अविरल वर्षापछि बागलुङका मुख्य सडक अवरुद्ध, सावधानीपूर्वक यात्रा गर्न प्रहरीको आग्रह

बागलुङ, असोज १३ । अविरल वर्षाका कारण बागलुङ जिल्लाका विभिन्न मुख्य तथा ग्रामीण सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सडकको अवस्थाबारे जानकारी गराएको हो। प्रहरीका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ बजारदेखि निसीखोलाको कानाबगरसम्म एकतर्फी सवारी सञ्चालन भइरहेको छ। यस्तै, बेनी–बागलुङ सडकमा बागलुङ बजारदेखि बेनी बजारसम्म एकतर्फी रूपमा सवारी साधन सञ्चालन गर्न सकिने अवस्था रहेको जनाइएको छ। त्यसैगरी कालीगण्डकी करिडोर अन्तर्गत बागलुङ बजारदेखि जैमिनीघाटसम्म एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने जैमिनीघाटदेखि पश्चिम खण्ड गुल्मी… पुरा पढौ

अविरल वर्षाले बागलुङमा ११ जनाको मृत्यु, ५१ घर पूर्ण रूपमा क्षतिग्रस्त

बागलुङ, असोज १३ । अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण बागलुङ जिल्लामा हालसम्म ११ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५ पुरुष, ६ महिला र ३ बालबालिकासहित ११ जनाले ज्यान गुमाएका हुन्। एक महिला अझै बेपत्ता रहेकी छन्। जिल्ला प्रहरी कार्यालयका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक याम नारायण अर्यालका अनुसार विपद्बाट जिल्लाभर ५१ वटा घर पूर्ण रूपमा र ५१ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। यस्तै १० वटा गोठ पूर्ण… पुरा पढौ

बाढीपीडितको घाउमा मल्हम बन्न पुग्यो लायन्स क्लब अफ निसीखोला

बागलुङ, असोज १२ । बाढी तथा पहिरोबाट प्रभावित बागलुङको निसीखोला गाउँपालिका–४ झिवाखोला कानाबगर क्षेत्रमा लायन्स क्लब अफ निसीखोलाले राहत तथा उद्धार सहयोगमा सक्रिय सहभागिता जनाएको छ। हामी सेवा गर्छौं’ भन्ने मूल भावनासहित स्थापित अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ निसीखोलाको टोली प्रभावित क्षेत्रमा पुगेर सरसफाइ, उद्धार तथा पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको हो। क्लबका अध्यक्ष अशोक कार्कीका अनुसार बाढीले ठूलो क्षति पुर्‍याएको झिवाखोला–कानाबगर क्षेत्रमा पुगेर क्लबका सदस्यहरूले स्थानीयवासीसँग सहकार्य गर्दै… पुरा पढौ

बाढी हेर्न गएका एककाे भिरबाट लडेर मृत्यु

बागलुङ असाेज १२ बागलुङमा कालीगण्डकी नदीको बाढी हेर्न गएका एक जनाको भिरबाट लडेर मृत्यु भएको छ। बाढीको अवस्था अवलोकन गर्ने क्रममा दुर्घटना भएपछि स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ। बागलुङ नगरपालिका–४ ओढारचौरका ५५ वर्षीय चित्र गोतामेको कालीगण्डकी नदीको बहाव हेर्ने क्रममा ढिस्कोबाट लडेर मृत्यु भएको हो। दुर्घटनापछि उनलाइ उद्धार गरी उपचारका धाैलागिरि अस्पतालमा लागि उपचार गर्ने क्रममा उनकाे मृत्युु भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक गोतामे विगत दुई दशकदेखि बागलुङ सदरमुकामस्थित ज्ञानकुञ्ज स्टेसनरीमार्फत दैनिक रूपमा… पुरा पढौ