समाचार

१२ बुँदे मागपत्रसहित सम्पन्न भयो सातौँ नेपाल युवा अधिकार महाभेला

काठमाडौं, साउन २७ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राजधानी काठमाडौंमा आयोजित सातौँ नेपाल युवा अधिकार महाभेला ५० भन्दा बढी संघसंस्थाको सहकार्यमा सम्पन्न भएको छ। महाभेलाले नेपालको वर्तमान युवा अवस्था, अवसर र चुनौतीलाई सम्बोधन गर्दै राज्यसमक्ष कार्यान्वयनका लागि १२ बुँदे मागपत्र प्रस्तुत गरेको छ। युथ एड्भोकेसी नेपालको संयोजकत्व तथा राष्ट्रिय युवा परिषद्, नेपाल महिला एकता समाज, भिएसओ नेपाल, एक्सन एड नेपाल, गैरसरकारी संस्था महासंघ नेपाल, शिक्षाका लागि राष्ट्रिय अभियान, वाईएनपीडी, ओरेकलगायत ४० भन्दा बढी संघसंस्थाको सहकार्यमा महाभेला आयोजना गरिएको हो। साउन २५… पुरा पढौ

बागलुङमा चक्कु प्रहार गरी एक जनाको हत्या, आरोपित नियन्त्रणमा

बागलुङ, साउन २७ बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा माझकटेरामा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिका–५ निवासी २५ वर्षीय अर्जुन घर्तीले ढोरपाटन नगरपालिका–७ निवासी करिब ४० वर्षीय अशोक खत्रीमाथि धारिलो हतियार (चक्कु) प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएका खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार राति करिब ९ः४० बजे भएको घटनापछि स्थानीयवासीले आरोपित घर्तीलाई नियन्त्रणमा लिएका थिए। घटनाबारे राति १०ः१० बजे प्रहरी चौकी धम्जा बिहुमा जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक रमेश चौधरीको… पुरा पढौ

लायन्स क्लबको सक्रियता बढ्दो, काभ्रेका करिब १०० विद्यार्थीलाई शैक्षिक सामग्री र छात्रवृत्ति

काभ्रे, साउन २६ ।‘Leading With Purpose’ अर्थात् उद्देश्यसहित नेतृत्व र ‘जहाँ आवश्यकता, त्यहाँ लायन’ भन्ने अभियानलाई आत्मसात् गर्दै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गतका लायन्स क्लबहरूले सामाजिक तथा शैक्षिक सेवाका गतिविधिलाई तीव्रता दिएका छन्। यसै क्रममा काभ्रेको पनौती नगरपालिका–५, सुब्बागाउँस्थित ग्रामोदय आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरणसँगै छात्रवृत्ति प्रदान गरिएको छ। कार्यक्रममा विद्यालयका करिब १०० जना बालबालिकालाई स्टेसनरी सामग्री, जुस, खेलकुदका सामग्री तथा खेलौनाहरू वितरण गरिएको हो। त्यसैगरी विद्यालयका १५ जना विद्यार्थीलाई श्रावणदेखि आगामी वैशाखसम्म ६ महिनाका लागि छात्रवृत्ति… पुरा पढौ

नेपाली युवा उद्यमी मञ्चको २३औँ साधारणसभा सम्पन्न, आभूषण ज्योति कंसाकार अध्यक्षमा निर्विरोध चयन

काठमाडौं । साउन २६नेपाली युवा उद्यमी मञ्च (NYEF) को २३औँ वार्षिक साधारणसभा काठमाडौंस्थित द सोल्टी होटलमा सम्पन्न भएको छ। देशभरबाट सहभागी मञ्चका सदस्य, विभिन्न च्याप्टरका प्रतिनिधि, पूर्वअध्यक्ष, विशिष्ट अतिथि तथा सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०२६/२७ का लागि आभूषण ज्योति कंसाकारको अध्यक्षतामा नयाँ राष्ट्रिय कार्यकारी परिषद् (National Governing Council) निर्विरोध चयन गरेको हो। नवनिर्वाचित अध्यक्ष कंसाकार ई–कमर्स कम्पनी ‘जीवी’ (Jeevee) का संस्थापक अध्यक्ष तथा देवज्योति ग्रुपका अध्यक्ष हुन्। देवज्योति ग्रुपअन्तर्गत विभिन्न क्षेत्रमा ६ वटा कम्पनी सञ्चालनमा रहेका छन्। साधारणसभाबाट… पुरा पढौ

सिमाना पुनरावलोकनका लागि प्रस्ताव पठाउने म्याद ७ दिन थपियो

पोखरा, साउन २६ कास्की जिल्लाका गाउँपालिका, नगरपालिका तथा वडाको संख्या, सिमाना हेरफेर र नगरपालिका वर्गीकरण पुनरावलोकनसम्बन्धी कार्यका लागि पालिकाहरूलाई प्रस्ताव पठाउने म्याद सात दिन थप गरिएको छ। गाउँपालिका तथा नगरपालिका तथा वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकनसम्बन्धी मापदण्ड–२०८३ अनुसार गठित कास्की जिल्लास्तरीय पुनरावलोकन अध्ययन समितिले साउन २६ गतेदेखि लागू हुने गरी प्रस्ताव पेश गर्ने म्याद थप गरेको हो। समितिले साउन ११ गते पत्राचार गर्दै १५ दिनभित्र अध्ययन समितिसमक्ष प्रस्ताव पेश गर्न आग्रह गरेको थियो। उक्त अवधिमा अन्नपूर्ण… पुरा पढौ

