टेलरिङ व्यवसायी संघ बागलुङकाे अध्यक्षमा प्रेमा श्रीस निर्वाचीत

-


     हिडन खबर    
     चैत्र १० गते २०८० मा प्रकाशित


बागलुङ / बागलुङ टेलरिङ व्यवसायी संघकाे तेस्रो साधारण सभा तथा दाेस्राे अधिवेशन बाट प्रेमा श्रीस अध्यक्षमा निर्विराेध निर्वाचित हुनु भएकाे छ ।

अधिबेशनबाट समितिमा बरिष्ठ उपाध्यक्ष राज कुमार बर्देवा,उपाध्यक्ष दिपा पाइजा,सचिब कृष्ण समीर,सह सचिब लक्ष्मी श्रेष्ठ ,कोषाध्यक्ष पार्बती पुन ,सह काेषाध्यक्ष रिता थापा मगर, सदस्यहरुमा रिमा कुमारी थापा , शान्ती नेपाली,मिमा गुरुङ ,मन कुमारी पुन, धन माया खत्री,र पबीत्र शर्मा रहनु भयकाे छ ।

बागलुङ उधाेग बाणिज्य संघकाे सभाहलमा सम्पन्न भयकाे कार्यक्रममा बागलुङ नगरपालीकाका उप प्रमुख राजु खडका, नेपाल टेलरिङ्ग व्यवसायि महासङ्घका उपाध्यक्ष धन बहादुर परियार, टेलरिङ ब्यबसायी संघ पर्बतका अध्यक्ष गुरुदत्त सुवेदी ,म्याग्दीका अध्यक्ष गोपाल परियार ,कपडा तथा फेन्सी व्यावसायी संघ बागलुङ अध्यक्ष डिबी कार्कीले सुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सस्थाको तर्फबाट बिगत ४० बर्षदेखि निरन्तर रुपमा सकृय महिला ब्यबसायी सम्झना परियारलाई खादा र सम्मान पत्रद्वारा सम्मान गरिएको साे कार्यक्रम संस्थाका सचिब कृष्ण समिरको सन्चालनमा सम्पन्न भएको थियोे।