काभ्रे, साउन २६ ।‘Leading With Purpose’ अर्थात् उद्देश्यसहित नेतृत्व र ‘जहाँ आवश्यकता, त्यहाँ लायन’ भन्ने अभियानलाई आत्मसात् गर्दै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गतका लायन्स क्लबहरूले सामाजिक तथा शैक्षिक सेवाका गतिविधिलाई तीव्रता दिएका छन्। यसै क्रममा काभ्रेको पनौती नगरपालिका–५, सुब्बागाउँस्थित ग्रामोदय आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरणसँगै छात्रवृत्ति प्रदान गरिएको छ। कार्यक्रममा विद्यालयका करिब १०० जना बालबालिकालाई स्टेसनरी सामग्री, जुस, खेलकुदका सामग्री तथा खेलौनाहरू वितरण गरिएको हो। त्यसैगरी विद्यालयका १५ जना विद्यार्थीलाई श्रावणदेखि आगामी वैशाखसम्म ६ महिनाका लागि छात्रवृत्ति…
पुरा पढौ