समाचार

अवैध स्लेट ढुंगा ओसारपसारमा संलग्न दुई ट्रक नियन्त्रणमा

बागलुङ । बागलुङमा अवैध रूपमा स्लेट ढुंगा ओसारपसारमा संलग्न दुईवटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मंगलबार बागलुङ नगरपालिका–१ मालढुंगा सडकखण्डमा नियमित सवारीसाधन जाँच गर्ने क्रममा अवैध रूपमा ठूलो परिमाणमा स्लेट ढुंगा ओसारपसारमा संलग्न दुईवटा ट्रक फेला परेका हुन्। प्रहरीले लु १ ख ८३३८ र रा १ ख ३०४५ नम्बरका ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि बागलुङ नगरपालिकाको कार्यालयमा पठाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक चिरञ्जीवी अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा सवारीसाधन… पुरा पढौ

पाँच वर्ष बित्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन, पाँचौँ पटक म्याद थप

आठ करोडभन्दा बढीको आयोजना अझै अधुरो, वार्षिक २० लाख रुपैयाँ घरभाडामै खर्च बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माण सुरु भएको पाँच वर्ष बित्न लाग्दासमेत सम्पन्न हुन सकेको छैन। पटक–पटक म्याद थपिँदै जाँदा पनि भवन निर्माणले पूर्णता नपाएपछि नगरपालिकाको विकास निर्माण व्यवस्थापन, निर्माण व्यवसायीको कार्यक्षमता र अनुगमनको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ। आफ्नै प्रशासकीय भवन नहुँदा नगरपालिकाले वार्षिक करिब २० लाख रुपैयाँ घरभाडामा खर्च गर्दै आएको छ। एकातिर करोडौँ रुपैयाँको भवन निर्माण आयोजना अलपत्रजस्तै अवस्थामा रहनु र अर्कोतिर सेवाप्रवाहका… पुरा पढौ

२२औँ लेखनाथ महोत्सव पुस २ देखि, २ लाख ७० हजार दर्शक भित्र्याउने लक्ष्य

लेखनाथ, मंसिर ७लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा २२औँ लेखनाथ महोत्सव आगामी पुस २ देखि १३ गतेसम्म सञ्चालन हुने भएको छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित आयोजना हुने महोत्सवमा २ लाख ७० हजार दर्शक भित्र्याउने र १२ करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले आर्थिक मन्दीका कारण निजी क्षेत्र निरुत्साहित भइरहेको अवस्थामा स्थानीय उत्पादनको बजारीकरण, व्यापार प्रवर्द्धन र अर्थतन्त्र चलायमान बनाउन महोत्सवलाई निरन्तरता दिइएको बताइन्। महोत्सवमा… पुरा पढौ

बागलुङमा सबैभन्दा बढी आयकर तिर्ने ग्रिन डेभलपमेन्ट बैंक सम्मानित

घलेम्दी हाइड्रो दोस्रो र दि क्लिफ तेस्रो स्थानमा बागलुङ, मंसिर ७बागलुङमा आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड सम्मानित भएको छ। सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाको सूचीमा घलेम्दी हाइड्रो लिमिटेड दोस्रो र पर्वतको दि क्लिफ प्रालि तेस्रो भएका छन्। राष्ट्रिय कर दिवस–२०८३ तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय बागलुङले आयोजना गरेको कर सप्ताह समापन तथा करदाता सम्मान समारोहमा तीनै संस्थालाई सम्मान गरिएको हो। बागलुङमा केन्द्रीय कार्यालय स्थापना गरी वित्तीय कारोबार… पुरा पढौ

पुसदेखि कुश्मा नगरपालिकाको सेवा नयाँ भवनबाट सञ्चालन हुने

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी पुस महिनादेखि नवनिर्मित भवनबाट नागरिकलाई सेवा प्रवाह गर्ने तयारी गरेको छ। नगरपालिकाको नयाँ भवन निर्माण कार्य सम्पन्न भएसँगै कार्यालयका सम्पूर्ण प्रशासनिक तथा सेवा प्रवाहसम्बन्धी काम नयाँ भवनबाट सञ्चालन गर्ने तयारी गरिएको हो। नवनिर्मित भवनको उद्घाटन नगरप्रमुख रामचन्द्र जोशीले गर्ने कार्यक्रम तय भएको छ। उद्घाटनसँगै नगरपालिकाका विभिन्न शाखा तथा सेवा नयाँ भवनबाट सञ्चालनमा ल्याइने नगरपालिकाले जनाएको छ। नयाँ भवनबाट सेवा प्रवाह सुरु भएपछि नागरिकलाई प्रशासनिक कामकाजमा सहज हुने अपेक्षा गरिएको छ। व्यवस्थित भौतिक संरचनासहित कार्यालय… पुरा पढौ

