
आम उपभोक्ताले दैनिक भान्सामा पकाउने गरेको चामलको गुणस्तर बारे पटकपटक गुनासो आउने गरेपनि बजारमा सुधार आउन सकेको छैन । जथाभावी रूपमा ब्यापारी ब्यबसायीले भित्र्याएको चामल यतिबेला फेरि चर्चामा आएपछि खाध्य गुण नियन्त्रण कार्यालय आएर नमुना लिने काम गरेको छ
बागलुङ नगरपालिका -२ कमर्शियल बहुउद्देश्यीय सहकारी संस्थाले बिक्रीवितरण गर्दै आएको जानकी फ्रेस संगम मन्सुली श्री जानकी फुडग्रेन्स प्रालि भारतले उत्पादन गरेको चामलमा समस्या देखिएपछि खाध्य गुणनियन्त्रण कार्यालय पाेखराबाट टाेली आएर चामलको नमुना लगेको छ ।
खाध्य गुण नियन्त्रण कार्यालय ,जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय ,राष्ट्रिय उपभोक्ता मन्च र संचारकर्मिकाे राेवरमा कमर्शीयल बहुउद्देश्यीय सहकारीमा भएको चामलको परिक्षणकाे लागि नमुना लिने काम भएको हाे ।
खाना पकाउने क्रममा कम पानी भए नपाक्ने समस्या देखिएको भात बल जसरी उफ्रिएपछि चामल खरिद गरेको सहकारीमा खबर गरेको स्थानीय कबिन्द्र बाेहाेराले बताए ।
अहिले बजारमा प्लास्टिककाे चामल भेटिएको आशंका पछि चामलको सेमपल लिएर प्रयोगशालाको ल्याबमा टेस्टकाे लागि काठमाडौ पठाउने खाद्य गुण नियन्त्रण कार्यालय पाेखराका खाध्य निरीक्षक पुर्ण कला थापाले भने बताए ।
धेरै उपभोक्ताले मन पराएकाे कारणले भैरहवा बाट सिद्वस्वर स्टाेर्स बाट १ बर्ष देखि सगुन ब्राण्डकाे चामल मगाउने गरेको
अहिले एकजना उपभोक्ताकाेमा समस्या देखिएको हुदा यसको गुणस्तर चेकजाँच गर्ने प्रक्रिया अगाडि बढाउने काममा सहयोग गरेको कमर्शीयल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हिरामणी शर्माले बताए ।




कमर्शियल सहकारी मार्फत बिक्रीवितरण हुदै आएको चामलमा समस्या देखिएको उपभोक्ताकाे गुनासो आएपछि यसको वास्तविकता बुझ्न चामलको परिक्षण गर्न गुण नियन्त्रण कार्यालयले लगेको छिट्टै सत्यतथ्य बाहिर आउने राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए ।
३ तहको सरकार देशमा भएपनि बजारमा आम उपभोक्ताले दैनिक रूपमा प्रयोग गर्ने खाध्यान्न लगायतका बस्तु उपभोक्ताले प्रयोग गर्न ठिक छ कि छैन भनेर जाँच गर्ने निकाय कुन सरकारकाे हाे भन्ने कुरा ठेगान नभएको कारणले पनि बजारमा जथाभावी रूपमा खाध्यान्न भित्रीरहेकाे देखिन्छ ।जनताको स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा खेलवाड हुदै गरेको कुरा पटकपटक बाहिर आउदा समेत सरकारले अहिलेसम्म थाेस निति बनाउन सकेको देखिदैन ।
| ReplyForward |









