स्वास्थ्य

बागलुङ नगरपालिका द्वारा धाैलागिरि अस्पताललाई शव वाहन हस्तान्तरण !

बागलुङ नगरपालिकाले धाैलागिरि अस्पताललाई शव वाहन हस्तान्तरण गरेको छ । हिजोको दिनमा अस्पतालमा बिरामीको मृत्यु हुदा दाहसंस्कारकाे लागि घाट सम्म पुर्‍याउने साधन जिल्लामा नहुँदा सास्ती खेप्दै आएका नागरिकले भने अब त्यो झझंटकाे अन्त्य भएको छ । बागलुङ जिल्लामा एउटा पनि शव वाहन नहुँदा अस्पताल लगायत विभिन्न ठाउँमा मृत्यु भएका ब्यक्तिकाे लास दाहसंस्कारकाे लागि लैजान धेरै गार्‍हो भइरहेको जन गुनासो आएको भन्दै बागलुङ नगरपालिकाले १४ लाख बढी मुल्यको शव वाहन धौलागिरि अस्पताललाई हस्तान्तरण गरेको छ । बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना… पुरा पढौ

एकीकृत स्वास्थ्यकर्मी संगठन बागलुङको जिल्ला समिति गठन !

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट स्वास्थ्यकर्मीहरुको पेशागत संगठन बागलुङको जिल्ला भेला सम्पन्न भएको छ ।शनिबार सम्पन्न भेलाले टुकनाथ शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी शर्मा, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा सकुन्तला थापा बोसेल चयन भएका हुन । समितिका सदस्यहरुमा मनिषा शर्मा, प्रवेश पौडेल, काली प्रसाद भण्डारी, आशिष शर्मा, राधा पौडेल, कमला थापा अग्नि आचार्य, डिल्ली प्रसाद शर्मा, सृष्टि थापालाई चयन गरिएको हो । कार्यक्रममा बोल्दै एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापाले नवगठित कार्यसमितिले पेशागत मर्यादालाई… पुरा पढौ

ताराखोला गाउँपालिकामा ४ दिने स्क्रिनिङ शिविर सम्पन्न !

ताराखोला गाउँपालिकामा निशुल्क स्क्रिनिङ शिविर सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ताराखोला गाउँपालिकाको प्रत्येक स्वास्थ्य चौकिहरुमा निशुल्क स्क्रिनिङ शिविर सम्पन्न भएको हो । महिलाहरूमा हुने प्रजनन् रुग्णता, स्तन क्यान्सर, फिस्टुला, आङ खस्ने समस्या तथा पाठेघरको मुखको क्यान्सर को परिक्षण सहित सामान्य लक्षण देखिएमा बच्ने उपायबारेमा समेत जानकारी गराइएको थियो । फाल्गुन १ गते अर्गल स्वास्थ्य चौकिबाट सुरु भएको शिविर २ गते ताराखोला, ३ गते हिल हुँदै आज ४ गते अमरभूमी स्वास्थ्य चौकिमा परिक्षण गरि सम्पन्न भएको हो ।… पुरा पढौ

जेष्ठ नागरिकलाई सिरक र टर्चलाइट वितरण !

ताराखोला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को स्वीकृत निति तथा कार्यक्रम अनुसार वडा नम्बर ४ ताराका ८५ वर्ष माथिका १२ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित फाईवर सिरक तथा टर्चलाईट वितरण गरिएको हो । कार्यक्रममा ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिल कुमारी पुनले ज्येष्ठ नागरिकहरु हाम्रा सम्मानित ब्याक्तीहरु भएको र सामाजिक बिकासमा पुर्याएको योगदानको प्रसंशा गरेका छन् । अहिलेको खानपान, आनिवानि र रहनसहन अव्यवस्थित रहेकोले यसलाई व्यवस्थित गरेमा लामो समयसम्म वाच्न सकिने मन्तव्य राखेका छन् । कार्यक्रम… पुरा पढौ

