स्वास्थ्य

रेशमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

लायन्स क्लव अफ धौलागिरी बागलुङ ,लायन्स क्लव अफ बागलुङ युनियन ,नेपाल परिवार नियोजन संघ बागलुङ शाखा र काठेखोला गाउँपालिका वडा नम्वर ७ रेश वडा कार्यलयको संयुक्त आयोजनमा बागलुङ जिल्ला  काठेखोला गाउँपालिका वडा नम्वर ७ रेशमा निःशुक आँखा परीक्षण तथा प्रजनन् स्वास्थ्य शिविर (भिआइए क्याप्प) सम्पन्न भएको छ । प्रजनन् स्वास्थ्य शिविरमा ७९ जना महिलाहरुले सेवा लिएका थिए । स्टाफ नर्स आस्था केसी नेतृत्वको टोलिले सेवा दिएका थिए । शिविरमा २ सय ५२ जनाको आँखा परीक्षण गरिएकोमा ४ जनालाई मोतिया विन्दु… पुरा पढौ

कोरोनाले स्वास्थ्यको पूर्वाधार विकास गर्न आवश्यकताको पहिचान गर्यो: राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कोरोना महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन आएको बताउनु भएको छ । धौलागिरि अस्पताल बागलुङमा सोमारदेखि सुरु भएको बृहत स्वास्थय शिविरको उद्घाटन गर्दै तिमिल्सिनाले कोरोनाले स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास गर्न आवश्यकताको पहिचान गरेको बताउनु भयो । तिमिल्सिनाले अस्पतालमा डाक्टर नबस्नुका पछाडि लाखौं रूपैयाँ खर्च गरेर पढेका ब्यक्ति जिल्लामा आउन नचाहेको बताउनु भयो । गरिकको स्वास्थ्य सुधारका लागि पहिले वातावरण सुधार गर्नसके अस्पतालको खाँचो नहुने धारणा राख्नु भयो ।देशमा ठूलो राजनीति परिवर्तन भएपनि अझैसम्म कार्यक्रम गर्दा… पुरा पढौ

हात्तीपाईले राेग निवारणमा सकस १३ औँ पटक औषधी खाँदै बागलुङका जनता

बागलुङ जिल्लामा हात्तीपाइले राेग बिरूद्वकाे अभियान १२ औँ चरण सम्म संचालन गर्दा समेत राेग निवारण नभएपछि १३ औँ चरणको अभियान शुरू गरिएकाे छ ।हात्तिपाईले रोग विरुद्धको औषधी बढि भन्दा बढि नागरिकलाई सेवन गराउनका लागि विशेष अभियान सञ्चालन गरिएको छ । हात्तीपाईले रोग निवारण कार्यक्रम आम औषधी सेवन अभियान–२०७८ लाई सफल पार्न हात्ती पाईले रोग विरुद्धको औषधी सेवन कम भएका वडामा विशेष अभियान साथ अगाडि बढ्ने भएको छ । नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय स्वास्थ सेवा बिभागले नेपालबाट हात्तीपाइले (फाईलेरिया) राेग निवारण… पुरा पढौ

बागलुङमा मानसिक स्वास्थ शिविर सम्पन्न

जिल्लामा मानसिक समस्या भएका ब्यक्तिहरूको उपचार गर्ने उदेश्यले बागलुङ सदरमुकाममा एकदिने मानसिक स्वास्थ शिविर सम्पन्न भएको छ । बागलुङ र म्याग्दीमा बढ्दै गइरहेको मानसिक समस्या लाई न्युनिकरण गर्न निशुल्क स्वास्थ शिविर आयोजना गरेको लिड्स नेपालका परियोजना प्रमुख पदम श्रेष्ठले बताए । संरक्षक समाज बागलुङको आयोजना, लिड्स नेपाल र धौलागिरि अस्पताल बागलुङ सहयोगमा समाजमा विभित्र कारणले गर्दा मानसिक समस्या भएका ब्यक्तिहरूको निशुल्क स्वास्थ जाँच गरि निशुल्क रूपमा औषधी वितरण गरिएको शिविरमा ४० जनाले सेवा पाएका थिए । स्वास्थ शिविरमा धौलागिरि अस्पताल… पुरा पढौ

धौलागिरि अस्पताल २०० शैयाको बनाउने घोषणा !

गण्डकी प्रदेशको उप प्रादेशिक अस्पतालको रुपमा रहेको धौलागिरि अस्पताललाई ५० शैयाबाट स्तर बृद्वि गरि २०० शैयाको बनाउन सरकारले स्वीकृत दिएपछि काम अगाडि बढाइएको छ । ५० शैयाको अस्पताल बनाउने घोषणा गरेको १५ बर्ष बितिसक्दा समेत पूरा नभएको बेला १५० शैया थप गरि २०० शैया बनाउने महत्वाकांक्षी योजना अगाडि बढाएको हो । सरकारले १५ बर्ष अघि घोषणा गरेको ५० शैया बनाउने काम पुर्ण रुपमा सम्पन्न नहुँदै २०० शैयाको बनाउने महत्वाकांक्षी योजना अगाडि बढाएको छ । ८ बर्ष अगाडि सुरु भएको अस्पतालको… पुरा पढौ

बागलुङ नगरपालिका द्वारा धाैलागिरि अस्पताललाई शव वाहन हस्तान्तरण !

