समाचार

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्रीको सपथ समारोहमा सरिक

काठमाडौँ, २७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री प्रचण्ड भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा आज साँझ आयोजित विशेष समारोहमा सहभागी हुनुभएको हो । प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री प्रचण्ड, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत विशिष्ट अतिथी उपस्थित हुनुहुन्थ्यो । यसैगरी… पुरा पढौ

स्वास्थ वीमा बाेर्डकाे ३ अरब भन्दा बढी बेरुजु असुल्न निर्देशन

काठमाडौ ,जेठ २७/जनतालाई स्वास्थ सेवा सहजरूपमा दिने उदेश्यका साथ लागु गरिएको स्वास्थ वीमा कार्यक्रम बापत दर्ता सहयोगी बाट कर बापतकाे रकम कम असुली गरेको भन्दै महालेखा परीक्षक कार्यालयले  स्वास्थ्य वीमा वाेर्डकाे २०७९/२०८० काे लेखापरीक्षण गर्दा ३ अरब ७५ करोड ४२ लाख ९ सय १७ रूपैयाँ बेरुजु देखाएको छ । बेरुजुकाे दफा नम्बर ३ मा उल्लेख भएको दर्ता सहयोगी लाई भुक्तानी हुने प्राेत्साहन रकममा आयकर ऐन २०५८ काे नियम ८८ काे उपनियम १ मा रहेको ब्यवस्था  बमोजिम बासिन्दा ब्यक्तिले नेपालमा स्राेत… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

२७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्लीका लागि जानुभएको हाे । भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ ६ बजे शपथ लिँदै हुनुहुन्छ । भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहालसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्किनुहुने कार्यक्रम छ । पुरा पढौ

सेनाद्वारा म्याग्दीमा वृहत निशुल्क स्वास्थ्य शिविर

म्याग्दी / म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा वृहत एकिकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको आयोजना श्री नं २३ बाहिनी अड्डा, सैनिक अस्पताल पोखरा, शत्रुभञ्जन गुल्म अर्थुङ्गे ब्यारेक, श्री नं २३ फि.ए. गुल्म बागलुङ, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, आर्युवेद स्वास्थ्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी, बेनी अस्पताल, मालिका गाउँपालिका र दरवाङ आधारभूत अस्पतालको टोलीले सेवा दिएका थिए । शिविरमा ६६० जनालाई स्वास्थ्य परिक्षण,… पुरा पढौ

निसीखाेलामा पाेषण पैरवी कार्यक्रम सम्पन्न

बागलुङ / स्वास्थ्य कार्यालय बागलुङको आयोजना निसीखाेला गाउँपालिकाकाे समन्वयमा पाेषण सम्बद्ध सराेकारवालाहरुसंग पाेषण पैरवी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत टाेप बहादुर चन्दले गर्नु भएको थियो भने स्वास्थ्य कार्यालय बागलुङकि जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले कार्यक्रमको सहजिकरण गर्नुभएकाे थियो । कार्यक्रमले विषयगत क्षेत्र तथा सराेकारवालाहरुले आ-आफ्नाे क्षेत्रमा मानव स्वास्थ्यलाई असर गर्ने व्यवहार त्याग्न सराेकारवालाकाे भूमिका तथा पाेषण मैत्री क्रियाकलाप अगाडि बढाउन सराेकारवालाकाे भूमिका के रहने, माटाे, कृषिमा प्रयाेग गरिने विषादि र मानव स्वास्थ्यमा अन्तर सम्बन्ध… पुरा पढौ

राेटरी क्लब बाट बागलुङ नगरपालिका ४ का सीता सापकोटालाई ह्वील चेयर प्रदान

बागलुङ /अन्तर्राष्ट्रिय सामाजिक संस्था राेटरी क्लब अफ बागलुङले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एकजना अपांग महिलालाई ह्वील चेयर सहयोग गरेको छ । बागलुङ नगपालिका वार्ड न ४, फेदी निवासि चन्द्रमणि सापकोटा को २९ बर्स को छोरी सिता सापकोटा उच रक्तचापको कारण पक्ष्यघात भई हिडडुल गर्न सहज हाेस भन्ने हेतुले घरमै पुगेर ह्वील चेयर हस्तान्तरण गरेको राेटरी क्लब अफ बागलुङका अध्यक्ष दीपेन्द्र घिमिरेले बताउनुभयाे ।चौविसै घण्टा विस्तारामा सुत्नु पर्ने अवस्था अनि शौचालय जादा बुवाले बोकेर जानु पर्ने अवस्था लाई सहज बनाउने उदेश्यले… पुरा पढौ

पूर्ण बहादुरकाे सारङ्गीकाे छायांकन आ‌ेखलढुङ्गामा शुरू

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु गरिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्मको ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट सुरु गरिएको हो । फिल्मको ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपूत र बालकलाकार जान्भि पौडेल दिएका थिए । कलाकारहरूको लाइनअप बलियो रहेको ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यस्तै यो फिल्मको… पुरा पढौ

स्वास्थ्यकर्मी लाई डाटा इन्ट्रि सम्बन्धि तालिम सम्पन्न

बागलुङ /स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा एकीकृत स्वास्थ ब्यवस्थापन प्रणाली सम्बन्धि डाटा इन्ट्रि गर्ने स्वास्थ्यकर्मीहरुकाे लागि ३ दिनकाे तालिम सम्पन्न भएको छ। जिल्लाका स्वास्थ्य संस्थाहरुमा कार्यरत २८ जना स्वास्थ्यकर्मीहरुकाे सहभागिता रहेको कार्यक्रममा स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत घनश्याम सापकाेटा गलकाेट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, जनस्वास्थ्य अधिकृत सुशील पाैडेल लगायतका बक्ताहरूले कार्यक्रम बारे प्रकाश पार्नुभएकाे थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले गर्नु भएको थियो ।स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्मा र गलकाेट नगरपालिकाका जनस्वास्थ्य अधिकृत सुशील पाैडेलले कार्यक्रमको… पुरा पढौ

बागलुङमा सम्पन्न ‘वाहिनीपति ट्रफी प्रतियोगिता– २०८१ को उपाधि नारायणदल गणलाई

बागलुङ / श्री नं।२३ वाहिनी अड्डा बागलुङले आयोजना गरेको ‘वाहिनीपति ट्रफी प्रतियोगिता २०८१” उपाधि नारायणदल गण मुस्ताङले जितेको छ । सामूहिक बिधातर्फका भलिवल, फुटवल, बास्केटबल मा प्रथम र एकल बिधातर्फ तेक्वान्दो, बक्सिङ्ग, एथलेटिक्स, पौडी खेलमा उत्कृष्ट अंक ल्याई समग्रमा प्रथम हुदै नारायणदल गण मुस्ताङलले उपाधी हात पारेको हो । नारायणदल गणले अन्तिम प्रतियोगिता अन्तर्गत फुटबल प्रतियोगितामा भने उप विजेत बनेको छ । फाइनलमा श्रीमेहर गणका घोडावाधे सँग २(० गोल अन्तरमा पराजित भएको थियो । प्रतियोगितामा पर्वतबाट नयाँ रणभीम गुल्म, म्याग्दीबाट… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डसँग मेयर्स फोरमको छलफल

काठमाडौँ, २५ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गर्नुभएको छ। प्रधानमन्त्रीले आयोजना गर्नुभएको छलफल काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित थियो। उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, “तपाईहरूको फोरमले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी कामको समन्वय सङ्घीय सरकारले गरोस् भन्ने सिफारिस… पुरा पढौ