पुजा समिति द्वारा पशुपतिमा नवरात्री महोत्सव
राजेशचन्द्र राजभण्डारीकाठमाडौ नेपाली हिन्दुहरूकाे महान चाड बिजया दशमी शुभारम्भ भए संगै गत बर्ष झै यो बर्ष पनि असोज २८ गते देखि कात्तिक ७ गते सम्म श्री मा भवानी दुर्गा पुजा समिति द्वारा नवरात्री महोत्सव सुरु गरेको छ । हिन्दुहरुको महान चाड बडादशैको अवसर पारेर श्री मा भवानी दुर्गा पुजा समितीद्वारा काठमाडौ पशुपतिनाथ मन्दिर प्राङगणको हम्समण्डपमा नवरात्र अर्थात नव दुर्गा भवानिको पुजाको कलस यात्रा गरि महोत्सव को सुभाराम्भ गरिएको छ । १६ बर्ष देखि धर्म संस्कृतिकाे संरक्षण गर्ने हेतुले पशुपति नाथ…
पुरा पढौ
नव दुर्गा लागे संगै कालीका भगवती मन्दिरमा भक्तजनकाे घुँइचाे
राजेशचन्द्र राजभण्डारीबागलुङ,नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिर बागलुङमा नव दुर्गा लागे संगै हजारौं श्रद्वालु भक्तजनकाे घुइँचो लागेको छ । रमणीय मनमाेहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरिपरि चहलपहल बढेकाे छ । नेपाली हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाका केन्द्र नेपाल कै प्रमुख शक्तिपिठ कालिका भगवती मन्दिरमा नब दुर्गाकाे पहिलो दिन श्रद्धालु भक्तजनहरूकाे बिहानदेखि मन्दिरमा पुजाअर्चना गर्नेहरूकाे भिड लागेको छ । बागलुङ नगरपालिका वडा नम्बर १ मा अवस्थित कालिका मन्दिरमा बिजया दशमी प्रारम्भ भएको दिन बिहानदेखि नै…
पुरा पढौ
धौलागिरी समाजको साधारणसभा सम्पन्न
काठमाडौ ,धौलागिरी समाज नेपालको साधारणसभा तथा सम्मान कार्यक्रम र श्रीकृष्णगण्डकी संस्कृति र शालग्रामी संस्कृति बिषयक प्रस्तुति सहितको कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रमको पहिलो शत्रमा साधारण सभा र दोश्रो शत्रमा संक्षिप्त शुभकामना मन्तब्य सहित सांस्कृतिक कार्यक्रमका साथ समापन गरिएको थियो । कार्यक्रममा प्रमुख अथिति पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठ विशिष्ट अथिति यस संस्थाका संस्थापक अध्यक्ष मुकुन्द शर्मा पौडेल रहनु भएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य संस्थाका संस्थापक महासचिब एवम कालीगण्डकी बचाउँ महा अभियानका संयोजक श्री गोबिन्द शर्मा पौडेलले मनतब्य संस्थाका…
पुरा पढौ
६८ आै प्रहरी दिवसमा रक्तदान बिरामीलाई सहज
राजेशचन्द्र राजभण्डारीबागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङले धाैलागिरि अस्पताल बागलुङका बिरामीलाई आवश्यक पर्ने रगत अभावलाइमध्यनजर गरेर ६८ आै नेपाल प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेर रक्तदान गरेका छन् । ६८ औँ नेपाल प्रहरी दिवसका अवसरमा शुक्रबार वीरेन्द्र ऐश्वर्य पार्क परिसरमा प्रहरीहरूद्वारा रक्तदान गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी मदन केसीले बताए । समयसमयमा हुने रक्तदान कार्यक्रम मार्फत संकलन भएको रगत धाैलागिरि अस्पताल बागलुङमा डाइलासिस गरिरहेका बिरामी र अप्रेसन गर्नुपर्ने बिरामीलाई प्रयोग भइरहेको रक्तसञ्चार केन्द्रका टेक्निसियन गुरु शर्माले बताए । रक्तसंचार…
पुरा पढौ
निशुल्क मृगौला तथा कलेजाे परिक्षण शिविर सम्पन्न
राजेशचन्द्र राजभण्डारीबागलुङ ,मृगौला तथा कलेजाे राेगबाट पिडितहरूलाई सेवा दिने उदेश्यले दुई दिने स्वास्थ परिक्षण शिविर बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकाे प्राविधिक सहयोग राेटरी क्बव अफ बागलुङको आयोजनामा भएको दुई दिने निशुल्क मृगौला तथा कलेजाे परिक्षण शिविरमा ७२८ जनाको स्वास्थ परिक्षण गरिएको थियो ।धाैलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रवि रन्जन प्रधान सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका डाक्टर आस्था कार्की ,जस्मिन जाेशी ,अल्ट्रासाउन्ड ३०० जनाकाे गरिएको थियो ।सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ,राेटरी क्लब अफ…
पुरा पढौ
शिक्षा सुधारलाई पहिलो प्रथामिकता दिदै जलजला गाउँपालिका

निशुल्क मृगौला तथा कलेजाे परिक्षण शिविरउपचारमा समस्या यथावत
राजेशचन्द्र राजभण्डारीबागलुङ ,मृगौला राेगीले हजारौं रूपैयाँ खर्च गरेर राजधानी लगायतका अस्पतालमा उपचार गराइरहेको समयमा अन्तर्राष्ट्रिय सामाजिक संस्था राेटरी क्वल अफ बागलुङले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकाे प्राविधिक सहयोगमा धाैलागिरि अस्पताल बागलुङमा दुई दिने निशुल्क मृगौला तथा कलेजाे परिक्षण शिविर मार्फत बिरामीको पहिचान गरेर परिक्षण शुरू गरिएको छ । यतिबेला खानपान लगायतका कारण बाट मृगौला तथा कलेजाे राेगका बिरामी दिनप्रतिदिन बढेर गइरहेकाे समयमा जिल्लामा नै निशुल्क स्वास्थ सेवा दिने उदेश्यले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा धाैलागिरि अस्पताल बागलुङमा…
पुरा पढौ
नारायण माबिमा भएको आन्दोलन सहमतिमा टुंगियो
पर्वत ,नारायण मा.वि.मा भएको आर्थिक अपचलनको उचित छानविन, मर्यादित शैक्षिक वातावरण निर्माण लगाएतका ५ वुँदे मागहरु राखी भइरहेको आन्दोलन सहमति टुंगिएको छ । नारायण मा.विमा हुँदै आएको शान्तिपूर्ण धर्ना कार्यक्रम तेस्रो दिनमा आएर समहतीमा टुंगिएको संघर्ष समितिका शिव प्रसाद शर्माले बताए । आन्दोलन र खवरदारीको स्वरूप बदलिएको छ र विद्यालयमा हाम्रो चासो, सरोकार र जिम्मेवारी अझै बढ्न गएको शर्माले बताए । अहिले भएको लिखित सहमति अनुसार बिद्यालयमा भएको आर्थिक अनियमितताकाे उचित छानबिन गरि दाेषीलाइ कानुनी कार्वाही गर्ने भएको छ ।नारायण…
पुरा पढौ
म्याद सकिन थालेका खाद्य सामग्री सप्लाइ नगर्न होलसेल व्यावसायीलाई बागलुङ नगरपालिकाको निर्देशन




