बागलुङमा ३ जनामा देखियो डेङ्गु, धौलागिरि अस्पतालमा उपचार

-


     हिडन खबर    
     असार ३० गते २०७९ मा प्रकाशित


बागलुमा ३ जनामा डेङ्गु देखिएपछि बागलुङ नगरपालिका भित्र डेङ्गु रोग बिबरूद्व जनचेतना जगाउन अभियान शुरू भएको छ ।

गर्मी समयमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुका बिरामी भेटियपछि बागलुङमा डेङ्गु नियन्त्रण तथा सचेतना अभियान शुरु भएको हो ।
बागलुङ नगरपालिका वडा नम्बर ७ का एक जना महिला, वडा नम्बर ९ पुरुष र काठेखोला गाउँपालिकाका एक पुरुषको धौलागिरि अस्पलातलमा उपचारको क्रममा डेङ्गु भएको पत्ता लागेपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

धौलागिरि अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेङ्गुको सङ्क्रमण भेटिएपछि सचेतना र नियन्त्रण प्रयास थालिएको हो । स्वास्थ्य कार्यालय ,बागलुङ नगरपालिका स्वास्थ्य शाखा र बागलुङ नगरपालिकाका जनप्रतिनिधिले आम नागरिकलाई लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरेको नगर स्वास्थ प्रमुख रामप्रसाद खनालले बताए ।

बागलुङ नगरपालिका वडा नम्बर २ मा बसोबास गर्ने ब्यक्तिमा डेङ्गु रोग देखापरेपछि उक्त टोल भित्र स्वास्थ्यकर्मी लगायत जनप्रतिनिधि पुगेर लामखुट्टे बस्ने फोहोर पानी नियन्त्रण गर्न सल्लाह सुझाव दिएको बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरज बोसेलले बताए ।

बागलुङ बजार भित्रका रेष्टुरेन्ट ,हार्डवेयर पसल ,गाडी बनाउने ग्यारेज, पानी जम्ने पोखरीलगायतका स्थान सफा राख्न र घरघरमा पनि खुला ड्रममा पानी नराख्न “सफा पानीमा लामखुट्टेले फुल पार्ने र डेङ्गु लामखुट्टेकै टोकाइबाट सर्ने भएकाले झुल टाँगेर सुत्नु, “एकपटक सङ्क्रमण भएपछि दोहोरिने दर बढी भएकाले पहिल्यै सचेत बन्नु आग्रह गरिएको छ ।”