समाचार

प्रशान्त कौशलको ‘रानीबन’ चाँडै सार्वजनिक हुँदै, पोस्टरले बढायो उत्सुकता

बागलुङ । गायक तथा सर्जक प्रशान्त कौशलको नयाँ गीत ‘रानीबन’को भिडियो चाँडै सार्वजनिक हुने भएको छ। गीतको पोस्टर सार्वजनिक भएसँगै दर्शक तथा संगीतप्रेमीमाझ यसको चर्चा र उत्सुकता बढ्न थालेको छ। प्रशान्त कौशलको शब्द तथा संगीत रहेको गीतमा प्रशान्त कौशल र सिम्रन परियारको स्वर रहेको छ। गीतको भिडियोमा प्रशान्त कौशल, रमेश विश्वकर्मा र सन्ध्या परियारले अभिनय गरेका छन्। गीतको भिडियो बागलुङ जिल्लाको सिगान लामिचौरमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ। प्रशान्त कौशलको जन्मथलोसमेत रहेको उक्त स्थानका प्राकृतिक दृश्य, स्थानीय संस्कृति र… पुरा पढौ

तीजको छेकोमा रिना केसीको चाेकचाेकमा केटी’ सार्वजनिक, सांगीतिक रौनक थप्ने अपेक्षा

काठमाडौं । हरितालिका तीज नजिकिँदै जाँदा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ तीज गीत सार्वजनिक हुने क्रम तीव्र बनेको छ। यही क्रममा गायिका रिना केसीलाई केन्द्रमा राखेर तयार गरिएको नयाँ तीज गीत ‘चाेकचाेकमा ’ सार्वजनिक गरिएको छ। NBK Creation को प्रस्तुतिमा सार्वजनिक गरिएको गीतले तीजको उल्लास, प्रेम र सम्बन्धका भावनालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको छ। सार्वजनिक पोस्टर तथा भिडियो सामग्रीले गीतमा आकर्षक दृश्य संयोजन र कलाकारहरूको जीवन्त प्रस्तुति समेटिएको संकेत गर्छ। कुमार गौतमको निर्देशनमा तयार भएको गीत तीज विशेष कार्यक्रमलाई… पुरा पढौ

हरि गिरी विमर्शी र अञ्जिता विश्वकर्माको स्वरमा नयाँ तीज गीत बजारमा

काठमाडौं । तीज पर्वको माहोलसँगै नयाँ–नयाँ तीज गीत सार्वजनिक हुने क्रम बढिरहेका बेला गायक हरि गिरी विमर्शी र गायिका अञ्जिता विश्वकर्माको स्वरमा रहेको नयाँ गीत ‘लभ गरेर नजाऊ’ सार्वजनिक गरिएको छ। परम्परागत तीज गीतभन्दा फरक शैलीमा तयार पारिएको यस गीतले प्रेम, आकर्षण र सम्बन्धका भावनालाई समेटेको छ। तीजको सांगीतिक वातावरणमा नयाँ स्वाद थप्ने उद्देश्यसहित ल्याइएको गीतका शब्द तथा संगीत हरि गिरी विमर्शीकै रहेका छन्। गीतको भिडियोमा रमेश विश्वकर्मा र अञ्जली अधिकारीको अभिनय रहेको छ। रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफीमा तयार… पुरा पढौ

बागलुङमा सनातन हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा सञ्चालित हस्ताक्षर अभियानमा कांग्रेस युवा नेता विप्लव हमालको सहभागिता

बागलुङ, साउन २२। नेपाली कांग्रेसका युवा नेता, नेपाल तरुण दलका निवर्तमान केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागका पूर्व केन्द्रीय सदस्य विप्लव हमालले बागलुङमा सञ्चालित सनातन हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा आयोजित हस्ताक्षर अभियानमा सहभागी भई आफ्नो हस्ताक्षर गर्नुभएको छ। नेपाली कांग्रेसभित्र स्वर्गीय नेता खुमबहादुर खड्का निकट मानिने हमाल पार्टीका संस्थापक नेता बी.पी. कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलाप, प्रजातान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय एकता तथा राष्ट्रिय स्वाभिमानको विचारका पक्षधरका रूपमा परिचित हुनुहुन्छ। हस्ताक्षर अभियानमा सहभागी हुँदै हमालले संविधानले प्रत्येक नागरिकलाई… पुरा पढौ

तीजमा रितु थापा मगरको ‘परदेशी छोरी’ सार्वजनिक, माइतीघरको सम्झनाले भावुक बनाउँदै

काठमाडौं । नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर गायिका तथा सर्जक रितु थापा मगरको नयाँ तीज गीत ‘परदेशी छोरी’ सार्वजनिक भएको छ। गीतले विवाहपछि माइतीघरबाट टाढा बस्न बाध्य भएका छोरीचेलीहरूको मनोभाव, आमाबुबाप्रतिको माया, गाउँघरको सम्झना तथा तीजमा माइती फर्किन नपाउँदाको पीडालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। विशेषगरी परदेश र विभिन्न स्थानमा बसोबास गरिरहेका नेपाली छोरीहरूको भावनालाई गीतले जीवन्त बनाएको छ। गीतमा जीवन थापा मगरको शब्द तथा संगीत रहेको छ भने रितु थापा मगरको स्वर सुन्न सकिन्छ। संगीत… पुरा पढौ

