समाचार

बागलुङमा देउवा पक्षधर कांग्रेसको सम्पर्क कार्यालय स्थापना

बागलुङ, असोज ८ — नेपाली कांग्रेसको गगन थापा पक्षीय १५औँ महाधिवेशनको तयारी तीव्र बन्दै गइरहेका बेला देउवा पक्षधर नेताहरूले बागलुङमा सम्पर्क कार्यालय स्थापना गरेका छन्। सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता मणिभद्र शर्मा कँडेलले पार्टीभित्र देखिएको असमझदारीका कारण आफूहरू संगठन सुदृढीकरण र महाधिवेशन केन्द्रित गतिविधिमा सक्रिय भएको बताउनुभयो। उहाँले पार्टीका आदर्श र सिद्धान्तलाई मजबुत बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। देउवा पक्षधर कांग्रेस बागलुङका संयोजक सागर छन्त्यालले १५औँ महाधिवेशनलाई लक्षित गर्दै वडा र पालिका तहसम्म अधिवेशनका गतिविधि सञ्चालन गरिने… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकामा पालिका पुनरावलोकनबारे छलफल

पोखरा, असोज ८ — गाउँपालिका, नगरपालिका तथा वडाको संख्या, सिमाना हेरफेर र नगरपालिका वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड–२०८३ अनुसार गठित कास्की जिल्लास्तरीय पुनरावलोकन अध्ययन समितिले अन्नपूर्ण गाउँपालिकामा छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वडाको सिमाना हेरफेरसम्बन्धी गाउँपालिकाबाट प्राप्त प्रस्तावमाथि छलफल गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो। उहाँले नेपाल सरकारको राजपत्रमा प्रकाशित मापदण्डअनुसार समितिले कार्य गरिरहेको बताउनुभयो। छलफलमा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला पौडेल, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला समन्वय… पुरा पढौ

गण्डकी एरियाका लायन्स तथा लियो क्लबहरूको संयुक्त पदस्थापन सम्पन्न

कास्की, असोज ८ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत गण्डकी एरियाका विभिन्न लायन्स तथा लियो क्लबहरूको संयुक्त पदस्थापन तथा सदस्यता ग्रहण (इन्डक्सन) कार्यक्रम कास्कीमा सम्पन्न भएको छ। सेप्टेम्बर २३, २०२६ मा आयोजित “इन्डक्सन एन्ड जोइन्ट इन्स्टलेसन सेरेमोनी” मा गण्डकी क्षेत्रका ११ लायन्स क्लब र दुई लियो क्लबका पदाधिकारी तथा सदस्यहरूको संयुक्त पदस्थापन गरिएको हो। कार्यक्रममा लायन्स इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी, लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारी, प्रथम उप–डिस्ट्रिक्ट गभर्नर विष्णुहरि फुयाँल, द्वितीय उप–डिस्ट्रिक्ट… पुरा पढौ

‘पापी पेट पाल्नै पर्यो’ भन्दै ईश्वर बाबुको नयाँ गीत सार्वजनिक

बागलुङ, असोज ८ । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक ईश्वर बाबुको नयाँ गीत ‘पापी पेट पाल्नै पर्यो’ सार्वजनिक भएको छ। लामो समयपछि आफ्ना गुरु तथा मेन्टर खेम सेन्चुरीसँग सांगीतिक सहकार्य गर्दै ईश्वर बाबुले उक्त गीत दर्शकमाझ ल्याएका हुन्। गीतमा खेम सेन्चुरीको स्वर रहेको छ भने शब्द तथा संगीत ईश्वर बाबुकै रहेको छ। गीतको संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन्। रेकर्डिङ सागर बाजुराली र गोविन्द पराजुलीले गरेका हुन्। रोजगारी, संघर्ष र जीविकोपार्जनका लागि मानिसले भोग्नुपर्ने बाध्यतालाई गीतले भावनात्मक रूपमा… पुरा पढौ

जैमिनी नगर कांग्रेसको सभापतिमा आचार्य सर्वसम्मत

बागलुङ, असोज ७ — नेपाली कांग्रेस जैमिनी नगर कार्यसमितिको सभापतिमा काशीराम आचार्य सर्वसम्मत चयन भएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार कुश्मीसेरामा सम्पन्न दोस्रो नगर अधिवेशनबाट आचार्य सभापति पदमा सर्वसम्मत चयन भएको नेपाली कांग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए। अधिवेशनले उपसभापतिमा गोविन्द शाही र जमुना कँडेल सापकोटा, सचिवमा ओमकार पौडेल तथा सहसचिवमा रनबहादुर क्षेत्रीलाई चयन गरेको छ। नवनिर्वाचित पदाधिकारीहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै स्थानीय तहमा कांग्रेसको गतिविधिलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पुरा पढौ

