सिवाइसी साकोसमा व्यवसाय विकास सेवा कक्ष स्थापना

-


     हिडन खबर    
     चैत्र ९ गते २०८० मा प्रकाशित


बागलुङ / बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थामा व्यवसाय विकास सेवा कक्ष स्थापना गरिएको छ । अमेरिकी अन्तर्राष्टिय सहयोग नियोग ९यूएसएड० र नेफ्स्कूनको सहयोगमा व्यवसाय विकास सेवा कक्ष स्थापना गरिएको हो ।

सेवा कक्षको यूएसएडका नेपाल प्रमुख एग्नेस लुजले एक समारोहका विच उद्घाटन गर्नु भएको हो । यूएसएड र नेफ्स्कूनको सहयोगमा देशका विभिन्न ३१ सहकारीमा व्यवसाय विकास कक्ष स्थापना गर्ने योजना अनुसार सिवाइसी सहकारीको केन्द्रिय कार्यालय हल्लनचोकमा स्थापना गरिएको छ ।

सो अबसरमा बोल्दै युएसएआइडीका नेपाल प्रमुख एग्नेस लुजले साकोसको वित्तीय क्षेत्रमा गरेको योगदानको प्रसंशा गर्दै गाउँमा छरिएर रहेका जनतालाई राम्रो सेवा दिएको बताउनु भयो । यो कार्यक्रमले साविक धवलागिरि क्षेत्रमा उत्पादन हुने वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने समन्वय गर्ने बताउनु भयो ।

कार्यक्रममा यूएसएडका वित्तीय सेवा अधिकृत सञ्जय झा र नेफ्स्कूनका वरिष्ठ अधिकृत नवीनराज दाहालले वित्तीय सहकारीमार्फत उद्यमीहरु विकास गरी उद्यमशीलता प्रवर्द्धन गर्न बीडीएस डेस्कको अवधारणा ल्याएको बताउनु भयो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले संस्थाको अवस्थाबारे जानकारी गराउनु भएको थियो ।

संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संचालक समितिका सदस्य गोपाल कुमार शर्मा र संचालन सचिव ज्ञानेन्द्रराज पन्तले गर्नु भएको थियो ।

संस्थाको यो डेस्कले युवाहरूलाई व्यवसाय सञ्चालन, श्रोत व्यवस्थापन, व्यवसाय योजना, प्राविधिक सुविधा, मार्केटिङमा सहयोग, सम्भावित पेशागत उद्यम गर्न चाहने महिला, महिला तथा अपाङ्गता भएका सदस्यहरूलाई परामर्श र सल्लाह दिने छ । व्यवसाय विकास कक्षको परामर्शदाताका रूपमा सहकारीका सहायक प्रवन्धक शालिकराम पौडेललाई नियुक्त गरिएको छ ।