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालको प्रथम क्याबिनेट बैठकको तयारी पूरा, १२०० जनाको दर्ता

काठमाडौं, साउन २१ विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्था अन्तर्गतको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल ले आयोजना गर्ने लायन वर्ष २०२६–२०२७ को डिस्ट्रिक्ट क्याबिनेट अफिसर्स इन्स्टलेसन तथा प्रथम नियमित डिस्ट्रिक्ट क्याबिनेट बैठक को सम्पूर्ण तयारी पूरा भएको छ। महेन्द्र पुलिस क्लब, काठमाडौंमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन हालसम्म करिब १२०० जना लायन्स सदस्यले पूर्वदर्ता (प्रि–रजिस्ट्रेसन) गरिसकेको डिस्ट्रिक्ट चिफ एड्मिनिस्ट्रेटर मुना थापाले जानकारी दिइन्। उनका अनुसार कार्यक्रमलाई भव्य, सभ्य र व्यवस्थित बनाउन हलको क्षमता तथा व्यवस्थापन पक्षलाई ध्यानमा राख्दै… पुरा पढौ

खानेपानीमा १३ प्रतिशत भ्याट खारेज गर्न फेडवासनको माग

काठमाडौं साउन २१ खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत वितरण हुने खानेपानी सेवामा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तथा विद्युत् महसुलमा छुटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ। महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत सरकार प्रमुखसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै खानेपानीलाई नागरिकको मौलिक अधिकार र आधारभूत आवश्यकता भएकाले यसमा अतिरिक्त करको भार नथोपर्न आग्रह गरेको हो। फेडवासनका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालद्वारा हस्ताक्षरित पत्रमा संयुक्त राष्ट्रसंघले सन् २०१० मा खानेपानी तथा सरसफाइलाई मानव अधिकारका… पुरा पढौ

बागलुङमा साउन २५ गते बोलबम काँवर यात्रा हुने

बागलुङ, साउन २१ बोलबम काँवरिया संघ बागलुङले साउनको चौथो सोमबार पारेर बागलुङ बजारमा बोलबम काँवर यात्रा आयोजना गर्ने भएको छ। सनातन धर्म, संस्कृति र धार्मिक परम्पराको संरक्षण गर्दै भक्तजनमा आध्यात्मिक शान्ति र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले साउन २५ गते यात्रा गर्न लागिएको संघले जनाएको छ। संघका अध्यक्ष लक्ष्मीनारायण शाहका अनुसार सनातन धर्मप्रति आस्था राख्ने भक्तजनहरूको सहभागितामा बागलुङ बजारबाट कालिगण्डकी नदीसम्म पुगेर पवित्र जल संकलन गरिनेछ। त्यसपछि भक्तजनहरूले काँवरमा जल बोकेर पैदल यात्रा गर्दै बागलुङ नगरपालिका–४ स्थित गौरीधाम शिवमन्दिरमा पुग्ने कार्यक्रम… पुरा पढौ

रमेश विक्रम रत्नको ‘नाचिदेउ गौथली’ सार्वजनिक,

लोकसांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक रमेश विक्रम रत्नको नयाँ लोकगीत ‘नाचिदेउ गौथली’ सार्वजनिक भएको छ। मौलिक लोक लय, आकर्षक कथा र सशक्त दृश्य प्रस्तुतिसहित तयार गरिएको गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताको ध्यान खिच्न थालेको छ। गीतमा रमेश विक्रम रत्न र शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ। गीतका शब्द तथा संगीत स्वयं रमेश विक्रम रत्नले सिर्जना गरेका हुन्। गीतको संगीत संयोजन लक्षु प्रकाश मल्लाले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ मनोज डंगोलले गरेका छन्। गीतको म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका… पुरा पढौ

गौरीधाम शिवमन्दिरमा निःशुल्क स्वास्थ्य शिविर तथा प्रसाद वितरण

बागलुङ, साउन १९ बागलुङ नगरपालिका–४ स्थित गौरीधाम शिवमन्दिरमा निःशुल्क स्वास्थ्य शिविर तथा प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ। बागलुङ उद्योग वाणिज्य संघको आयोजना तथा नेपाली सेनाको कालिजंग गण, घोडाबाँधे ब्यारेक बागलुङको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने तथा सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित शिविरमा स्थानीय बासिन्दाले निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श सेवा लिएका थिए। शिविरमा विभिन्न रोगहरूको प्रारम्भिक परीक्षण, आवश्यक स्वास्थ्य परामर्श तथा औषधि वितरणसमेत गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले… पुरा पढौ