फ्लाई दुबईको नियमित उडान आजदेखि पोखरा, पर्यटन क्षेत्र उत्साहित

काठमाडौं, असोज ७ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित व्यावसायिक उडान सुरु गरेको छ। यससँगै विमानस्थल सञ्चालनमा आएको करिब चार वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडानको अपेक्षाले मूर्त रूप लिन थालेको छ। अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन अर्थात् २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको आगमनलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै पर्यटन व्यवसायी, होटल व्यवसायी तथा उद्योगीहरू उत्साहित बनेका छन्। विमानस्थलका महाप्रबन्धक… पुरा पढौ

जिल्लाभरका होटल तथा लजमा प्रहरीको स्विप चेकिङ, सुरक्षा मापदण्ड पालना गर्न आग्रह

बागलुङ, असोज ६ । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाको शान्ति सुरक्षा थप सुदृढ बनाउने तथा अपराध नियन्त्रण गर्ने उद्देश्यले जिल्लाभरका होटल, लज तथा खाजा घरहरूमा एकैसाथ विशेष ‘स्विप चेकिङ’ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहतका सबै प्रहरी इकाइहरूले आ–आफ्नो कार्यक्षेत्रभित्र रहेका होटल, लज र खाजा घरहरूमा अनुगमन तथा जाँच अभियान सञ्चालन गरेका हुन्। प्रहरीका अनुसार चेकिङका क्रममा होटल तथा लजहरूमा हुन सक्ने लागुऔषधको अवैध प्रयोग तथा कारोबार, जुवातास तथा अन्य गैरकानुनी गतिविधिबारे निगरानी गर्दै… पुरा पढौ

बजार अनुगमनको शैलीप्रति निजी क्षेत्र असन्तुष्ट

पोखरा, असोज ६ बजार अनुगमनका क्रममा व्यवसायीमाथि अभद्र व्यवहार गरिएको, जरिवानाको रसिद थमाएर वर्षौंको मेहनतले बनाएको व्यवसायिक छवि र ब्रान्डलाई क्षति पुर्‍याइएको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाएको छ। यस विषयमा पोखरा उद्योग वाणिज्य संघले प्रशासनिक निकायसँग संवाद र दबाब दुवै बढाएको जनाएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षण गराएको संघले मंगलबार प्रजिअ गुरुङको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख एसपी वसन्तबहादुर सिंह,… पुरा पढौ

हँसिया प्रहारबाट बागलुङ बजारमा एक जना गम्भीर

बागलुङ, असोज ६ बागलुङ बजारमा हँसिया प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–३ देउरालीचोकमा सिन्धुपाल्चोक घर भई बागलुङ बजारमा बस्दै आएका टिकाराम राईले हँसिया प्रहार गर्दा सिन्धुपाल्चोककै सोमबहादुर श्रेष्ठ गम्भीर घाइते भएका हुन्। घाइते श्रेष्ठको धौलागिरि अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। घटनामा संलग्न राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि अनुसन्धान अगाडि बढाउन अदालतबाट म्याद थप गर्ने प्रक्रिया… पुरा पढौ

चन्द्रागिरि कांग्रेसको नगर नेतृत्वमा इन्जिनियर सुवेदीको नाम चर्चामा

काठमाडौं, असोज ६ — नेपाली कांग्रेसको आन्तरिक अधिवेशनको प्रक्रिया अगाडि बढेसँगै चन्द्रागिरि नगर कांग्रेसको आगामी नेतृत्वबारे चर्चा र चासो बढ्न थालेको छ। यसै क्रममा इन्जिनियर रमेश सुवेदीको नाम नगर नेतृत्वका सम्भावित आकांक्षीका रूपमा चर्चामा आएको छ। क्षेत्रीय प्रतिनिधि तथा कांग्रेसका शुभेच्छुकहरूको एक समूहले आगामी नेतृत्वमा अनुभव, नवीन सोच, संस्थागत क्षमता र परिणाममुखी कार्यशैली आवश्यक रहेको बताउँदै सुवेदीको नाम अघि सारेको जनाएको छ। स्थानीय विकास, जलस्रोत तथा खानेपानी, फोहोरमैला व्यवस्थापन र उद्यमशीलता विकासका क्षेत्रमा अनुभव हासिल गरेका सुवेदीको पेशागत पृष्ठभूमिका कारण… पुरा पढौ