२४ दिन देखि माइतीघरमा चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै आन्दोलन

-


     हिडन खबर    
     भाद्र १८ गते २०८० मा प्रकाशित


राजेशचन्द्र राजभण्डारी

सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐन
विभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दै
चिकित्सा शिक्षा सराेकार संर्घष समितिले २४ दिनदेखि आन्दोलन जारी राखेका छन् ।सरकारले माग नसुनेकाे भन्दै आन्दोलनरत संघर्ष समितिले उल्टाे शंख र सिठ्ठी फुकेर बिराेध गरेका थिए ।

देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै २४ दिनदेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ /नेपाल स्वास्थ सेवा ब्यवस्थापक संघले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अहिले भइरहेको समस्या तत्काल हटाएर नेपाली बिद्यार्थीले नेपालमा पढ्ने वातावरण सृजना गर्न माग गरेको छ ।

श्रावण २७ गतेदेखि माइतीघर मण्डलामा धर्नामा बसिरहेको अहिलेसम्म सरकारले आफुहरूकाे माग सुनुवाइ नगरेको हुदा माग पूरा नभएसम्म धर्नामा बस्ने
चिकित्सा शिक्षा सराेकार संघर्ष समितिका पशुपति मर्हठ्ठाले बताए ।

चिकित्सा शिक्षाको सुरक्षाको लागि ब्यक्ति ताेकेर गरिने
निर्णयहरू आफुहरूलाई मान्य नहुने चिकित्सा शिक्षा सराेकार संघर्ष समितिका संयाेजक निर्मल सापकोटाले बताए ।

बिद्यार्थी नर्सिङ शिक्षा पढ्न बाट बन्चित भएको हुदा आन्दोलन गर्नुपर्ने बाध्यता आएको हुदा सरकारले छिटोभन्दा छिटो समस्या समाधान गरेर देशभित्र मेडिकल शिक्षा पढ्ने वातावरण बनाउन  बिद्यार्थीले अनुरोध गरेका छन् ।

आन्दोलनलाई राजनीति पार्टी विभिन्न चिकित्सक संघ संस्थाको तर्फबाट पनि ऐक्यबद्धता जनाउने क्रम बढेर गएको छ ।माइतीघर मण्डलामा आएर विभिन्न राजनीति पार्टी स्वास्थ्यकर्मी संघसंस्थाले अहिले भइरहेको चिकित्सा शिक्षाको बिषयमा आफ्नो धारणा राखेर सरकारले छिटोभन्दा छिटो समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए ।

नेपाली बिद्यार्थीहरूले सहजरूपमा देशमा नर्सिङ शिक्षा पढ्न नपाएको कारण छिमेकी मुलुकमा जानुपरेकोछ  सरकारले नेपाली शिक्षण संस्थालाई पढाउने अनुमति नदिएको १०० वेदको हस्पिटल बनाउने झंझट लगाएर राेक्ने काम गरेको ऐक्यबद्धता जनाउँदै आएका संघ संस्थाले जनाएको छ ।

देशको २२८ वटा टेक्निकल कलेजहरूले अहिले बिद्यार्थी भर्ना देखि पढाइ संचालन गर्न बाट बन्चित भएको हुदा आन्दोलन माग पुरा नभएसम्म जारी रहने चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले जनाएको छ ।

नेपालमा धमाधम शिक्षण संस्था बन्द हुँदा भारतीय सीमा नाकामा भने धमाधम मेडिकल कलेज तथा शिक्षालय खुलिरहेको र सोहीमार्फत लाखौँ रकम बाहिरिएको संघर्ष समितिले दाबी गरेको छ ।