श्रीरंगवैंकटेश मुक्तिनारायण भगवानकाे ३७ आ‌ैं ब्रह्माेत्सव

-


     हिडन खबर    
     चैत्र ९ गते २०८० मा प्रकाशित


बागलुङ / धार्मिक तथा सांस्कृतिक पर्यटकीय केन्द्रका्े रूपमा स्थापित हुदै गइरहेको बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुले फेदीमा श्रीरंगवैंकटेश मुक्तिनारायण भगवानकाे ३७ आ‌ैं ब्रम्हाेत्सव श्री शालग्राम महाेत्सव २०८१ बैशाख १ गतेदेखि ५ गतेसम्म भब्य रूपमा मनाउने तयारी भएको छ ।

कार्यक्रमकाे पहिलो दिन बैशाख १ गते कालीका भगवती मन्दिर देखि कुँडेले फेदीसम्म डाैड प्रतियोगिता ,शालग्राम संग्राहलय परिसरमा निर्माण भएको नयाँ मण्डपकाे उद्घाटन
हरेक दिन रथ यात्रा ,रामनवमीका दिन रथ यात्रा,श्रीधराचार्य को सालिक अनावरण ,हरेक दिन बाल्मिकी रामायण प्रवचन ,बिभिन्न भजन टाेलीबाट दैनिक लाेक भजन प्रस्तुतिका कार्यक्रम मन्दिरको मुल प्रवेद्वारकाे उद्घाटन
राखिएको गरिएको श्री श्रीधराआचार्य शालग्राम संग्रहालयका अध्यक्ष स्वामी ऋषि प्रपान्नाचार्यले बताउनुभयो ।

बिश्व कै एकमात्र नेपालकाे पवित्र कालीगण्डकी नदिमा मात्र पाइने शालग्राम बिस्तारै लाेप हुदै जान थालेपछि त्यसको संरक्षण गर्ने हेतुले केही बर्ष अघि सवा लाख शालग्राम संग्रह गरि संग्रहालय निर्माण भएपछि यसको महत्त्व र महिमा अझै बढाउन हरेक बर्ष बार्षिकाेत्सव गरेर कार्यक्रम गर्न शुरूवात गरिएको अध्यक्ष स्वामी ऋषि प्रपान्नाचार्यले बताउनुभयो ।