८ बर्ष बित्दा पनि अधुरो रह्यो धाैलागिरि अस्पतालकाे सि ब्लक

गण्डकी प्रदेशकाे धाैलागिरि अस्पताल लाई सुविधा सम्पन्न बनाइ यश क्षेत्रका जनतालाई सर्व शुलभ रूपमा सेवा दिने उदेश्यले ९ बर्ष अघि निर्माण शुरू भएको अस्पतालकाे सि ब्लक काे भवन पटकपटक म्याद थप गर्दा समेत ठेकेदार कम्पनीले काम समयमै सम्पन्न नगर्दासम्म अस्पतालले दिनुपर्ने सेवामा असर पुगेको छ । काेराेना भाइरस यतिबेला ठेकेदार कम्पनी लाई काम नगर्ने संजिवनी बुटी साबित भएको छ । जनतालाई सहजरूपमा स्वास्थ्य सेवा दिने भनेर ८ बर्ष अघि निर्माण कार्य शुरू गरिएको धाैलागिरि अस्पताल बागलुङको सि ब्लक भवन ठेकेदार… पुरा पढौ

लकडाउन होइन, स्मार्ट लकडाउन हुन सक्छ

सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरू बन्द गराएको छ । सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूमार्फत् सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको छ । सङ्क्रमण बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला निर्णयले फेरि पनि बन्दाबन्दी (लकडाउन) हुने हो कि भन्ने चिन्ता आम सर्वसाधारणमा… पुरा पढौ

एकै दिन २,४४४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एकजनाको मृत्‍यु भएको छ भने ३१३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ… पुरा पढौ

२ लाख ५२ हजार डोज हैजाविरुद्धको खोप नेपाल आउँदै

सरकारले नेपालमा हैजाविरुद्धको खोप ल्याउने भएको छ। कपिलवस्तुमा फैलिएको हैजा तथा झाडापखला नियन्त्रणमा समस्या परेपछि सरकारले खोपका लागि अन्तराष्ट्रिय नियकासँग पहल गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार हैजा नियन्त्रणमा सहयोग गरिरहेको विश्व स्वास्थ्य संगठनको करेला सचिवालयले खोप दिने आश्वासन दिएको छ। ग्लोबल स्टक पाइल मा रहने हैजाको खोप ‘ओरल कललेर भ्याक्सिन’ प्राप्तिका लागि गरेको प्रयास सफल भएको प्रवक्ता  डा पौडेलले जानकारी दिए। उनका अनुसार २ लाख ५२ हजार ३६३ डोज खोप आउने निश्चित भएको हो। उक्त खोप हैजाको प्रकोप देखिएका… पुरा पढौ

हुम्लाको लाली स्वास्थ्यचौकीमा औषधि अभाव

हुम्लाको खार्पुनाथ गाउँपालिका-१ स्थित लाली स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ। सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका जनाइएको छ। मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयवासी विर्जन शाहीले जानकारी दिए। उनले भने, 'स्वास्थ्यचौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भन्दै फिर्ता पठाउने गरेका छन्।' दैनिक स्वास्थ्यचौकीमा १५ देखि २० जनासम्म बिरामी उपचार गर्न जाने बताइएको छ।  पछिल्लो समय ‘सिजनल फ्लु’का कारण सो स्वास्थ्य सस्थामा बिरामी बढेका छन्। रासस पुरा पढौ

स्वास्थ्यकर्मी नहुँदा आँगनमै सुत्केरी: कारबाहीमा परे स्वास्थ्यकर्मी, तलब काटिने

कालीकोटको पलाँता गाउँपालिका–८ थिर्पुस्थित स्वास्थ्यचौकीमा कर्मचारी नहुँदा सुत्केरीले राम्रो उपचार पाएनन्।  स्थानीयवासी जनबहादुर रोकायाकी श्रीमती छाइला रोकायाले शुक्रबार स्वास्थ्यचौकीमा सुत्केरी हुन आउदा स्वास्थ्यकर्मी नभेटिएपछि उनी चौकीकै प्राङ्गणमा सुत्केरी भइन्।  सुत्केरीले उपचार नपाएपछि स्वास्थचौकी थिर्पुमा तिहारकै दिन गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले अनुगमन गर्दै सेवाग्राहीको उपचारमा संग्लन नभएका स्वास्थ्यकर्मीले तलब नपाउने बताए। स्वास्थ्य चौकीमा तीन अनमी, एक स्वास्थ्य सहायक, दुई अहेब, तीन कार्यालय सहयोगी, एक चौकीदार र एक बगैँचा व्यवस्थापन गर्ने गरी ११ जना कार्यरत छन्। सबै कर्मचारी तिहार बिदामा घर गएकाले… पुरा पढौ