जैमिनीमा तीजको बहार : ब्याडमिन्टनदेखि तीज गीत प्रतियोगितासम्म

बागलुङ, साउन २६ — नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज–२०८३ लाई थप उल्लासमय र सिर्जनात्मक बनाउने उद्देश्यले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीसेरामा विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रमसहित तीज मेला–२०८३ आयोजना हुने भएको छ। जैमिनी ब्याडमिन्टन संघ, कुश्मीसेराको आयोजनामा हुने उक्त मेलाले तीज पर्वको सांस्कृतिक महत्वलाई उजागर गर्नुका साथै खेलकुद र मनोरञ्जनमार्फत स्थानीय समुदायबीच आपसी सद्भाव, एकता र सहभागिता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। मेलाअन्तर्गत भदौ २७ र २८ गते धौलागिरी अञ्चलस्तरीय ‘सी–लेभल’ पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुनेछ। जैमिनी ब्याडमिन्टन संघको… पुरा पढौ

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहमा लायन्सद्वारा भोजन र खाद्यान्न वितरण

काठमाडौं, साउन २६ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमाल ले सामाजिक तथा मानवीय सेवाको उदाहरण प्रस्तुत गर्दै तारकेश्वरस्थित साहारा इन्टरनेसनल चिल्ड्रेन होम मा आश्रित बालबालिकासँग जन्मदिन मनाएको छ। क्लबका सदस्य दिपेश भट्टको जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा आश्रयगृहमा रहेका ११ जना बालबालिकासँग केक काटी खुसी साटासाट गरिएको थियो। बालबालिकाको सहभागितामा आत्मीय वातावरणमा जन्मदिन मनाउँदै उनीहरूलाई खुसी बाँड्ने प्रयास गरिएको क्लबले जनाएको छ। सोही अवसरमा ‘हङ्गर रिलिफ’ कार्यक्रमअन्तर्गत दिपेश भट्टका अभिभावक लायन इन्द्र भट्ट र… पुरा पढौ

तीजभित्र लुकेको परदेशीको आँसु, ‘परदेशीको पीडा’ सार्वजनिक हुँदै

काठमाडौं । तीज नजिकिँदै जाँदा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ गीत सार्वजनिक हुने क्रम तीव्र बनेको छ। यही क्रममा तीजको मौलिक भावना र परदेशी जीवनको यथार्थ पीडा समेटिएको नयाँ गीत ‘परदेशीको पीडा’ सार्वजनिक हुने तयारीमा रहेको छ। तीज भन्नासाथ माइतीघर, चेलीबेटी, भेटघाट र उल्लासपूर्ण क्षणहरूको सम्झना आउने गर्छ। तर रोजगारी, अध्ययन तथा अन्य कारणले विदेशिएका नेपालीका लागि तीज परिवार, गाउँघर र मातृभूमिको सम्झनासँगै भावनात्मक पीडा बोकेर आउने पर्व पनि बन्ने गरेको छ। यही यथार्थलाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ। गीतले… पुरा पढौ

विशाल क्षेत्रीको ‘आमा तिम्रो दुःख’ सार्वजनिक

जापानमा रहेर नेपाली लोकसंगीतको सिर्जना तथा प्रवर्द्धनमा सक्रिय गायक तथा सर्जक विशाल क्षेत्रीको नयाँ तीज गीत ‘आमा तिम्रो दुःख’ दर्शक–श्रोतामाझ चर्चामा आएको छ। करिब दुई दशकअघिका नेपाली आमाहरूले भोगेका दुःख, संघर्ष, अभाव र त्यागलाई केन्द्रमा राखेर तयार गरिएको गीतले तीजको मौलिक भावनालाई उजागर गरेको छ। गीतले आमाको ममता, समर्पण र जीवनभरको संघर्षलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। सार्वजनिक भएयता गीतका अंश सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेका छन्। गीतमा विशाल क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने अञ्जिता विश्वकर्माले स्वर… पुरा पढौ

बागलुङमा ३०५.३८ क्युफिट अवैध काठसहित ट्र्याक्टर नियन्त्रणमा

बागलुङ, साउन २४ बागलुङको काठेखोला गाउँपालिकामा अवैध रूपमा काठ ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ट्र्याक्टरसहित काठ नियन्त्रणमा लिएको छ। काठेखोला गाउँपालिका–५, लेखेगौरियास्थित सामुदायिक वनबाट अवैध रूपमा कटान गरी काठ ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार साउन २२ गते दिउँसो करिब ३ बजे प्रहरी टोलीले गस्ती गर्ने क्रममा ग १ त ७४६३ नम्बरको ट्र्याक्टरमा लोड गरी ओसारपसार भइरहेको गोल्सल्लाको काठ फेला पारेको थियो। प्रहरीले ट्र्याक्टरमा लोड गरिएको काठसहित अवैध रूपमा कटान गरी राखिएको गोल्सल्लाका… पुरा पढौ