बागलुङका बालबालिकालाई टाइफाइडकाे खाेप लगाउन शुरू

-


     हिडन खबर    
     चैत्र २८ गते २०७८ मा प्रकाशित


राष्ट्रिय खाेप कार्यक्रम अन्तर्गत ५ बर्ष देखि १५ बर्षसम्मका बालबालिकालाई टाइफाइड बिरूद्व खाेप लगाउन स्वास्थ कार्यालय बागलुङले शुरू गरेको छ ।

स्वास्थ कार्यालय बागलुङले टाइफाइड राेग विरूद्वकाे खाेप अभियान तथा नियमित खाेपमा टाइफाइड खाेपकाे शुरूवात स्थानीय बिद्यालयमा पुगेर शुरू गरेको छ ।बागलुङ सदरमुकाममा रहेको आदर्श बिद्यामन्दिर बिद्यालयमा अध्ययन गर्ने बालबालिकालाई स्वास्थ्यकर्मी पुगेर टाइफाइड खाेप दिएको बिद्यालयका प्रधानअध्यापक भुपेन्द्र केसीले बताए ।

१५ महिनादेखि १५ वर्षका बालबालिकालाई खाेप दिइने खाेप अभियान चैत २५ गतेदेखि ३० गतेसम्म बागलुङ नगरपालिका ,जैमुनी नगरपालिका ,गलकाेट नगरपालिका ,ताराखाेला गाउँ पालिका काठेखाेला गाउँ पालिका ,बरेङ गाउँ पालिकामा संचालन भइरहेको स्वास्थ कार्यालयका प्रमुख सुरज गुराैले बताए । बैशाख २ गतेदेखि ७ गतेसम्म ढाेरपाटन नगरपालिका ,बडिगाड गाउँ पालिका,तमान खाेला गाउँ पालिका र निसी खाेला गाउँ पालिकामा खाेप कार्यक्रम संचालन गरिने गुराैले बताए ।

खाेप लगाउने बालबालिका विद्यालयमा बढी हुने भएकाले १२५ जना भन्दा बढी विद्यार्थी भएकाे स्थानमा विद्यालयमै खाेप केन्द्र निर्धारण गरिएकाे कार्यालयले जनाएकाे छ । १५ महिनादेखि १५ वर्षभित्रका करिब ७१ हजार ३ सय ६५ बालबालिकाहरूलाई टाइफाइड विरुद्धकाे खाेप लगाउने कार्यक्रम रहेको खाेप अभियानका प्रमुख सुरज गुराैले बताए ।

खाेप अभियान अन्तर्गत बागलुङमा ३ सय २० खाेप केन्द्र कायम गरिएकाे छ । स्वास्थ्यकर्मी ३७० जना र स्वंयसेवक १२८० जना परिचालन भएका छन् ।खाेप अभियान सफल बनाउन ५१६ बिद्यालयका शिक्षक समेतले स्वयंसेवककाे रूपमा भुमिका निभाउने छन् ।