सार्वजनिक शौचालय ब्यवस्थापन गर्दै बागलुङ नगरपालिका

-


     हिडन खबर    
     जेठ २७ गते २०७९ मा प्रकाशित


बागलुङ सदरमुकाममा सार्वजनिक शाैचालय नभइ सर्वसाधारणले दिनहुँ कस्त भाेग्न बाध्य भइरहेको समयमा
काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साहको आव्हानमा
बागलुङका एकजना ब्यवसायीले त्यसलाई साथ दिएर अगाडि बढेका छन् । बागलुङ नगरपालिकाले दुईवटा सार्वजनिक शाैचालय ब्यवस्थापन गर्ने योजना बनाएको छ ।

काठमाडौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन (बालेन्द्र) साहको आह्वानमा साथ दिँदै निजी होटल, रेष्टुरेन्ट र निजी कार्यालयहरुले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गर्न आाव्हान गरे संगै बागलुङमा समेत त्यसको प्रभाव परेको छ ।

जिम्मेवार नेपाली म भन्ने नारा साथ स्यातार ट्रेनिङ प्रालिले बागलुङ नगरपालिका वडा नम्बर २ पुरानो बसपार्क एरियामा संचालित हाेण्डाकाे साेरूममा निशुल्क सार्वजनिक शाैचालयसर्वसाधारणको लागि यादव ब्रदर्शले खुला गरेको प्राेपाइटर यादव शर्माले बताए ।

बागलुङ नगरपालिका भित्र बनेको सार्वजनिक शाैचालयलाइ नगरपालिकाले ब्यबस्थापन गरेर संचालन गर्ने काम तत्काल गर्न सकेको खण्डमा धेरै सर्वसाधारणले सास्ती ब्यहाेर्नु नपर्ने राेटरी क्लबका भवनराज बरालले बताए /

बागलुङ नगरपालिका भित्र रहेको दुईवटा सार्वजनिक शाैचालयअहिले जीर्ण अवस्था पुगेको छ ।बागलुङ नगरपालिकाले वडा नम्बर १ देखि ४ सम्म नगरपालिकाकाे मातहतमा रहेको दुईवटा सार्वजनिक शाैचालयलाइ तत्काल ब्यबस्थित गरेर संचालन गर्ने योजना रहेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषाेत्तम सापकोटाले बताए ।

जिल्ला लाई एक दशक अघि खुला दिशा मुक्त क्षेत्र घाेषणा गरेपनि अहिलेसम्म स्थानीय निकाय बागलुङ नगरपालिकाले सार्वजनिक शाैचालय निर्माण गर्न सकेको छैन केही बर्ष तत्कालीन नगर प्रमुख जनकराज पाैडेलले नारायणथान गुठीको जग्गामा जबर्जस्ती रूपमा बनाउदै गरेको शाैचालय अदालतले बनाउन राेकेपछि कुनै पनि ठाउँमा शाैचालय बनाएको छैन ।

मेयर बालेनले नगर कार्यपालिकाको पहिलो बैठकबाटै होटल तथा रेष्टुरेन्टसँग सहकार्य गरेर निजी शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गर्ने निर्णय गरेका थिए । यसको प्रभाव काठमाडौंमा मात्र नभई अन्यत्र पनि देखिन थालेको छ ।
बागलुङ नगरपालिका भित्र सार्वजनिक शाैचालय नहुदा गाउँ गाउ बाट बजारमा आउने सर्वसाधारण लाई सकस हुने गरेको छ ।
बागलुङ नगरपालिकाले सदरमुकाम भित्र रहेका बैंक तथा बित्तिय संस्था हाेटल तथा रेष्टुरेन्ट संग सहकार्य गरेर
भएको शाैचालय सर्वसाधारणको लागि खुला गरेर सहयोग गर्न आव्हान गरेको छ ।