समाचार

पाँच राजनीतिदल बिच भयो ७ बुँदे सहमति

काठमाडौ / सत्तारूढ नेकपा एमाले ,माआ‌ेवादी केन्द्र नेकपा एकीकृत समाजवादी ,राष्ट्रिय स्वतन्त्र पार्टी ,जनता समाजवादी पार्टी बिच फेरि ७ बुँदे लिखित सहमति भएको छ । एमालेका अध्यक्ष केपी शर्मा आ‌ेली ,नेकपा माआ‌ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल ,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ,जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलबार लिखित ७ बुँदे सहमति गरेका हुन् । त्यसैगरी भोलि प्रतिनिधिसभाको बैठकमा सत्तारुढ गठबन्धनमा आवद्ध दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत प्रदान… पुरा पढौ

राष्ट्रिय सभाको अध्यक्षमा माआ‌ेवादी केन्द्रका दाहाल निर्वाचित

काठमाडौ / राष्ट्रिय सभाको आज भएको निर्वाचनमा गठबन्धन दलको तर्फबाट उमेदवारी दिनु भएका माआ‌ेवादी केन्द्रका नारायण दाहाल ३९ मत पाएर निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका उमेदवार युवराज शर्माले १७ मत प्राप्त गर्नु भएको थियो । पुरा पढौ

राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता : प्रधानमन्त्री

काठमाडौँ, २९ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय सेवा दलद्वारा सञ्‍चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताउनुभयो । प्रधानमन्त्री दाहालले युवा सशक्तिकरण तालिमले सामथ्र्यवान्, उद्यमशील, सिर्जनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत गरेको बताउनुभयो । “नेपालको प्रत्येक… पुरा पढौ

बागलुङको कैया देखि पर्वतकाे वडागाउ जोड्ने पुल मर्मत

बागलुङको कैया देखि पर्वतको कुश्माको बडागाउँ जोड्ने झोलुङ्गे पुल मर्मत कार्य शुरू भएको छ । मर्मत अवधिभर पुल बन्द गरिएको छ । अहिले चालु अवस्थामा रहेको पुल जीर्ण बन्दा आवतजावतमा समस्या पुल जाेखिमा पर्दै गएको गुनासो नागरिकबाट आएपछि पुल मर्मत गरिएको हाे । गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीको पहलमा गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगत पुर्वाधार विकास कार्यालय बागलुङले पुल मर्मत थालेको छ । सांसद सुवेदीका अनुसार पुलको काम सकिन १० देखि १५ दिन लाग्नेछ… पुरा पढौ

सहकारी पीडितहरूले चैत १ गतेदेखि आन्दोलनमा उत्रिदै

बागलुङ / लाखौं बचत कर्ताहरूले सहकारीमा जम्मा गरेको रकम अवचलन गरेर सहकारीका संचालक फरार भएपछि सहकारी पीडितहरू आफ्नो बचत रकम फिर्ता गराउन पुन आन्दोलनमा उत्रिन लागेका छन् । सरकारले चैत मसान्तसम्म बचत कर्ताले जम्मा गरेको रकम फिर्ता गर्ने लिखित सहमति लागु नहुने भएपछि यहीँ चैत १ गतेदेखि राजधानी केन्द्रीय आन्दोलन शुरू गर्ने भएका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघलेआन्दोलनको लागि राजधानीमा घर दैलाे अभियान गरेरसबै सहकारी पीडितहरूलाइ चैत १ गतेदेखि हुने आन्दोलनमा उत्रिन आव्हान गरेको संघर्ष समितिका अध्यक्ष… पुरा पढौ

नीति र विधिको परिधिमा रहेर काम गर्नु गृहमन्त्री रवि लामिछानेको निर्देशन

काठमाडौं/ उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभएकाे थियो । निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालयको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लामिछानेले कार्यक्रममा उपस्थित… पुरा पढौ

नागरिकको सुरक्षा र समाजमा अमनचयन मेरो पहिलो प्राथमिकतामा छ ः उपरीक्षक कँडेल

जिल्ला प्रहरी कार्यालय बागलुङका नव आगन्तुक प्रहरी उपरीक्षक  ऋषिराम कँडेलले नागरिकको सुरक्षा र समाजमा अमनचयन कामय राख्ने प्रहरीको पहिलो प्राथमिकता रहेको बताउनु भयो । आईतबार जिल्ला प्रहरी कार्यालय बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कानून कार्यान्वयनमा कुनै सम्झौता नहुने बताउनु भयो । कँडेलले जिल्लामा शान्ति सुरक्षामा खलल पु¥याउने तथा अपराधिक क्रियाकलापमा संलग्न कसैलाई पनि नछाड्ने बताउनु भयो । साइबर अपराध र लागू औषध नियन्त्रणमा जोड दिने बताउनु भयो । पछिल्लो समय साइवर अपराध र लागू औषध समस्याको रुपमा रहेको… पुरा पढौ

बदलिएको परिस्थितीअनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्रीको दिर्नेशन

काठमाडौँ, २७ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिनुभयो । “बदलिएको परिस्थितीमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालयहरू र सिङ्गो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विगतको कार्यक्रमकै वरीपरी हुनेगरी चाँडै कार्यक्रम आउनेछ । सोहीअनुसार काम गर्नुपर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को… पुरा पढौ

नेसनल क्याडेट कर्प्स’ कार्यक्रम मित्रराष्ट्रका सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने अवसर : प्रधानमन्त्री

काठमाडौँ, २७ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रमले नेपाली सेनालाई मित्रराष्ट्रहरूको सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताउनुभएको छ । नेसनल क्याडेट कर्प्स (एनसिसी) कार्यक्रम अन्तर्गतको विभिन्न दक्षिण एसियाली देशका सैन्य अधिकृतबीचको तालिम आदानप्रदान कार्यक्रममा सहभागी सैन्य प्रशिक्षार्थीहरूसँग आज सिंहदरबारमा भएको भेटममा उहाँले एकअर्का देशको आर्थिक–सामाजिक एवं सांस्कृतिक अवस्थाबारे सचेतना र सम्मानमा विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो । “मलाई विश्वास छ, यो कार्यक्रमले देशहरूबीच रहेका अदृश्य सीमाहरू उजागर गर्ने र त्यसलाई न्यूनीकरण गर्नेछ”… पुरा पढौ

चैते दशैं मेला चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म

बागलुङ / विगतका बर्षमा झैँ यो वर्ष पनि बागलुङमा आगामी चैते दशैंकाे अवसरमा मेला आयोजना गरिएको छ । कालीका गुठी व्यवस्थापन समितिले बागलुङ सदरमुकाममा ऐतिहासिक चैते दशैको चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म बागलुङ नगरपालिका वडा नम्बर १ बाल उद्यान रामरेखामा मेला आयोजना गर्ने भएको छ । लाखौं श्रद्धालु भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा रहेको चैत्राष्टमी मेला यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाउने योजना रहेको कालीका गुठी ब्यवस्थापन समिति अध्यक्ष कुमार खड्काले बताउनुभयाे । गन्तव्य बागलुङ कालीका कला र संस्कृतिको… पुरा पढौ