बागलुङ नगरपालिकाले धाैलागिरि अस्पताललाई शव वाहन हस्तान्तरण गरेको छ । हिजोको दिनमा अस्पतालमा बिरामीको मृत्यु हुदा दाहसंस्कारकाे लागि घाट सम्म पुर्‍याउने साधन जिल्लामा नहुँदा सास्ती खेप्दै आएका नागरिकले भने अब त्यो झझंटकाे अन्त्य भएको छ । बागलुङ जिल्लामा एउटा पनि शव वाहन नहुँदा अस्पताल लगायत विभिन्न ठाउँमा मृत्यु भएका ब्यक्तिकाे लास दाहसंस्कारकाे लागि लैजान धेरै गार्‍हो भइरहेको जन गुनासो आएको भन्दै बागलुङ नगरपालिकाले १४ लाख बढी मुल्यको शव वाहन धौलागिरि अस्पताललाई हस्तान्तरण गरेको छ । बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना… पुरा पढौ

एकीकृत स्वास्थ्यकर्मी संगठन बागलुङको जिल्ला समिति गठन !

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट स्वास्थ्यकर्मीहरुको पेशागत संगठन बागलुङको जिल्ला भेला सम्पन्न भएको छ ।शनिबार सम्पन्न भेलाले टुकनाथ शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी शर्मा, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा सकुन्तला थापा बोसेल चयन भएका हुन । समितिका सदस्यहरुमा मनिषा शर्मा, प्रवेश पौडेल, काली प्रसाद भण्डारी, आशिष शर्मा, राधा पौडेल, कमला थापा अग्नि आचार्य, डिल्ली प्रसाद शर्मा, सृष्टि थापालाई चयन गरिएको हो । कार्यक्रममा बोल्दै एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापाले नवगठित कार्यसमितिले पेशागत मर्यादालाई… पुरा पढौ

ताराखोला गाउँपालिकामा ४ दिने स्क्रिनिङ शिविर सम्पन्न !

ताराखोला गाउँपालिकामा निशुल्क स्क्रिनिङ शिविर सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ताराखोला गाउँपालिकाको प्रत्येक स्वास्थ्य चौकिहरुमा निशुल्क स्क्रिनिङ शिविर सम्पन्न भएको हो । महिलाहरूमा हुने प्रजनन् रुग्णता, स्तन क्यान्सर, फिस्टुला, आङ खस्ने समस्या तथा पाठेघरको मुखको क्यान्सर को परिक्षण सहित सामान्य लक्षण देखिएमा बच्ने उपायबारेमा समेत जानकारी गराइएको थियो । फाल्गुन १ गते अर्गल स्वास्थ्य चौकिबाट सुरु भएको शिविर २ गते ताराखोला, ३ गते हिल हुँदै आज ४ गते अमरभूमी स्वास्थ्य चौकिमा परिक्षण गरि सम्पन्न भएको हो ।… पुरा पढौ

जेष्ठ नागरिकलाई सिरक र टर्चलाइट वितरण !

ताराखोला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को स्वीकृत निति तथा कार्यक्रम अनुसार वडा नम्बर ४ ताराका ८५ वर्ष माथिका १२ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित फाईवर सिरक तथा टर्चलाईट वितरण गरिएको हो । कार्यक्रममा ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिल कुमारी पुनले ज्येष्ठ नागरिकहरु हाम्रा सम्मानित ब्याक्तीहरु भएको र सामाजिक बिकासमा पुर्याएको योगदानको प्रसंशा गरेका छन् । अहिलेको खानपान, आनिवानि र रहनसहन अव्यवस्थित रहेकोले यसलाई व्यवस्थित गरेमा लामो समयसम्म वाच्न सकिने मन्तव्य राखेका छन् । कार्यक्रम… पुरा पढौ

८ बर्ष बित्दा पनि अधुरो रह्यो धाैलागिरि अस्पतालकाे सि ब्लक

गण्डकी प्रदेशकाे धाैलागिरि अस्पताल लाई सुविधा सम्पन्न बनाइ यश क्षेत्रका जनतालाई सर्व शुलभ रूपमा सेवा दिने उदेश्यले ९ बर्ष अघि निर्माण शुरू भएको अस्पतालकाे सि ब्लक काे भवन पटकपटक म्याद थप गर्दा समेत ठेकेदार कम्पनीले काम समयमै सम्पन्न नगर्दासम्म अस्पतालले दिनुपर्ने सेवामा असर पुगेको छ । काेराेना भाइरस यतिबेला ठेकेदार कम्पनी लाई काम नगर्ने संजिवनी बुटी साबित भएको छ । जनतालाई सहजरूपमा स्वास्थ्य सेवा दिने भनेर ८ बर्ष अघि निर्माण कार्य शुरू गरिएको धाैलागिरि अस्पताल बागलुङको सि ब्लक भवन ठेकेदार… पुरा पढौ