कृष्ण के.सीको स्वरमा एउटै बाटो सार्बजनिक

-


     हिडन खबर    
     असाेज २१ गते २०८१ मा प्रकाशित


काठमाडौं / नेपाली गीत संगीतका लगभग सबै बिधामा उत्तिकै पोख्त कलाकार कृष्ण के.सी. को सुमधुर स्वरमा सजिएको गीत एउटै बाटो सार्बजनिक भएको छ ।

नेपाली लोक दोहोरीगीतका अत्यन्तै लोकपृय गीतहरुमा संगीत संयोजन गरेका के.सीको यो गीत भनें उनको आफ्नै स्वरमा सजिएको छ ।

लोक संगीतलाई मुलकर्म बनाएका केसीको एरेन्जमा फिल्मी सुगन्धको मिठास पनि पाइन्छ त्यसैले उनी एक फ्युजन संगीत संयोजकरुपमा पनि परिचित छ्न ।

खाइ लाग्दो कद र स्फुर्त शरिर भएका केसी बेला बेलामा मोडलको भुमिकामा पनि आफूलाई प्रस्तुत गरिरहेका हुन्छ्न् ।

सबै जसो बाजागाजा आफै बजाउन सक्ने सीप भएकै कारण उनको संगीत संयोजन भएका गीतहरुमा कम्प्रमाइज गर्न उनी पटक्कै रुचाउंदैनन र क्वालिटी युक्त संगीत प्रस्तुत गर्न प्रतिबद्ध रहेका हुन्छन् ।

त्यसैले पनि होला आफूले एरेन्ज गरेका गीतहरु रेकर्डिङ भएर फाइनल आएपछी उनी एकपटक सके सम्बन्धित स्टुडियोमै पुगेर सुन्छन र सुझाब दिन्छ्न, नसके पनि आफूले एकपटक सुनेपछि मात्रै बजार पठाउनका लागि प्रोत्साहन गर्दछ्न् ।

कृष्ण केसीको स्वर तथा संगीत संयोजन लेकराज गिरीको लय तथा शब्द , श्याम श्वेत रसाइलीको मिक्सिङ मास्टरिङ ,गोबिन्द अनेक र कमल थापाको रेकर्डिङ रहेको अडियोको उत्पादन पृज्म रेकर्डिङ स्टुडियोमा भएको हो ।गोबिन्द आचार्य र यशु भट्टराईको अभिनय रहेको यो भिडियो कुमार केसी निर्देशमा रहेको छ, उक्त म्युजिक भिडियो छायांकन रेशम दर्लामी ,श्रीगङार एनिमेश गरुङ , सम्पादन अमृत चापागाईंले गरेका छन् ।

दशैंको माहोल शुरु भएकै शुभ साइत पारेर केसी को नयाँ कोशेली एक्लो बाटो गोबिन्द आचार्य युट्युब च्यानल मार्फत डिजिटल बजारका सबै प्लेटफर्म मा उपलब्ध छ ।

उक्त गीत नेपालको अत्यन्तै सुन्दर क्षेत्र मुस्ताङको विभिन्न लोकेशनमा छायांकन गरिएको छ । वर्तमान नेपाली जीवनको यथार्थ पाटोलाई यो गीतमा उतारिएको पाइन्छ ।