हरिबोधनी एकादशी मेला भलिबलको उपाधि गलकोटलाई

जैमिनीलाई ३–१ को सेटमा पराजित गर्दै गलकोट च्याम्पियन बागलुङ, मंसिर ६ । हरिबोधनी एकादशी मेला २०८३ को अवसरमा आयोजित खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गलकोटले जितेको छ । आइतबार भएको फाइनल खेलमा गलकोट नगरपालिकाको नरेठाँटी भलिबल टोलीले जैमिनी नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो सेट गुमाएको गलकोटले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जितेर च्याम्पियन बन्न सफल भयो । पहिलो सेट जैमिनीले २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । तर दोस्रो सेटमा गलकोटले… पुरा पढौ

बजेट अभावमा कुश्माको ७८ फिट अग्लो शिव–पार्वती मूर्ति निर्माण अलपत्र

धार्मिक पर्यटनको महत्त्वाकाङ्क्षी योजना अधुरै, निर्माण सम्पन्न हुने टुङ्गो छैन पर्वत, मंसिर ६ ।पर्वतको कुश्मामा धार्मिक तथा पर्यटकीय आकर्षणको प्रमुख गन्तव्य बनाउने उद्देश्यले निर्माण सुरु गरिएको ७८ फिट अग्लो शिव–पार्वतीको संयुक्त मूर्ति बजेट अभावका कारण अलपत्र परेको छ। विश्वकै अग्लो शिव–पार्वतीको संयुक्त मूर्ति निर्माण गर्ने लक्ष्यसहित अघि बढाइएको महत्त्वाकाङ्क्षी आयोजना आवश्यक आर्थिक स्रोतको अभावमा प्रभावित बनेको हो। धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनलाई जोड्ने उद्देश्यले सुरु गरिएको यस परियोजनाले प्रारम्भमा स्थानीयवासी तथा पर्यटनप्रेमीमा उत्साह जगाएको थियो। मूर्ति निर्माण सम्पन्न… पुरा पढौ

प्रत्यक्ष दृष्टि सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा शनिबार काठमाडौंको बालाजुमा सम्पन्न भएको छ। साधारणसभामा संस्थाका अध्यक्ष श्याम श्रेष्ठले आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन, आगामी वर्षको कार्ययोजना तथा बजेट प्रस्तुत गरेका थिए। त्यस्तै, लेखा समितिका सदस्य गंगा सुवेदीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। साधारणसभामा प्रस्तुत प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, आगामी वर्षको कार्यक्रम तथा लेखा समितिको प्रतिवेदनमाथि छलफल गरी उपस्थित सेयर सदस्यहरूले सर्वसम्मत रूपमा पारित गरेका छन्। कार्यक्रममा सहकारी विज्ञ रामप्रसाद आचार्य, संस्थाका निवर्तमान अध्यक्ष… पुरा पढौ

गाउँघरबाट हराउँदै दाइँ गर्ने परम्परा, आधुनिक कृषि प्रविधिले फेरियो खेती प्रणाली

बागलुङ, मंसिर ५कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएपछि गाउँघरमा परम्परागत रूपमा गरिँदै आएको दाइँ गर्ने चलन हराउँदै जान थालेको छ। खेतबारी जोत्न र धान झार्न गोरुको प्रयोग गर्दै आएका किसानले अहिले गोरुको विकल्पमा ट्याक्टर, हाते ट्याक्टर तथा मिनी थ्रेसरलगायतका कृषि उपकरण प्रयोग गर्न थालेपछि पुर्खौंदेखि चल्दै आएको दाइँ गर्ने परम्परा लोप हुने अवस्थामा पुगेको हो। आधुनिक कृषि प्रविधिको प्रयोगले किसानको श्रम, समय र लागत घटाउन सहयोग पुर्‍याएको छ। तर प्रविधिको विकाससँगै गाउँघरको मौलिक कृषि संस्कृति, परम्परा र पुर्खाले अपनाउँदै आएका… पुरा पढौ

नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

घोप्टेभीरमा पहिरोको जोखिम न्यूनीकरण गर्न मंसिर ५ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म आवागमन रोकिने चितवन । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीर क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि जोखिम न्यूनीकरणका लागि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार सार्वजनिक सूचना जारी गर्दै मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक आवागमन बन्द गर्ने निर्णय गरेको जनाएको छ । कार्यालयका अनुसार घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्दा सवारी… पुरा पढौ