आँखा उपचारको हव बन्दै हिमाय आँखा अस्पताल पाेखरा

-


     हिडन खबर    
     वैशाख २८ गते २०७९ मा प्रकाशित


हिजोको दिनमा आँखाको सामान्य चेकजाँच देखि जटिल प्रकारको उपचारको लागि काठमाडौ जानुपर्ने समस्या भने केही बर्ष यता हटेर गएको छ । गण्डकी प्रदेशको राजधानी पाेखरामा हिमायन आँखा अस्पताल आँखाका बिरामीको उपचारको लागि राम्रो केन्द्र बनेपछि महंगो खर्च गरेर बाहिर जानुपर्ने झंझट हटेर गएको हाे ।

आँखाकाे सामान्य समस्या देखि जटिल प्रकारकाे उपचार गर्नुपर्ने बिरामीहरूकाे बिहानैदेखि अस्पतालमा चाप बढेर गएको छ ।धुवा धुलाे र वातावरणीय प्रभावका कारण आँखामा दिनप्रतिदिन नयाँ नयाँ समस्या देखा पर्दै गएपछि उपचारमा समेत नयाँ प्रविधि र प्रयोग समेत थपिदै गइरहेको हिमालय आँखा अस्पतालका गाेविन्दनाथ याेगीले बताउनुभयाे ।

हिमालय आँखा अस्पतालमा प्राेफेसर डाक्टर , बरिi6 डाक्टर, नेत्र अधिकृत ,नेत्र चिकित्सक र प्राविधिक गरि ८० जना जनशक्तिले सेवा दिदै आउनुभएको छ । अस्पतालn] ;fljssf] कर्णाली अन्चलकाे हुम्ला, जुम्ला र मुगु जिल्लाका जनतालाई सेवा दिदै आएको छ ।
sf:sL ,बागलुङ ,म्याग्दी ,पर्वत ,स्याङ्जा ,तनहुँ ,लमजुङ ,गाेर्खा लगायतका जिल्ला बाट दैनिक रूपमा ७ सय भन्दा बढी आँखाको समस्या भएका विरामीकाे उपचार हुदै आइरहेको नेत्र अधिकृत गाेविन्दनाथ याेगीले बताउनुभयो । अस्पतालमा दैनिक रूपमा ६० जनाको माेतीया बिन्दु भएका बिरामीको अप्रेसन पनि हुदै आएको याेगीले बताउनुभयो ।

नेत्र ज्याेती संघ लगायत जिल्लामा क्रियाशील सामाजिक संघसंस्थाले आयोजना गर्ने आँखा शिविरमा पुगेर माेतिया बिन्दु जल बिन्दु भएका बिरामी शल्यक्रिया गर्ने समेत गर्दै आएको छ । स्वास्थ्य बिमा गर्नेहरू लाइ स्वास्थ उपचारमा धेरै प्रकारका सेवा सुविधा भएको कारणले पनि अस्पतालमा उपचारको लागि आउने बिरामीको संख्या समेत बढेर गएको छ ।